बेनी नगरको संसोधित बजेट पारित (भिडियो)

विकल्प न्यूज/बेनी
माघ २६ गते ।

बेनी नगरपालिकाले चालु आर्थिक वर्षको संसोधित बजेट पारित गरेको छ । सोमबार आठौं नगरसभामा उपमेयर सञ्जु बरुवालले प्रस्तुत गर्नुभएको संसोधित बजेट सभाले पारित गरेको हो । गत असार १८ गते सम्पन्न नगरसभाले ६२ करोड ३२ लाख ५८ हजार २ सय ६४ रुपैयाको बजेट पारित भएको थियो ।

संचित कोषमा रहेको बजेटलाई समाबेश गरी ६६ करोड ७ लाख ६४ हजार ४ सय ४२ रुपयाँ बराबरको बजेट पारित भएको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिनुभयो । यसै गरी नगरसभामा मेयर हरिकुमार श्रेष्ठले चालु आर्थिक वर्षमा नगरपालिकाको उपलब्धी र प्रगति प्रस्तुत गर्नुभएको थियो ।