म्याग्दी उद्योग बाणिज्य संघको अध्यक्षमा कटुवाल निर्वाचित

विकल्प न्यूज\बेनी
माघ २४ गते । 

नीजि क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा बेलबहादुर कटुवाल  निर्वाचित हुनुभएको छ । शनिबार बेनीमा सम्पन्न संघको २७ औं वार्षिक साधारणसभा तथा ११ औं अधिबेशनबाट कटुवाल अध्यक्षमा  सर्वसम्मत रुपमा  निर्वाचित हुनुभएको हो ।

यसै गरी अधिबेशनबाट वरिष्ठ उपाध्यक्षमा सुविन श्रेष्ठ, प्रथम उपाध्यक्षमा राजेश शाक्य, द्धितिय उपाध्यक्षमा लिलाराम गौतम महासचिवमा अमित बानियाँ, कोषाध्यक्ष सुबर्ण रिजाल,सचिव सुमन श्रेष्ठ र सहकोषाध्यक्ष नारायण जिसी निर्वाचित हुनुभएको छ । सहसचिवका लागि ६ जना आकांक्षी भएपछि गोलापोलाबाट बावुराम आचार्य चयन हुनुभएको छ ।

निर्वाचित सदस्यहरुको विवरण आउन बाँकी छ । अवको केहीबेरमा निर्वाचित पदाधिकारी र सदस्यरुलाई निर्वाचिन आयोगले प्रमाणपत्र दिने कार्यक्रम रहेको राजेश शाक्यले जानकारी दिनुभयो । सहमतिमा संघको नयाँ नेतृत्व चयन गरिएको हो ।