Breaking News

म्याग्दीमा थपिए ३ जना काेराेना संक्रमित

विकल्प । असाेज १५ गते । म्याग्दी मा थप तीन जनामा काेराेना पुष्टि भएकाे छ । पाेखरामा गरिएको पिसिअार परिक्षणा मा ३ जनामा काेराेना पुष्टि भएकाे हाे । संक्रमितहरु अन्नपुर्ण गाउँपालिका वडानम्वर ६ की ४५ बर्षकी महिला र सोही वडाका १८ बर्षका पुरुष र मालिका गाउँपालिका वडानम्वर ६ का २० बर्षका पुरुषमा कोरोना पुष्टि भएको […]

जलजला २ माझफाँटका बैरागी मुख्य सचिवमा नियुक्त

विकल्प न्यूज/बेनी असोज १५ गते । पर्वतको जलजला २ माझफाँटका संकरदास बैरागी मुख्य सचिवमा नियु्क्त हुनुभएको छ । विहिवार बसेको मन्त्रीपरिषद वैठकले उहाँलाई मुख्य सचिवमा नियुक्त गरेको हो । वैरागी मुख्यसचिव हुनुभएकोमा खुसी हुँदै जलजला गाउँपालिकाका प्रशासन अधिकृत त्रिविक्रम आचार्यले जिल्लाकै गौरब बढाएको बताउनुभयो ।  निजामती सेवाको सर्बोच्च पद मुख्य सचिवमा नियुक्ति हुनु भएकोमा हार्दिक […]

श्रीमती मारेर खाडलमा पुर्ने रत्नेचौरका सार्की पक्राउ

विकल्प न्यूज/बेनी असोज १४ गते ।   सांकेतिक तस्विर श्रीमतीलाई मारेर खाल्डोमा पुर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । बेनी नगरपालिका १ रत्नेचौरको बेलबोटका ३९ वर्षीय विरबहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको हो । सार्कीले श्रीमती माया सार्कीलाई कुटपिट गरेर हत्या गरी घर नजिकै खाडलमा पुरेको अवस्थामा बुधबार सव बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरी […]

विद्यार्थी खोज्दै शिक्षक घरघरमा (भिडियो)

विकल्प न्यूज/बेनी असोज १४ गते । कोरोना महामारीका विच विद्यालय सञ्चालन नभएपछि बेनी सामुदायिक विद्यालयले विद्यार्थीको घरघरमा पुगेर पढाउन थालेको छ । विद्यालयले अहिले सम्म ६०० भन्दा बढी विद्यार्थीहरुको घरघरमा पुगिसकेको छ । टोलमा विद्यार्थीहरुलाई भेला गराएर विषयगत शिक्षकहरुले पढाउन थालेका छन् । यो अभियान विद्यालयले असार १५ गतेबाट सुरु गरेको हो । कोरोना महामारी रहेसम्म […]

संघ सरकारले म्याग्दीलाई गरेको विभेद सांसद केसीद्धारा खारेज

विकल्प न्यूज/बेनी असोज १३ गते । गण्डकी प्रदेशका सांसद विनोद केसीले संघ सरकारले म्याग्दीप्रति गरेको विभेदपूर्ण निर्णयलाई खारेज गर्नुभएको छ । उहाँले संघले गरेको विभेद पूर्ण निर्णय सच्चाउन समेत कडा रुपमा माग गर्नुभएको छ । केसीले म्याग्दीलाई विपद् संकटग्रस्त जिल्ला घोषणा नगरिएकोमा आपत्ति जनाउनुभएको छ । गण्डकी प्रदेशसभाको मंगलबार बसेको बैठकमा बिशेष समय लिएर बोल्दै […]

पार्टी परित्याग गरेका ढकाल र किसानलाई नेकपा म्याग्दीको काउन्टर एट्याक !

विकल्प डेस्क । असोज१३गते। म्याग्दीमा एकपार्टीबाट अर्को पार्टीमा प्रवेश गर्ने गराउने होडबाजी सुरु भएको छ । निर्वाचन आउन करिब दुईवर्ष समय छ । तर पार्टी प्रवेशको होडबाजी चल्दा निर्वाचन नकिँदै छ भन्ने अनुभूति हुन थालेको छ । हुन त लोकतन्त्रको सुन्दर पक्ष भनेको दलहरुको सक्रियता हो । पार्टी संगठन निर्माण,विस्तार, कार्यक्रर्ता प्रशिक्षण, सदस्यता नविकरण भेला,वैठक र […]

अवसरलाई सदुपयोग गर्न नेकपा नेतृत्व चुकेको हो ? (सम्पादकीय)

विकल्प न्यूज/बेनी असोज १२गते । आर्थिक,सामाजिक,राजनीतिक र विकासका दृष्ट्रिकोणबाट म्याग्दी पछाडी परेको जिल्ला हो । भौगोलिक विकटता विकासको बाधक बनेको छ । लाहुरेको जिल्ला भनेर चिनिने म्याग्दीको राजनीतिक र प्रशासनीक क्षेत्रमा बलियो पहुँच छैन । पच्चायत कालमा केही नेताहरुले केन्द्रिय सत्तामा धेरथोर पहुँच पु¥याएर तत्कालिन आवश्यकताहरु पुरा गरेको देखिन्छ । छिमेकी जिल्लाहरुको तुलनामा म्याग्दी विकासका […]

झोलुङ्गे पुलले जोडिदै म्याग्दीका वस्तीहरु

विकल्प न्यूज/बेनी असोज १२ गते । म्याग्दीका विकट वस्तीहरु झोलुङ्गे पुलले जोडिदै छन् । पछिल्ला केही वर्ष यता जिल्लामा झोलुङ्गे पुल निर्माणले प्राथमिकता पाएको छ । विभिन्न स्थानमा २६ वटा झोलुङ्गे पुल निर्माणधिन अवस्थामा छन् । पूर्वाधार विकास कार्यालय म्याग्दी,झोलुङ्गे पुल सहयोग इकाई र पिपिएपी पोखराले जिल्लामा २६ वटा झोलुङ्गे पुल निर्माण गर्न लागेका हुन […]

कोरोना रोकथाम तथा नियन्त्रणमा नागरिक दायित्व नभुलौं

विकल्प न्यूज/बेनी असोज १२ गते । जिल्लाका एक युवा कोरोना परिक्षणका लागि नमुना स्वाव दिएर रिपोर्ट नआउँदै समुदाय सँग घुलमिल गरेको तथ्य बाहिरियो । भारतबाट आएका ति युवाको दुइदिन पछि कोरोना संक्रमण भएको पुष्टि भयो । कोरोना पुष्टि भएका युवा गाउँमा पुगेर न्यूनतम पनि स्वास्थ्य मापदण्ड पालना गरेको पाइएन । गाउँ पुगेका ति युवा साथीभाई […]

कषि क्षेत्रको विकासका लागि ९ करोड बजेट सार्वजनिक

विकल्प न्यूज/बेनी असोज११गते । म्याग्दी र मुस्ताङको कृषि क्षेत्रको विकासका लागि करिब ९ करोड बजेट प्राप्त भएको छ । संघ र प्रदेश सरकारले दुई जिल्लाको कृषि क्षेत्रको विकासका लागि चालु आर्थिक वर्षमा ९ करोड १७ लाख ७८ हजार रुपैयाँ बजेट पठाएको हो । कृषि ज्ञान केन्द्र म्याग्दीले आइतबार आयोजना गरेको वार्षिक कार्यक्रमको सार्वजनिकिकरणमा कृषि प्रसार […]

थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि

११ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १५७३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या १९ हजार १९ पुगेको छ ।

शिक्षकलाई विद्यालय पुग्न निर्देशन

काठमाडौँ, असोज ११ गते ।  वैकल्पिक विधिको सिकाइ शिक्षकको सक्रियतामा निर्भर रहने भएकोले सरकारले तत्काल आफू सेवारत विद्यालयमा पुग्न सामुदायिक विद्यालयका शिक्षकलाई निर्देश गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षककै वरिपरि रहेर वैकल्पिक विधिको सिकाइ अगाडि बढ्ने भएकोले शिक्षकहरू तत्काल विद्यालयमा पुग्नुपर्ने बताउनुभयो । शिक्षा पत्रकार समाजले शनिबार आयोजना गरेको भर्चुअल संवादमा मन्त्री पोखरेलले […]

किन बस्दै छ मन्त्रिपरिषदको आकष्मिक वैठक ?

असोज ११, २०७७ काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्।  आज मध्यान्ह १२ बजे बैठक बोलाइएको महिला तथा बालबालिका मन्त्री पार्वत गुरूङले जानकारी दिए।  ‘१२ बजे बैठक बस्ने भन्नेबारेमा जानकारी आएको छ। तर, के बिषयमा छलफल गर्ने एजेन्डाबारे जानकारी गराइएको छैन’ उनले भने। मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्यमा रहेका बेलामा आकस्मिक रूपमा […]

सङ्क्रमणबाट जोगिएर सङ्क्रमितको सेवा

काठमाडौँ,असोज१०गते।   राजधानीको बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग उपचार केन्द्र अस्पतालका एम्बुलेन्स चालक प्रतापकुमार (नाम परिवर्तन) मोबाइलमा अपरिचित व्यक्तिको फोन आउने बित्तिकै तर्सिनुहुन्छ । कोरोना भाइरस सङ्क्रमित बिरामीले फोन गरे कि ? भन्ने भयले तर्सिने गरेको उहाँ बताउनुहुन्छ । बिरामी बोक्ने क्रममा एक सहकर्मी चालकमा कोरोना सङ्क्रमण देखिएपछि एम्बुलेन्स चालक तर्सिनुपरेको भनाइ उहाँको छ । त्यस्तै अल्का […]

‘यसपाली दशैंमा’ गीत सार्वजनिक (भिडियो सहित)

विकल्प न्यूज/बेनी असोज ९ गते । बेनीका कलाकार सुनिल बानियाँको अभिनय रहेको ‘यसपाली दशैंमा’ म्यूजिक भिडियो सार्वजनिक भएको छ । समाजमा रहेको जातिय विवेदका विरुद्ध जनचेतनामुलक सन्देश दिने खालको विषयवस्तुलाई गीतमा समेटिएको छ । अन्तरजातिय बिबाहबाट सफल भएका एक दम्पत्तिको सफल कथामा आधारित रहेर म्यूजिक भिडियो तयार पारिएको कलाकार बानियाँले बताउनुभयो । बेनी सामुदायिक विद्यालयका शिक्षक समेत […]