Breaking News
बेनी–बाँसखर्क सडक पन्ध्र दिनपछि सञ्चालन

१३ असोज, पर्वत । कालीगण्डकी नदीमा आएको बाढीले कटानका कारण अवरुद्ध बनेको बेनी–बगरफाँट–बाँसखर्क सडक सञ्चालन भएको छ । गत भदौ २७ गते राति आएको बाढीका कारण अवरुद्ध बनेको सडक शुक्रबारदेखि खुलेको हो । उत्तरी पर्वतको जलजला गाउँपालिका १, २, ३ र ५ लाई जोड्ने वारीबेनी–बगरफाँट–बाँसखर्क सडक अस्थायी रूपमा सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ । जलजला गाउँपालिकाको […]
रातोमाटो खन्दा खसेको ढिस्कोले पुरिएर एकको मृत्यु

विकल्प न्यूज/बेनी असोज १२ गते । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको फापरखेतमा घर लिप्नको लागि रातोमाटो खन्ने क्रममा माटोले पुरिएक एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । शुक्रवार दिउँसो करिव २ बजे फापरेखत सिंचाइ कुलो नजिकै रातोमाटो खन्ने क्रममा ढिस्कोले पुरिएर बेनी नगरपालिका २ फापरखेतकी ३५ वर्षिया कल्पना बोहोराको […]
ढोरपाटनमा सिकार : एउटै नाउरको १२ लाख

चन्द्रप्रकाश शर्मा बागलुङ, असोज १२ गते । विश्वका साहसिक सिकारीको प्रमुख गन्तव्य ढोरपाटन सिकार आरक्षमा सिकारयाम सुरु भएको छ । हरेक वर्ष दुई सिजनमा सिकार अनुमति दिइने आरक्षमा यो वर्षको पहिलो सिजनको सिकारयाम सुरु भएको हो । पहिलो सिजन (असोज–मङ्सिर)का लागि १० वटा नाउर र छवटा झारलको सिकार हुनेछ । सिकारका लागि सिकार कम्पनीहरूले एउटा नाउरको […]
बहाब घटेसँगै कालीगण्डकीमा जलत्राया शुरु

पर्वत, असोज ११ गते । नदीमा पानीको बहाब घटेसँगै कालीगण्डकीमा जलयात्रा शुरु भएको छ । गत जेठ अन्तिम सातादेखि ¥याफ्टिङ बन्द गरिएकामा पर्यटक आउने क्रम शुरु भएकाले बुधबारदेखि शुरु गरिएको हो । सेप्टेम्बरको मध्यदेखि अक्टोबरको अन्त्यसम्म जलयात्रा सञ्चालन गर्दै आएकामा यसपटक एक साता ढिलो गरी शुरु भएको हो । वर्षाको समाप्तिसँगै असोजको पहिलो सातादेखि जलयात्राका […]
बेनी – जोमसोम सडक ः ट्रयाक खुल्यो, जोखिम उस्तै

घनश्याम खड्का /बेनी असोज १० गते । बेनी-जोमसोम ७६ किलोमिटर सडकमा ‘ट्रयाक’ खोलेपछि सोमसार साँझदेखि पुन:यातायात सञ्चालन भएको छ । सडकको बेनी-घाँसा ४० किमी पहिरोग्रस्त खण्डका गलेश्वर, भीरकाटे, तातोपानी, गुईठे, रुप्सेछहरा, काप्रे र बाँदरजुँगभीरमा झरेको पहिरोमा ‘ट्रयाक’ मात्र खुलेको हो । सडक पुरै पहिरोग्रस्त र अझै जोखिमयुक्त छ । सडकको दर्जनबढी स्थानमा पहिरो झर्ने र भासिने क्रम […]
लोप्रेलाई चिनाउन म्यूजिक भिडियो

विकल्प न्यूज/बेनी असोज १० गते । ‘म त यही ठाउँमा जन्मीएकी छोरी म त यही गाउँमा हुर्किएकी चेली’ भन्ने बोलको गीत मार्फत पर्यटकीय संभावना भएको उत्तरी पर्वतको जलजला गाउँपालिकाको ५ नम्बर वडामा पर्ने लोप्रे गाउँलाई चिनाउन म्यूजिक भिडियो बनाउन थालिएको छ । स्थानीय न्यू सृष्टी युवाक्लबले म्यूजिक भिडियो बनाउन लागेको हो । देवेन्द्र पुनले शब्द […]
समाचारको कटिङ फेसबुकमा राख्न पाएको दिन ज्यादै आनन्द लाग्थ्यो

गोपाल छन्त्याल/विकल्प न्यूज असोज ९ गते । अष्ट्रेलिया पाइला टेकेको १६ औँ दिनमा आफ्नै बारे केहि लेख्ने जमर्को गर्दैछु । एक दशक सक्रिय पत्रकारितामा सबै विषय लेखेँ जस्तो लाग्थ्यो तर अहिले बुझ्दै छु, आफ्नो बारे लेख्नै भुलेको रहेछु । आफ्नो बारे लेख्न, कुनै गम्भिर विषय माथि समाचार लेख्नु अघि सबै जानकारी भएपनि ‘कोडिङ पात्र’ नभेटे […]
पुरै वडाले लियो जाँडरक्सी नखाने र जुवातास नखेल्ने सपथ

पर्वत – महाशिला गाउँपालिका वडा नं. ३, बालाकोट जाँडरक्सी नियन्त्रित वडा घोषणा भएको छ । सोमबार एक कार्यक्रमका बीच बालाकोटलाई जाँडरक्सी र जुवातास नियन्त्रित क्षेत्र घोषणा गरिएको हो । घोषणा कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य पदम गिरीले सामाजिक रुपान्तरण अभियानमा बालाकोटबासीले सुरु गरेको अभियान सह्रानीय भएको बताउनुभयो । कार्यक्रममा सांसद गिरीले समृद्धि उन्मुख मुलुकलाई लक्ष्यमा पुर्याउनका […]
घारखोला जलविद्युत आयोजनाको निर्माण रोकीयो

विकल्प न्यूज/बेनी असोज ८ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको निर्माणकार्य विगत एक हप्तादेखि ठप्प बनेको छ । अन्नपूर्ण गाउँपालिका–५ शिखका बासिन्दाले विभिन्न माग राख्दै म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाको बाँध र सुरुङ निर्माणकार्यमा अवरोध गरेका हुन् । भदौ ३१ गते शिखका बासिन्दा आयोजनाको बाँध र सुरुङ निर्माणस्थल […]
काभ्रेभिरमा अवरुद्ध सडक खुल्यो

विकल्प न्यूज/बेनी असोज ७ गते । बेनी–जोमसोम सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका ३ दाना खण्डको काभ्रेभिरमा अवरुद्ध सडक आइतवार साँझदेखि खुलेको छ । नेपाली सेना र नेपाल प्रहरीले विस्फोटक पदार्थको सहायताबाट पहरा फुटाएर ट्रयाक खोलेको हो । एकहप्ताको प्रयासपछि सडक खुलाइएको छ । मुस्ताङ जाने तिर्थयात्रीको चाप हुने समयमा सडक बन्द हुँदा समस्या हुने भएकाले सडक […]
तल्लो मोदीको ९५ प्रतिशत काम सकियो, दशैं अघि बिजुली बाल्ने लक्ष्य

विकल्प न्यूज/पर्वत असोज ७ गते । पर्वत जिल्लामा निर्माण भइरहेको तल्लो मोदी जलविद्युत् आयोजनाले दशैँअघि उत्पादन शुरु गर्ने बताएको छ । २० मेगावाट क्षमताको सो आयोजनाले गत वर्षकै असारमा उत्पादन गर्ने भनिए पनि दशैँअघि मात्र उत्पादन दिने जनाएको हो । स्थानीयवासीको अवरोध र प्राकृतिक प्रकोपलगायतका कारणले निर्माणमा ढिलाइ भएको र तोकिएको मितिमा निर्माण हुन नसकेको […]
विश्वामित्र सहकारीको सातौं वार्षिक साधारणसभा

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, असोज ६ । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित विश्वामित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिबार आठौं स्थापना दिवस तथा सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । २०६८ सालमा स्थापित सहकारीमा ३ सय ३७ जना शेयर सदस्य रहेका छन्भने कुल शेयर पुँजी दुई करोड ६९ लाख ८६ हजार ९०० रुपैयाँ रहेको […]
बेनी बचत तथा ऋण सहकारी संस्थाको साढे २७ करोड लगानी

विकल्प न्यूज/बेनी असोज ६ गते । म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारणसभा शनिवार बेनीमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि एवम् संस्थाका पूर्व अध्यक्ष टंक हमालले सहकारीले उत्पादनशिल क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले सहकारी ऐनलाई पूर्ण रुपमा आत्मसाथ गर्दै […]
कस्तुरी सहकारीको अध्यक्षमा पुनः शाक्य चयन

विकल्प न्यूज/बेनी असोज ४ गते । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः राजेश शाक्य निर्वाचित हुनुभएको छ । विहिवार सम्पन्न नवौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट शाक्यको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरिएको हो । संस्थाको उपाध्यक्षमा सुन्दरकुमार श्रेष्ठ, सचिवमा विनय श्रेष्ठ, सहसचिवमा सुविन श्रेष्ठ र कोषाध्यक्षमा सुन्दरमान शेरचन चयन हुनुभएको […]
म्याग्दी खोला जलविद्युतको पीपीए, पाँच वर्षमा बिजुली उत्पादन

विकल्प न्यूज/बेनी असोज ४ गते । विद्युत् प्राधिकरण र हाइड्रो भिलेज प्रालिबीच ‘म्याग्दी खोला जलविद्युत् आयोजना’ (५७.३ मेगावाट) को विद्युत् खरिद सम्झौता (पीपीए) भएको छ । पीपीएमा आयोजनाको प्रवर्द्धक कम्पनी हाइड्रो भिलेजका अध्यक्ष क्याप्टेन रामेश्वर थापा र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गरेका छन्। आयोजनाले पाँच वर्ष भित्रमा बिजुली उत्पादन गर्ने लक्ष्य लिएको छ। […]