म्याग्दीमा दोस्रो चरणको कोरोना विरुद्धको खोप लगाउन सुरु

विकल्प न्यूज÷बेनी

फागुन २ गते । म्याग्दीमा दोस्रो चरणको कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको छ । बेनी अस्पतालको खोप केन्द्रमा आइतबार देखि तिन दिन सम्म खोप अभियान सञ्चालन गरिने भएको हो ।
दोस्रो चरणमा जनप्रतिनिधि,कर्मचारी,सुरक्षाकर्मी,बैंक तथा वित्तिय संस्थाका कर्मचारी र पत्रकारहरुलाई खोप लगाउन थालिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो । दोस्रो चरणका लागि ९४० डोज खोप जिल्लामा आएको उहाँले बताउनुभयो ।
दोस्रो चरणको पहिलो खोप प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीलाई लगाईएको थियो । यसै गरी बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ,उपमेयर सञ्जु बरुवाल, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले पनि खोप लगाउनुभएको छ ।