बेनी नगरपालिका
गाउँ तथा नगर अधिवेशनमा भिडेका कांग्रेसका दुवै पक्ष प्रदेश क्षेत्रमा आउँदा युद्धविराम !
विकल्प डेस्क / बेनी कात्तिक २९ गते गते । असोजको पहिलो हप्ता सम्पन्न नेपाली काँग्रेसको स्थानीय तहका गाउँ तथा नगरपालिका अधिवेशनमा दुवै पक्ष एकआपसमा भिडे । अन्य पालिकामा सहमतिबाट नेतृत्व चयन भएपनि अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिका अधिवेशनमा सर्वसम्मत रुपमा नेतृत्व चयन नभएपछि निर्वाचनबाट टुंगाइएको थियो । यी दुई पालिकामा बर्तमान पार्टी सभापति खम्बीर गर्बुजा र […]
नेपाली कांग्रेस म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा सर्वसम्मत नेतृत्व चयन
विकल्प न्यूज\बेनी कात्तिक २७ गते । नेपाली कांग्रेस म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरिएको छ । शनिबार बेनीमा सम्पन्न प्रथम अधिवेशनले युवा नेता ओमबहादुर छन्त्यालको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । यसैगरी उपसभापतिमा रघुगंगगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी र युवा नेता सुजन बरुवाल निर्वाचित हुनुभएको छ […]
काँग्रेसको प्रदेशसभा अधिवेशन ः प्रदेश क को सभापतिमा छन्त्याल निर्विरोध निर्वाचित
विकल्प न्यूज/बेनी कात्तिक २७ गते । नेपाली काँग्रेसको प्रदेशसभा निर्वाचन क्षेत्रीय समिति (क) को सभापतिमा ओमबहादुर छन्त्याल निर्विरोध निर्वाचित हुनुभएको छ । सदरमुकाम बेनीमा सुरु भएको प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट छन्त्याल सभापति पदमा निर्विरोध निर्वाचित हुनुभएको हो । नेताहरुले सभापति र सचिव पदमा सहमति कायम गरेका हुन । निर्वाचिन अधिकृत रामजीप्रसाद सुवेदीले दिएको जानकारी […]
वडा र पालिका अधिबेशनको तयारीमा जुट्यो माओवादी
विकल्प न्यूज/बेनी कात्तिक २४ गते । नेकपा माओवादी केन्द्र म्याग्दी टोल, वडा र पालिका अधिबेशनको तयारीमा जुटेको छ । कात्तिक २७ गते टोल, मंसिर ४ गते वडा, १३ गते पालिका र १५ गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशनको मिति तय गरेको माओवादीले मंगलबार पालिका स्तरीय निर्बाचन समिति गठनका साथै अभिमुखीकरण गरेको छ । माओवादी केन्द्रको प्रदेश […]
पुलाचौरमा भएको सामुहिक बलात्कार घटनाका आरोपीत सार्वजनिक (भिडियोसहित)
विकल्प न्यूज/बेनी कात्तिक २२ गते । बेनी नगरपालिका–५ मा भएको सामुहिक बलात्कारको घटनामा संलग्न तीन जना आरोपी युवालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय म्याग्दीमा पत्रकार सम्मेलन मार्फत आरोपीहरुलाई प्रहरीले सार्वजनिक गरेको हो । उनीहरुलाई प्रहरीले सोमबार जिल्लाबाहिरबाट पक्राउ गरेको थियो । कात्तिक २ गते (मंगलबार) राती भएको घटनाका पीडित […]
सामुहिक बलात्कारमा संलग्न तिनजना पक्राउ
विकल्प न्युज/ बेनी कात्तिक २२ गते । बेनी नगरपालिका-५ मा भएको सामुहिक बलात्कारको घटनामा संलग्न तीन जना पक्राउ परेका छन् । प्रहरी नायब उपरिक्षक श्यामकुमार राईले उनिहरू पक्राउ परेकाे बताउनुभयाे । पक्राउ परेकालाई बेनी ल्याउन लागिएको उहाले बताउनुभयाे । कात्तिक २ गते (मंगलबार) राती भएको घटनाका पिडितले चार दिनपछि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिनुभएको थियो […]
मनै लोभ्याउने सयपत्री फूलको खेती(फोटोफिचर)
ठाकुरप्रसाद आचार्य/म्याग्दी कात्तिक १८ गते । म्याग्दीको बेनी नगरपालिका ४ सिंगामा हरियाली ग्रुपले सयपत्री फूलको खेती गरेको छ । करिब ४ रोपनी जमिनमा फुल खेती गरेको हरियाली ग्रुपका सञ्चालक शेरबहादुर केसीले बताउनुभयो । तिनवर्ष देखि व्यवसायीक रुपमा फुलको खेती गर्दै आएको र वार्षिक रुपमा ४ लाख रुपियाँ बराबरको फुल विक्री हुने गरेको उहाँले बताउनुभयो । […]
प्रेस सेन्टर म्याग्दीको अध्यक्षमा कमल खत्री चयन
विकल्प न्यूज/बेनी कार्तिक १६ गते । प्रेस सेन्टर म्याग्दीको मंगलबार बेनीमा सम्पन्न चौथो जिल्ला सम्मेलनबाट कमल खत्रीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कमिटि चयन भएको छ । कमिटिको उपाध्यक्षमा पदम बिश्वकर्मा, आशिका मल्ल, सचिबमा धिरन खत्री र कोषाध्यक्षमा प्रिया कार्की चयन हुनुभएको छ । सम्मेलनले कार्यसमिति सदस्य, प्रदेश र केन्द्रिय परिषद् सदस्य पनि सर्बसम्मत चयन गरेको […]
बेनीमा शितको थोपा अभियान संस्थाको कार्य शुभारम्भ
विकल्प न्यूज/बेनी कार्तिक ११ गते । सामाजिक काम गर्ने उद्देश्यका साथ म्याग्दीको बेनीमा शितको थोपा अभियान संस्थाको स्थापना भएको छ । बुधबार बेनीमा एक कार्यक्रमको आयोजना गरि सो संस्थाले आफ्नो कार्य सुभारम्भ भएको घोषणा गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समाजसेवी, व्यबसायी जीवन कुमार बिश्वकर्माले सेवा गर्ने ब्यक्ति, वा संस्थाले आफ्नो काम चुस्त र […]
एमाले बेनी नगर कमिटीको अध्यक्षमा जिसी निर्वाचित
विकल्प न्युज/ बेनी विकल्प न्युज/ बेनी कार्तिक १० गते । नेेकपा एमाले बेनी नगर कमिटीकाे प्रथम अधिवेशनबाट युवा नेता नारायण जिसी अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ । मंगलबार सुरू भएको अधिवेशनमा अध्यक्ष पदमा जिसी,राजकुमार थापा र चन्द्रकुमार केसीले दावी गर्नु भएको थियाे । बुधबार जिसीकाे पक्षमा सहमति जुटेकाे हाे । जिसीकाे नेतृत्वमा ७५ सदस्यीय […]
एमाले बेनी नगर कमिटीको अध्यक्षमा जि.सी र के.सीको दावी यथावत
विकल्प न्यूज/बेनी कार्तिक १० गते । नेकपा एमाले बेनी नगरपालिका कमिटीको अध्यक्ष पदमा दुईजनाको उम्मेदवारी परेको छ । नेतृत्व चयनका लागि मंगल सुरु भएको प्रथम नगर अधिवेशनमा अध्यक्ष पदमा युवा नेता नारायण जि.सी,राजकुमार थापा र चन्द्रकुमार केसीले दावी प्रस्तुत गर्नुभएको थियो । बुधवार दिनभर नेताहरुले मिलाउने प्रयास गरेपनि साँझसम्म सहमति हुनसकेको छैन । दुवैजनाले अडान लिएपछि […]
एमाले बेनी नगर कमिटीको नेतृत्वमा तीन जनाको दावी
विकल्प न्युज/बेनी कार्तिक ९ गते । नेकपा एमाले म्याग्दी बेनी नगर अधिवेशनमा नेतृत्वको लागी तीन जनाले दावि पेश गर्नुभएको छ । मंगलवार आयोजित नगर अधिवेशनमा सहमती जुट्न नसकेपछि बुधबार बिहान १० बजे देखि सुरु हुने गरि स्थगित भएको छ । अधिवेशनको बन्द सत्रमा नेतृत्व चयनमा आंकाक्षीहरु धेरै देखिएको र तिनिहरुविच सहमतिको प्रयास भइरहेकाले अधिवेशन स्थगित […]
उत्पादनमुलक क्षेत्रमा लगानी गर्न प्रवासी म्याग्देलीलाई अनुरोध
विकल्प न्यूज/बेनी कार्तिक २ गते । म्याग्दीको विकास र समृद्धिका लागि उत्पादनमुलक क्षेत्रमा लगानी भित्राउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । म्याग्दीको सामाजिक क्षेत्रमा सघाउँदै आएको म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको बेनीमा सुरु भएको चौथो महाधिवेशनमा बोल्ने वक्ताहरुले जिल्लाको विकासका लागि उत्पादनमुलक क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका हुन । कार्यक्रममा […]
बेनीमा हुने माेनाकाे चौथो महाधिवेशनकाे तयारी पूरा (भिडियो सहित)
विकल्प न्युज/ बेनी कार्तिक १ गते । संसारभर छरिएका म्याग्देलिहरूकाे साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(माेना) अन्तर्राष्ट्रिय कार्यकारी समितिकाे कार्तिक २ र ३ गते बेनीमा हुने चौथो महाधिवेशनकाे तयारि पूरा भएको अायाेजकले बताएका छन् । साेमबार माेनाकाे सचिवालयमा अायाेजित पत्रकार भेटघाट कार्यक्रममा माेनाका महासचिव विक्रम कार्कीले अधिवेशनकाे सवै तयारी पूरा भएको जानकारी दिनुभएको हाे । […]
दशैंमा माेना हङकङकाे साथले बालगृहका बालबालिकामा खुसि छायो
विकल्प न्युज/ बेनी असाेज २८ गते । दशैंमा म्याग्दी प्रवासी नेपाली संघ (माेना हङकङ) काे साथ पाएपछि बालगृहका अनाथ बालबालिकाकाे मुहारमा खुसी छाएको छ । बेनीमा रहेकाे नेपाल वालसंगठन म्याग्द्वा्रा संचालित बालगृहमा रहेका अनाथ बालबालिकाले दशैं मनाउन माेना हङकङकाे साथ मिलेपछि उनिहरूमा खुसि छाएकाे छ । दशैं तथा शुभदिपावलीका अवसरमा माेना हङकङले अनाथ बालबालिकाका लागि […]