बेनी नगरपालिका
बेनी बोर्डिङ कपको उपाधि आयोजक विद्यालयले जित्यो
विकल्प न्यूज/बेनी माघ २६ गते । सदरमुकाम बेनीमा शुक्रबार सम्पन्न भएको १२ औं जिल्लास्तरीय आधारभुत तह फुटबल प्रतियोगिताको उपाधि आयोजक विद्यालयले जितेको छ । शुक्रबार सम्पन्न फाईनल खेलमा प्रतिस्पर्धी केबी एकेडेमी दरबाङलाई उपविजेतामा सिमित गदैं आयोजक बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुलले २ का विरुद्ध ४ गोल गदैं उपाधि हात पारेको हो । सेमिफाइनलमा बेनी बोर्डिङले दरबाङ […]
बेनीका होटेल तथा रेष्टुरेन्ट व्यावसायीहरुले गरे हुक्का बन्द गर्ने प्रतिबद्धता
विकल्प न्यूज/बेनी माघ २६ गते । म्याग्दीको बेनी बजारमा रहेका होटल तथा रेष्टुरेन्ट व्यावसायीहरुले हुक्का बिक्री वितरण नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार बेनी नगरपालिकासँग भएको छलफलमा नगर प्रमुख सुरत केसीले बजार क्षेत्रमा हुक्का प्रतिबन्द गर्न राखेको प्रस्तावलाई उनीहरुले समर्थन गरेका हुन । पछिल्लो समय बजार क्षेत्रका होटल तथा रेष्टुरेण्टहरुमा भेला भएर युवाहरुले हुक्काको […]
आमा समूहद्वारा सामूहिक आलुखेती
गलेश्वर (म्याग्दी), माघ २६ गते । परम्परागतरुपमा गरिँदै आएको गहुँ तथा तोरीखेतीबाट राम्रो आम्दानी नभएपछि म्याग्दीको बेनी नगरपालिका–२ अम्बोटका महिलाले सामूहिक आलुखेती गरेका छन् । अम्बोट आमा समूहमा आबद्ध ३० महिलाले ३० रोपनी जग्गामा सामूहिक आलुखेती गरेका हुन् । कृषि ज्ञान केन्द्र म्याग्दीले समुदायस्तरमा कृषि उत्पादन प्रवद्र्धन आयोजनाअन्तर्गत सो समूहलाई रु तीन लाख अनुदानबाट दुईवटा […]
सन्तुलित विकासलाई ध्यान दिन प्रदेश सरकारलाई स्थानीय तहकाे अनुरोध
विकल्प न्युज / बेनी माघ २५ गते । जिल्ला समन्वय समितिले आगामी जिल्ला सभा मार्फात योजना व्याङ्क निर्माण गर्ने भएको छ । जिल्ला समन्वय समिति म्याग्दीमा बिहीबार भएको स्थानियतह र प्रदेश मातहतका कार्यालय प्रमुखहरुको समन्वय बैठकले उक्त निर्णय गरेको हो । जिल्ला भित्र पर्ने योजनाहरुमा डुप्लिकेसन हुने तथा अन्य केही समस्याहरु देखिएकोले जिल्ला समन्वय समितिका […]
बेनी बोर्डिङ कप : शुक्रबारदेखि सेमिफाइनलका खेल हुने
विकल्प न्युज / बेनी माघ २५ गते । बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलद्वारा आयोजित फुटबल प्रतियोगिताको म्याग्दीको सदरमुकाम बेनीमा जारी १२ औं जिल्लास्तरीय आधारभुत तह फुटबल प्रतियोगिताको क्वाटरफाइनलका खेल सकिएको छ । बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलद्वारा आयोजित फुटबल प्रतियोगिताको बिहिबार खुल्लामञ्चमा सम्पन्न क्वाटरफाइनल खेलमा बेनी बोर्डिङ्ग, दरबाङ बोर्डिङ्ग, […]
बेनी नगरको रावण पार्क निर्माण योजना एक वर्षदेखि अलपत्र
घनश्याम खड्का/बेनी माघ २५ गते । बेनी नगरपालिका–५ पुलाह आश्रममा निर्माणाधीन रावण पार्क एक वर्षदेखि अलपत्र परेको छ । नगरपालिकाले समयमा प्रगति विवरण नबुझाउँदा बजेट निकासा नभएर पार्क निर्माण प्रभावित भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम अर्न्तगत ६ मिटर अग्लो रावण मुर्तिसहित पार्क निर्माण […]
गायक राजेन्द्र सापकोटाको ‘हैना भन्नीलाई’ ले मन जित्दै
विकल्प न्युज / बेनी माघ २४ गते । म्याग्दीमा जन्मिएका लोकप्रीय लोक तथा दोहोरी गायक राजेन्द्र सापकोटाको नयाँ साँगीतिक कोशेली हैन भन्नीलाई ले दर्शक श्रोताको मन जित्दै गएको छ । राजेन्द्र सापकोटा युटुव च्यानलबाट ५ दिन अघि सार्वजनिक भएको गीतको भिडियो १ लाख वढि दर्शकले हेरिसक्नुभएको छ । गायक सापकोटा र चर्चित गायीका शान्ति श्री […]
पर्वत बेनी स्थित कालीगण्डकी नदीको शिला रौतहटको शिव मन्दिरमा लैजाने तयारी
ठाकुरप्रसाद आचार्य म्याग्दी,माघ २४ गते । म्याग्दी र कालिगण्डकी नदीको संगमस्थल नजिक पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनी स्थित कालिगण्डकी नदी किनारबाट शिलालाई रौतहटमा निर्माणधिन शिवमन्दिरमा मुर्ति बनाउने प्रयोजनका लागि लैजान तयारी गरिएको छ । रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ७ धर्मपुरमा रहेको हिन्दुहरुको धार्मिक स्थल गरिबनाथ शिवमन्दिरमा निर्माण गरिने गरिबनाथ शिव महादेवको मुर्ति बनाउन […]
स्थानीय तहको सुदृढीकरणमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण
विकल्प न्यूज\बेनी माघ २२ गते । ‘समृद्धिका लागि सञ्चार कर्म ! प्रेस चौतारीको मूल मर्म’ भन्ने नारासहित प्रेस चौतारी नेपालको २६औं स्थापना दिवस आज (सोमबार) देशैभर विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । यसैक्रममा प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीको आयोजनामा पनि म्याग्दी सदरमुकाम बेनीमा ‘स्थानीय तहको सुदृढीकरणमा सञ्चार क्षेत्रको भूमिका’ विषयक अन्तत्र्रिmया कार्यक्रम गरिएको […]
सुशिल हत्या घटनाका एघार अभियुक्त प्रहरी नियन्त्रणमा
ठाकुरप्रसाद आचार्य म्याग्दी,माघ २२ गते । म्याग्दीको सदरमुकाम बेनीमा धारिलो हतियार प्रयोग गरेर एक युवाको हत्यामा संलग्न भएकाहरु मध्य प्रहरीले अहिले सम्म एघार जना अभियुक्तहरुलाई नियन्त्रणमा लिएको छ । माघ ११ गते साँझमा बेनीको न्युरोडमा युवाहरुको दुई समुहकाबीच ग्याङफाइट हुँदा रघुगंगा गाउँपालिका १ बेग घर भई हाल बेनी नगरपालिका ८ पिपलचोक वस्ने २१ वर्षीय सुशिल […]
मन्त्री र सांसदको अनुगमनले पनि गति नलिएको मालढुङ्गा–बेनी सडक योजना
ठाकुरप्रसाद आचार्य/बेनी म्याग्दी,माघ २२ गते । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरबको कालीगण्डकी कोरिडोर आयोजना अन्तर्गत मालढुङ्गा –बेनी सडकलाई स्तरोन्नति सहित कालोपत्रे गर्ने योजना तीन वर्ष देखि निर्माणधिन अवस्थामा छ । गत आर्थिक वर्षको असारमा ठेक्का सम्झौताको म्याद सकिएर पुन थपिएको छ । ठेकेदारको ढिलासुस्तीले पुन थपिएको म्यादमा पनि सडक निर्माण हुने छाँटकाट देखिएको छैन । […]
जनताको प्रश्नले घेरिएको छ कांग्रेस ः नेता पौडेल
ठाकुरप्रसाद आचार्य माघ २१ गते । नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले नेपाली कांग्रेसलाई सुधार गरेर अगाडी बढाउन युवा नेतृत्वको आवश्यकता रहेको बताउनुभएको छ । प्रतिनिधिसभाका सदस्य समेत रहनुभएका नेता पौडेलले नेतृत्व युवाको काँधमा ल्याउन प्रयास गरेपनि सफल हुननसकेको विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘हामीले निरन्तर रुपमा प्रयास गरेका छौं तर हाम्रो प्रयास सफल […]
बेनी–भकिम्ली र पखेर–बङ्जा–ताराखोला सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान
बेनी, २२ माघ ः म्याग्दीका थप दुई वटा सडक स्तरोन्नतिका लागि आइतबार बहुबर्षीय ठेक्का आव्हान भएको छ । मंगला गाउँपालिकाको बरंजा ३ र ४ हुदै महेश–धापुङ–ताराखोला र बेनी नगरपालिकाको २ र ३ नम्बर वडाको हाडेभिर–बगरफाँट–दूधेखोला–हल्लेगौडा–डोले मुसुङ सडक स्तरोन्नति योजना कार्यान्वयनको चरणमा प्रवेश गरेको हो । चालुु आर्थिक वर्षमा रु. दुई \दुुई करोड बजेट बिनियोजन भएको […]
नागरिकका गुनासो सुन्न कांग्रेसको बेनीमा सार्वजनिक सुनुवाई
विकल्प न्यूज/बेनी माघ २१ गते । म्याग्दीको सदरमुकाम बेनीस्थित बिरेन्द्रचोकमा आइतबार नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान अन्तरगत सार्वजनिक सुनुवाईको आयोजना गरिएको छ । प्रतिनिधिसभाका सदस्य तथा यूवा नेता प्रदिप पौडेलको प्रमुख आतिथ्यतामा हुने सुनुवाई कार्यक्रममा म्याग्दीबासीले अपेक्षा, सुझाव र गुनासा राख्न पाउने कांग्रेस म्याग्दीका कार्यवाहक सभापति हरिकुमार श्रेष्ठले बताए । समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव […]
गण्डकी प्रदेशभरको रुट परमिट पाउने भएपछि यातायात व्यवसायीको दिपावली
बेनी, २० माघ । गण्डकी सरकारले प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० जारी गर्दै हलुका सवारी साधनले पनि प्रदेशभर स्थायी रुट प्रमिट पाउने व्यवस्था गरेपछि विभिन्न जिल्लाका यातायात व्यवसायीले दिपावली गरेका छन् । माघ १८ गते गण्डकी प्रदेश राजपत्रमा प्रकाशित नियमावलीमा यस अघी हलुका सवारी चालकका लागि दिईंदै आएको दुई जिल्लाको स्थायी रुट प्रमिटको […]