ताजा समाचार:
Search

महिला संघ बेनी नगर समितिको सभापतिमा संगिता श्रेष्ठ

विकल्प न्यूज \बेनी
चैत ६ गते । 
नेपाल महिला संघ बेनी नगरपालिका समिति गठन भएको छ । आइतबार आयोजित नगर महिला संघ गठन तथा प्रशिक्षण कार्यक्रमबाट बेनी नगरपालिका–७, विरेन्द्रचोक निवासी संगिता श्रेष्ठको सभापतित्वमा ५१ सदस्यीय नगर समिति गठन भएको हो । समितिको उपसभापितद्धय भगवती किसान, टिकाकुमारी शर्मा,सचिवद्धय सुनिता भण्डारी खत्री,अस्मिता सेन्चुरी, कोषाध्यक्षमा मिना शाही,सहःसचिव संगिता शर्मा र विष्णुकुमारी उपाध्याय रहेको नेपाली कांग्रेस बेनी नगर समितिका सभापति रविन्द्र कार्कीले जानकारी दिए ।

नगर भेलाले स्थानीय तह निर्वाचन महिला परिचालन तर्दथ समितिमा लक्ष्मी कार्कीको संयोजकत्वमा ३१ सदस्यीय समिति समेत गठन गरेको छ । नगर भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै पार्टी सभापति खमबहादुर गर्बुजाले पार्टीको सम्पूर्ण शक्ती स्थानीय तहको निर्वाचनको तयारीमा केन्द्रित गरिएको बताए ।

सोही अवसरमा पूर्व सभापति एवम् संविधान सभा सदस्य रेशमबहादुर बानियाँले समुदायमा रहेका महिलाको सक्रियताले निर्वाचनको माहोल बढेको बताए । महिला संघ म्याग्दीकी सभापति बिमला गौचनले सबै स्थानीय तहमा महिला संघ गठन तथा सक्रिय बनाइने बताईन् । नवनिवार्चित नगर सभापति श्रेष्ठले नगरभित्रको टोलटोलमा पुगेर महिला संघ गठन तथा घरदैलो अभियान सञ्चालन गरिने बताईन् ।