बेनी नगरपालिका

म्याग्दीमा हस्ताक्षर नगरेका मतपत्र फेलापरेपछि प्रतिनिधिसभा तर्फको मतगणना स्थगित

ठाकुरप्रसाद आचार्य \म्याग्दी मङ्सिर ६ गते । म्याग्दीमा मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र फेला परेपछि मतगणना स्थगित भएको छ । मालिका गाउँपालिका ५ देविस्थान केन्द्रको मतगणनाका क्रममा प्रतिनिधिसभा तर्फका एकसय २ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको फेला परेको हो । हस्ताक्षर नभएको मतपत्र फेला परेपछि गठबन्धनले छानविन र कारवाहीको माग गरेका छन् । गठबन्धनले मतदान […]

२६ घण्टामा गुर्जाका मतपेटिका आइपुग्यो,९ बजेबाट मतगणना

ठाकुरप्रसाद आचार्य\म्याग्दी मङ्सिर ५ गते । म्याग्दीको धवलागिरि गाउँपालिका १ गुर्जाको मतपेटिका २६ घण्टामा बेनी आइपुगेको छ । मतदान सम्पन्न भएको २६ घण्टापछि सोमबार साँझ मतपेटिका बेनी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको हो । वडा नम्बर ४ मुदी बगराको मतपेटिका पनि सोमबार साँझ बेनी आइपुगेको हो । यातायातको पहुँच नभएको गुर्जा र बगराका मतपेटिका […]

मतदानबाट बञ्चित हुँदा निराश भए गलेश्वर आश्रमका ज्येष्ठ नागरिक

ठाकुरप्रसाद आचार्य/ म्याग्दी मंङ्सिर २ गते । गलेश्वर स्थित ज्येष्ठ नागरिक आश्रममा वस्ने ज्येष्ठ नागरिकहरु । फाइल तस्विर ठाकुरप्रसाद आचार्य  भोली आइतबार प्रतिनिधि सभा र प्रदेशस सभा सदस्यका लागि मतदान हुँदै छ । मत खसाल्न मतदाताहरु उत्साहित बनेका छन् । तर बेनी नगरपालिका ९ मा रहेको गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रममा वस्ने वृद्धवृद्धाहरुलाई निर्वाचनको माहोलले छोएको […]

मंसिर ४ पछि म्याग्दीमा गठबन्धन दुला पस्छन् ः एमाले उम्मेदवार

विकल्प न्यूज\बेनी मंसिर १ गते । नेकपा एमालेबाट आसन्न प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हरिकृष्ण श्रेष्ठले अब राजनीतिक आन्दोलन नभई विकासे आन्दोलनको थालनी गर्नुपर्ने बताउनुभएको छ । एमाले चुनाव प्रचारप्रसार मूल कमिटी म्याग्दीको आयोजनामा आज (बिहीबार) बेनी नगरपालिका–४, तातोपानीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य […]

देशका ७ लाख घरधुरीमा पुग्यो वर्ल्डलिङ्कको इन्टरनेट सेवा

विकल्प न्यूज\बेनी कात्तिक ३० गते । वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको इन्टरनेट सेवा जडान गर्ने घरधुरीको सङ्ख्या सात लाख नाघेको छ । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा रहेको वर्ल्डलिङ्कले यही सोमबार राति ९ बजेर १२ मिनेटमा सात लाखको कोशेढुङ्गा पार गरेको हो । ३० भदौ २०५२ मा स्थापना भएको वर्ल्डलिङ्कले नेपालमा इन्टरनेट सेवा दिन थालेको २७ […]

जिप दुर्घटना अपडेट ः ६ जना घाइते बेनी अस्पतालमा उपचारपछि घर फर्किए

विकल्प न्यूज\बेनी कात्तिक ३० गते ।  पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनी देखि वडा नम्बर २ माझफाँटको रातढुङ्गा जाँदै गरेको जिप बुधबार साँझ भुर्तुलाको भीरबाट खस्दा एकजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । यात्रु लिएर मल्लाज चोकबाट हिडेको ग १ ज ५२९६ नम्बरको बोलेरो जीप भुर्तुलाको भीरमुनी सडक देखि एकसय पचास […]

दुर्गम गुर्जा प्रस्थान गरे मतदान केन्द्रमा खटिएका कर्मचारी

ठाकुरप्रसाद आचार्य/बेनी कात्तिक २९ गते । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि खटिएका कर्मचारीहरुले निर्वाचन सामग्री बुझेर मतदान केन्द्र तर्फ लाग्न थालेका छन् । जिल्लाको अति विकट धवलागिरि गाउँपालिका १ गुर्जाको मतदान केन्द्रमा खटिएका कर्मचारीहरु मंगलबार निर्वाचन सामग्री बुझेर त्यसतर्फ प्रस्थान गरेका हुन । मतदान केन्द्रमा खटिएका कर्मचारीलाई जिल्ला निर्वाचन अधिकारी […]

म्याग्दीमा मतदान अधिकृतलाई तालिम सुरु

ठाकुरप्रसाद आचार्य/म्याग्दी कात्तिक २६ गते । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि म्याग्दीमा मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक अधिकृतलाई शनिबार देखि तालिम दिन थालिएको छ । निर्वाचनमा खटिएका कर्मचारीहरुलाई दुई चरणमा गरेर शनिबार र आइतबार निर्वाचन सम्बन्धि अभिमूखीकरण दिन थालिएको हो । बेनी बजार स्थित बेनी सामुदायिक विद्यालयको […]

निर्वाचनका लागि कर्मचारी खटाउँदा प्रशासनले असमानपूर्ण व्यवहार गरेको गुनासो

विकल्प न्यूज/बेनी कात्तिक २३ गते । आगमी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि कर्मचारी छनौंट र परिचालनमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले अनियमितता गरेको गुनासो सुनिन थालेको छ । निर्वाचन गराउन मतदान केन्द्रमा खटाउने मतदान अधिकृत,सहायक मतदान अधिकृत र कर्मचारी छनौंट र परिचालन गर्दा प्रशासनले मनलाग्दी गरेको गुनासो आएको हो । जिल्ला […]

गठबन्धनको भ्रममा नपरी मतदान गर्न एमाले उम्मेदवारको आग्रह

विकल्प न्यूज\बेनी कात्तिक २२ गते । मंसिर ४ गते हुने निर्वाचन नजिकिँदै जाँदा म्याग्दीमा पनि राजनीतिक दलहरुको चुनाव प्रचार अभियानले तीव्रता पाएको छ । यसैक्रममा मङ्गलवार नेकपा एमालेले बेनी नगरपालिका–९ घतान र १० नम्बर वडा पात्लेखेत चुनावी सभा आयोजना गरेको छ । सभालाई सम्बोधन गर्दै प्रतिनिधि सभाका उम्मेदवार एमाले नेता हरिकृष्ण श्रेष्ठले जिल्लावासीको समस्या समाधान […]

म्याग्दीको विकास गर्ने एमाले हो ः उम्मेदवार श्रेष्ठ

विकल्प न्यूज/बेनी कात्तिक २२ गते । आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमाले म्याग्दीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठले जिल्लाको विकास र सुशासनका लागि आफ्नो उम्मेदवारी भएको बताउनुभएको छ । म्याग्दीको मंगला गाउँपालिका ५ अर्मन र बेनी नगरपालिका १ रत्नेचौरमा आयोजित चुनावी सभालाई सम्वोधन गर्नुहुँदै उम्मेदवार श्रेष्ठले जिल्लाको शिक्षा, स्वास्थ्य, […]

एमालेको चुनावी अभियान ः‘विकासको एजेण्डा बोकेको एमालेलाई भोट दिनुहोस्’

विकल्प न्यूज/बेनी कात्तिक २० गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा उम्मेदवारहरुले विकासको एजेण्डा बोकेको एमाले पार्टीलाई भोट दिनुपर्ने बताएका छन् । निर्वाचन परिचालन कमिटी म्याग्दीको आयोजनामा आइतबार बेनी नगरपालिका–३, भकिम्ली र मंगलाको बरंजामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनीहरुले यस्तो बताएका हुन् । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत भकिम्लीको चुनावी […]

एमालेका उम्मेदवार राजनीतिका साथै समाजसेवामा क्रियाशिल

विकल्प न्यूज/बेनी कात्तिक १९ गते । नेकपा एमालेका केन्द्रिय सदस्य भुपेन्द्र बहादुर थापाले नेकपा एमाले म्याग्दीले राजनीति र सामाजिक सेवामा क्रियाशिल व्यक्तिलाई उम्मेदवार बनाएको बताउनुभएको छ । नेकपा एमालेले अघि सारेका उम्मेदवारसँग गठबन्धनका उम्मेद्वारको कुनै तुलना गर्न नमिल्ने उहाँले दावी गर्नुभयो । लामो राजनीतिक इतिहास र समाजसेवाको अनुभव भएका नेतालाई आगमी मंसिर ४ गते हुने […]

पुलाचौरबाट सुरु भयो एमाले म्याग्दीको चुनावीसभा

विकल्प न्यूज\बेनी कात्तिक १८ गते । नकिजकिँदै गरेको मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि म्याग्दीमा राजनीतिक दलहरुले चुनावी प्रचार अभियान सुरु गरेका छन् । यसैक्रममा आज (शुक्रवार) नेकपा एमाले म्याग्दीले बेनी नगरपालिका–५, पुलाचौर र मंगला गाउँपालिका–१, कुहुँबाट चुनाव प्रचार अभियानको औपचारिक सुरुवात गरेको हो । पुलाचौर र कुहुँको कार्यक्रमलाई […]

कालिगण्डकी नदीमा फूलको तोरण तारियो (फोटो फिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी कात्तिक १८ गते । पछिल्लो समयमा हाम्रो समाजमा तोरण तार्ने संस्कृति हराउँदै जान थाले पनि केही स्थानमा भने हरिबोधनी एकादशीका दिन पुजाआरधाना गरेर नदी वारपार फुलको तोरण तार्ने पुरानो संस्कृति अझै जिवित छ । यही संस्कृतिलाई जोगाउँन पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनीका स्थानीयहरुले हरिबोधनी एकादर्शीका दिन शुक्रबार कालिगण्डकी नदीमा तोरण तारे । […]