बेनी–जोमसोम सडक पहिरोले अवरुद्ध (फोटो)

विकल्प /बेनी
साउन ४ गते । बेनी जोमसोम सडकको धेरै स्थानमा पहिराले सडक अवरुद्ध बनेको छ । गत असार २५ गते देखि परेको अविरल वर्षाका कारण दानाको काभ्रे भिर,घोप्टे भिर,गुइठे लगायतका स्थानहरुमा पहिरोले सडक बगाउँदा सडक पूर्णरुपमा बन्द भएको छ । सडक खुलाउन नेपाली सेना,बेनी जोमसोम सडक आयोजना र सडक निर्माण कम्पनीले संयुक्त रुपमा काम गरेपनि सडक खुलाउन सकेका छैनन् । सडक अवरुद्ध हुँदा जोमसोम सँगको सम्पर्क विच्छेद हुन पुगेको छ । तस्विरहरु रिता बरुवाल