म्याग्दी उद्योग वाणिज्य संघद्धारा म्याग्दीका पत्रकारद्धय गौतम सम्मानित

विकल्प न्यूज/बेनी
माघ २४ गते । 
म्याग्दी उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनको अवसरमा म्याग्दीका क्रियाशिल पत्रकार हरिकृष्ण गौतम र सन्तोष गौतम सम्मानित हुनुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्मचार्यले नगद २५ हजार रुपैयाँ सहित सम्मानपत्रले सम्मान गर्नुभएको हो ।म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा सम्पन्न भएको म्याग्दी भ्रमण बर्ष २०७५ को अवसरमा  अनलाइन तथा विभिन्न सञ्चार माध्यम मार्फत जिल्लाको पर्यटन क्षेत्रको विकासका लागि महत्वपूर्ण योगदान पु¥याएको भन्दै पत्रकार द्धायलाई सम्मान गरिएको हो ।हरिकृष्ण गौतम बेनीअनलाईन,बेनी साप्ताहिक पत्रिकाका सम्पादक हुनुहुन्छ भने सन्तोष गौतम रिखार दैनिक पत्रिकाका प्रकाशक तथा धौलागिरी खबर डट्कमका सम्पादक हुनुहुन्छ ।