Breaking News

बेनी अस्पतालकाे आइसोलेसन वार्डमा एकजना भर्ना

विकल्प न्युज / बेनि चैत १७ गते ।  विश्वब्यापी महामारीको समस्या बनेको कोरोना भाइरसको रोकथामको लागि म्याग्दीको ५ वटै गाउँपालिकामा ५०/५० बेड र बेनी नगरपालिकामा २ सय क्षमताको क्वारेनटाइन निर्माण गर्न निर्देशन दिईएको छ । कोरोना रोकथामको लागि जिल्ला विपद व्यवस्थापन समिति अन्र्तगत गठित कमाण्ड पोष्टको सोमबार बसेको बैठकले कोरोना भाइरस फैलन सक्ने सम्भावित जोखिमलाई […]

युवा व्यवसायी जिसीद्धारा चैत महिनाको भाडा एकलाख ३५ हजार छुटको घोषणा

विकल्प न्यूज/बेनी चैत १७ गते । म्याग्दीका युवा व्यवसायी तथा समाजसेवी नारायण जिसीले चैत महिनाको भाडा वापतको एकलाख ३५ हजार रुपैयाँ मिनाहा गर्ने घोषणा गर्नुभएको छ । सरकारले हिजो मात्रै घरधनीहरुलाई चैत महिनाको भाडा छुट दिन सवै घरभेटीहरुलाई अनुरोध गरेको थियो । सरकारको अनुरोधलाई स्वागत गर्दै जिसीले घर भाडा वापतको उक्त रकम मिनाहा गर्ने हुनुभएको […]

धवलागिरिमा काेराेना राेकथाम तथा उपचार काेषमा पचास लाख

विकल्प न्युज/ बेनी बेनी, १६ चैत । म्याग्दीको धवलागिरी गाउपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना) भाइरस रोकथामका लागि पचास लाख रुपैयाँको आकस्मिक कोष बनाएको छ । गाउपालिकाको मुना स्थित कार्यालयमा आइतबार बसेको कार्यपालिकाको बैठकले कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि परिचालन गर्न पचास लाख रुपैयाँ बिनियोजन गर्ने निर्णय गरेको हो । जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी […]

कोरोना संक्रमित युवतीको उपचार बागलुङमै

विकल्प न्यूज/बेनी चैत १६ गते ।  कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएकी बागलुङकी युवतीको धौलागिरी अस्पतालमै उपचार गरिने भएको छ । बेल्जियमबाट कतार हुँदै ४ चैमा नेपाल आएकी बागलुङ नगरपालिका ४, कुँडुलेकी १९ वर्षीया उनलाई कोरोना संक्रमण भएको शनिबार पुष्टि भएको थियो । त्यसअघि घरमै रहेको उनलाई धौलागिरि अस्प्तालमा भर्ना गरिएको छ । उनको अवस्था […]

बागलुङकी युवतीमा कारोना भाइरस संक्रमण

चैत १५, २०७६ काठमाडौं :बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी २२ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोभिड-१९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ ।  उनीहरू मध्ये एक निको भएर घर गइसकेकी छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा […]

कोरोना कहर ः भोकको भन्दा, रोगको डर !

शान्ति बस्नेत / विकल्प न्यूज चैत १५ गते । ‘मर्ने कसैलाई रहर हुँदैन’ आज यो भनाई सत्य सावित भएको छ । म जहाँ जान्छु, म जहाँ हुन्छु हरेक मेरा पाईला पाईलामा मेरो मन मस्तिष्कमा हरेक पल– प्रहरमा नेपाली पन र आफ्नो जन्मभूमिको यादहरुमा हरेक पलपलमा आफ्नै पाखापखेराहरुसंग मितेरी लगाएको हरयादहरुसँग बाँची रहेको हुन्छौं । पहिला […]

कोरोना भाइरस नष्ट गर्न बेनी बजारमा क्लोरिन छरियो (भिडियो/तस्विर)

विकल्प न्यूज/बेनी चैत १५ गते ।  https://www.youtube.com/watch?v=pUJFIhkw9to विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरसको जोखिमलाई कम गर्न बेनीका सडकहरुमा क्लोरिन छरिएका छ । शनिबार विहान प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको नेतृत्वमा प्रहरी नायव उपरिक्षक,शसस्त्र प्रहरी र नेपाल प्रहरीहरुको संयुक्त टोलीले दमकलबाट क्लोरिन छरिएको हो । कोरोना भाइरसको प्रकोपलाई नियन्त्रण गर्ने अभियान अन्तर्गत बेनी बजारका सडकमा क्लोरिन मिसाइएको […]

समस्यामा परेका विपन्नलाई जिसस म्याग्दीले खाद्यान्न उपलब्ध गराउने

विकल्प न्युज / बेनी बेनी, १४ चैत । जिल्ला समन्वय समिति, म्याग्दीले कोरोना रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका विपन्न र मजदुर बर्गलाई खाद्यान्नको व्यवस्था मिलाउने भएको छ । जिसस म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीको अध्यक्षतामा शुक्रबार बेनीमा बसेको समितिको बैठकले वडा र पालिकाको सिफारिसमा जिल्ला विपद् व्यवस्थापन समितिसंगको सहकार्यमा रोजगारी गुमेपछि बिहान बेलुकी […]

बेनी नगरपालिकामा काेराेना राेकथामका लागि पचास लाखकाे काेष

विकल्प न्युज / बेनी बेनी, १४ चैत । म्याग्दीको बेनी नगरपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना) भाइरस रोकथामका लागि पचास लाखको कोष बनाएको छ । बेनीमा शुक्रबार बसेको नगर स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले दैवि प्रकोप उद्दार विशेष कोषमा कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि पचास लाख रुपैया थप गर्ने निर्णय गरेको हो । […]

काेराेना राेकथामका लागि रघुगंगामा तीस लाखकाे काेष स्थापना

विकल्प न्युज / बेनि बेनी, १३ चैत । म्याग्दीको रघुगंगा गाउपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि तीस लाख रुपैयाँको आकस्मिक कोष स्थापना गरेको छ । गाउपालिकाको केन्द्र मौवाफाँटमा बिहीबार बसेको पालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि आकस्मिक कोष स्थापना गर्न तीस लाख रुपैयाँ […]

कोरोनाभाइरसबारे गम्भीर तथ्य : एक संक्रमितले ५९ हजारजनालाई संक्रमण सार्न सक्ने

विकल्प न्यूज/बेनी चैत १३ गते । युनिभर्सिटी कलेज लन्डनमा इन्टेन्सिभ केयर मेडिसिनका प्राध्यापक डा ह्यु मन्टगोमेरीले कोरोनाभाइरसबाट संक्रमित एक व्यक्तिले ५९ हजारजनालाई संक्रमण सार्न सक्ने बताएका छन् । बेलायती टीभी च्यानल ४ सँग कुरा गर्दै डा ह्युले एकजनाबाट हजारौंमा संक्रमण सर्न सक्ने भएकाले मानिसहरूलाई सामाजिक दूरी कायम गर्न अपील गरेका छन् । सामान्य रुघाखोकी लाग्दा एकजनाले […]

बेनी अस्पतालका डाक्टरहरुको सुझाव ः सावधानी अपनाउनुहोस कोरोना भाइरसबाट बच्नुहोस्

बेनी अस्पतालका डाक्टर मनोज घिमिरे र प्रयुष अर्याल  विकल्प न्यूज/बेनी चैत १३ गते । चीनको वुहानबाट उत्पत्ति भएको कोरोना भाइरस यतिखेर विश्वभरी फैलिएको छ । कोरोना भाइरस संक्रमितबाट विश्वका विभिन्न मुलुकहरुमा गरी झन्डै १८ हजार भन्दा वढी मानिसहरुको मृत्यु भइसकेको छ । चीनमा नियन्त्रणमा आएपनि युरोप लगायतका मुलुकहरुमा कोरोना भाइरसको सन्त्रास फैलिएको छ । युरोपका […]

म्याग्दीका पत्रकार गौतमले गरे चैत महिनाको घरभाडा मिनाहा

विकल्प न्यूज/बेनी चैत १२ गते ।  म्याग्दीका क्रियाशिल पत्रकार हरिकृष्ण गौतमले भाडामा वस्नेहरुको घरभाडा मिनाहा गर्ने घोषणा गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको फैलिएको कोरोना भाइरसले भाडामा बस्नेलाई मर्का भएपछि बेनी नगरपालिका–७ बिरेन्द्रचोक निवासी गौतमले भाडा वस्नेहरुलाई चैत महिनाको भाडा मिनाह गरिदिएका हुन । कोरोना भाइरसको म्याग्दी जिल्ला लकडाउनको अवस्थालाई मध्यनजर गरी घरमा रेस्टुरेन्ट व्यवसाय […]

सहि सूचना प्रवाह गरौं

विकल्प न्यूज/बेनी चैत ११ गते । विश्व यतिखेर कोरोना भाइरसको महामारी सँग लडिरहेको छ । कोरोना भाइरसको संक्रमणले १४ हजार भन्दा वढीको ज्यान गइसकेको छ । भने एकलाख भन्दा वढी संक्रमित भएका छन् । करिब एकलाख सक्रमितहरु भने उपचार पछि घर फर्किएका छन् । कोरोना भाइरसलाई विश्व समुदायले महामारीको संज्ञा दिएको छ । अहिले युरोप […]

यसरी गरिदैछ कालिपुलमा चेकजाँच (फोटो / भिडियो सहित)

विकल्प न्यू/बेनी चैत १० गते । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखेर म्याग्दीमा भित्रिने सर्वसाधारणहरुको चेकजाँचका लागि कालिपुलमा स्वास्थ्य सहायता कक्ष हेल्थ डेस्क स्थापना गरिएको छ । सुरक्षा निकायका तिनवटै अंग र म्याग्दी जेसिजको सहकार्यमा सचेतना अभ्यास तथा स्वास्थ्य हेल्प डेस्क स्थापना गरिएको हो ।  सोमबार बेनीमा वसेको सर्वपक्षिय वैठकले गरेको निर्णय अनुसार नेपाली सेना,शसस्त्र […]