मालढुङ्गा–बेनी सडकको ठाउँठाउँमा पहिरो,सडक अवरुद्ध ( फोटो/भिडियो सहित)

विकल्प न्यूज/जलजला
साउन ७ गते । 

बुधबार साँझ परेको अविरल वर्षाका कारण मालढुङ्गा – बेनी सडकको मिलनचोक देखि लस्ती सम्मको विभिन्न भागहरुमा पहिराले सडक अवरुद्ध पारेको छ । जलजला गाउँपालिकाको मिलनचोक देखि केराबारी सम्म चार स्थानमा माथिबाट आएको पहिरोका कारण सडक अवरुद्ध बनेको मिलनचोकका स्थानीयवासी बावुराम काकीले बताउनुभयो । बुधवार साँझ धाइरिङमा ठूलो वर्षा भएको थियो । वर्षाका कारण खोल्साहरुमा ढुङ्गा सहितको ठूलो बाढी आएको थियो ।

सडक अवरुद्ध हुँदा मालढुङ्गाबाट बेनी आउँदै गरेका सवारीसाधनहरु केराबारीमा अलपत्र परेका छन् ।
रातीको समयमा आएका यात्रुहरुलाई स्थानीयवासीहरुको पहलमा उद्धार गरी सुरक्षित स्थानमा लागिएको कार्कीले बताउनुभयो । निर्माणधिन मिलनचोक धाइरिङ सडकका कारण लामाबगरमा माथिबाट पहिरो खस्दा केही घरहरु जोखिममा परेका छन् । सडक खुलाउन यतिखेर सम्बन्धित निकायले पहल गरेको छ ।