बेनी नगरपालिका
गलेश्वरधाम दर्शन बोलको भजन गीत विमोचन
प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, साउन २१ । म्याग्दीका लोकगायक रवि कार्कीले हालै बजारमा ल्याएको गलेश्वरधाम दर्शन बोलको गीत सोमबार विमोचन भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको प्रस्तुतीमा गलेश्वर मन्दिरको प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यसहित गीत निर्माण गरिएको हो । साउने सोमबारको अवसर पारेर गलेश्वर मन्दिरमा एक कार्यक्रमकाबीच गीतको विमोचन गरिएको गलेश्वर शिवालय क्षेत्र […]
बेनी नगरपालिकाको कार्यालय भवनमा तला थप
विकल्प न्यूज/बेनी साउन १९ गते । बेनी नगरपालिकाको भवनमा तला थप गरिएको छ । साबिक अर्थुङ्गगे गाविसको भवनबाट सञ्चालत हँुदै आएको भवनमा नगरपालिकाले दुई वटा तला थप गरेको हो । ठेक्का मार्फत तिन वटा कोठा र सभाहल निर्माण गरिएको नगरपालिकाका ईञ्जिनियर बिमलरञ्जन कार्कीले जानकारी दिनुभयो । सबै कोठा र सभाहलमा शौचालय समेत रहेको छ । […]
ट्याक्सी सँगै म्याग्दी नदीमा बेपत्ता आमा छोराको पहिचान खुल्यो
विकल्प न्यूज/बेनी म्याग्दी, १८ साउन । शुक्रबार मध्यान्न सदरमुकाम बेनीको खुल्लामञ्च नजिकबाट सिक्दै गरेको ट्याक्सी म्याग्दी नदीमा खस्दा आमा छोरा बेपत्ता भएका छन् । असुरक्षित ठाउँमा सिक्दै गरेको ट्याक्सीमा डाईभिङ सिक्ने हाल पर्वतको जलजला गाउँपालिकामा बस्ने बर्ष २५ की शोभा अधिकारी खाती र उनीसंगै बसेका ८ बर्षका छोरा सागर खाती बेपत्ता भएका हुन् । म्याग्दीको […]
बेनी अस्पतालबाट एक वर्षमा तिस हजार जनाले सेवा लिए
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १७ साउन । बेनी अस्पतालबाट एक वर्षको अवधिमा तिस हजार जना भन्दा बढीले सेवा लिएका छन् । अस्पताल विकास समितिले बिहीबार आयोजना गरेको कार्यक्रममा वार्षिक उपलब्धि र आम्दानी, खर्च विवरण सार्वजनिक गरेको हो । अस्पतालको अन्तरंग बिभागबाट तिस हजार ३३० र आकस्मीक कक्षबाट छ हजार ६३८ जनाले सेवा लिएको अस्पतालका प्रमुख […]
समाचार प्रभाव ः जनप्रतिनिधिले फिर्ता गरे बिरामीको पैसा
गोपाल छन्त्याल/बेनीः साउन १५ गते । बेनी नगरपालिका वडा नं. ९ घतानका वडासदस्य भेष बहादुर सेनले धुपीबोटका कर्ण बहादुर विकको उपचारका लागि प्रवासबाट आएको सहयोग रकम फिर्ता गरेका छन् । एकबर्षअघि सडक बोर्ड र स्थानीय जनश्रमदान गरि ११ लाख रुपैयाँको लागतमा तोरीपानी–ढोल्ठान सडक मर्मतका क्रममा रुख ढल्दा विक गम्भिर घाइते भएका थिए । वडा सदस्य […]
गलेश्वरमा दोस्रो सोमबार तिन लाख भेटी संकलन
सन्तोष गौतम/विकल्प न्यूज बेनी १५ साउन ।बेनी नगरपालिका ९ स्थित गलेश्वर मन्दिरमा साउन महिनाको दोस्रो सोमबार तिन लाख रुपैयाँ भन्दा बढी भेटि संकलन भएको छ । गलेश्वर क्षेत्र विकास कोषले मंगलबार सरोकारवालाहरुको उपस्थितीमा भेटि गणना गरेर सार्वजनीक गरेको हो । तिस हजार भक्तजनले दर्शन गरेको र तिन लाख सात हजार ५८२ रुपैया भेटि संकलन भएको […]
म्याग्दी क्याम्पसमा कफी खेती
सन्तोष गौतम/विकल्प न्यूज बेनी १५ साउन । बेनीमा समुदाय स्तरबाट सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसले आयस्रोत जुटाउने उद्देश्यले व्यवसायिक कफी खेती सुरु गरेको छ । निजामती कर्मचारीका सहिद मनोज जोशी र झपेन्द्र कार्कीको स्मृति दिवसको अवसरमा मंगलबार नेपाल निजामती कर्मचारी संगठन र क्याम्पसको संयुक्त आयोजनामा कफी खेतीको सुरुवात गरिएको हो । कफीका बिरुवा रोपण कार्यक्रमको सुरुवात […]
गलेश्वरमा द मिलिसियाज ब्रदरहुडद्धारा सरसफाई (फोटो फिचर)
प्रमोद शर्मा/विकल्प न्यूज साउन १५ गते । द मिलिसियाज ब्रदरहुडले म्याग्दीको मुख्य धार्मिक स्थल गलेश्वरधाम मन्दिरमा साउन महिनाको दोस्रो सोमबार स्वयमसेवकका रुपमा कार्य गर्नुका साथै मन्दिर परिसर सरसफाई समेत गरेको छ । म्याग्दीको सदरमुकाम बेनीमा रहेको न्यू वेष्ट प्वाइन्ट आवासीय माविमा रहेका युवा शिक्षकहरुको समुह द मिलिसियाज ब्रदरहुडले विभिन्न ठाउँबाट गलेश्वर दर्शन गर्न आउने […]
मोना हङकङद्धारा म्याग्दी भ्रमण वर्षलाई ५० हजार सहयोग
विकल्प न्यूज/बेनी साउन १४ गते । म्याग्दी भ्रमण वर्ष २०७५ लाई सफल पार्नका लागि मोना हङकङले ५० हजार रुपियाँ आर्थिक सहयोग गरेको छ । सोमवार म्याग्दी उद्योग वाणिज्य संघद्धारा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा मोना हङकङका सल्लाहकार वम वहादुर विश्वकर्माले उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । साथै सल्लाहकार विश्वकर्माले व्यक्तिगत […]
लायन्सको परोपकारी कार्य ः बेनी पिस सिटीद्धारा ज्येष्ठ नागरिकलाई भोजन
विकल्प न्यूज/बेनी साउन १४ गते । लायन्स क्लब अफ बेनी पिस सिटीले गलेश्वर स्थित ज्येष्ठ नागरिक आश्रममा वसोवास गर्नुहुने ज्येष्ठ नागरिकहरुलाई निशुल्क भोजन गराएको छ । बेनी पिस सिटीमा आवद्ध लायन्स सदस्यहरु सोमबार आश्रममा पुगेर बृद्धबृद्धाहरुलाई भोजन गराएका हुन । २२ हजार रुपियाँ नगद अन्नक्षेत्रलाई उपलब्ध गराएर ५० जना ज्येष्ठ नागरिकहरुलाई खिर,अचार र दहीको भोजन […]
गलेश्वरमा भक्तजनको भिड (फोटो)
विकल्प न्यूज/बेनी साउन १४ गते । म्याग्दीको बेनी नगरपापालिका ९ गलेश्वर स्थित गलेश्वर मन्दिरमा भक्तजनहरुको भिड लागेको छ । प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वरधाम मन्दिरमा साउनको दोस्रो सोमबार पुजा,अर्चना र दर्शनका लागि आउने भक्तजनहरुको विहानै देखि भिड लागेको हो । गलेश्वर शिवालय मन्दिरमा म्याग्दी, पर्वत, बागलुङ, कास्की, स्याङ्जा, रुपन्देही, चितवन र सर्लाही जिल्लाबाट भक्तजनहरु […]
अन्डर ५ फूटबल प्रतियोगिता सम्पन्न
विकल्प न्यूज/बेनी साउन १३ गते । न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयमा संचालित अन्डर ५ फुटबल प्रतियोगिता सकिएको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा हरियो सदनलाई २ का बिरुद्ध ३ गोल गर्दै पहेलो सदन बिजेता बनेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा पहेलो सदनले हरियो सदनलाई हराउदै जित हात पारेको हो । हरेक वर्ष बर्षे बिदा […]
साहित्यकार सस्मितको कृति विलोकनको लोकार्पण
सन्दिप शर्मा/विकल्प न्यूज साउन १३ गते । म्याग्दीका युवा साहित्यकार शिव सस्मितको विलोकन मुक्तक संग्रहको शनिबार बेनीमा लोकार्पण गरीएको छ । यस भन्दा अगाडी तिनओटा कृतिहरु डाएरीमा टाउकेहरु हास्य ब्यङ्गय निबन्ध संग्रह २०६९, बहाब गजल संग्रह २०७२, धुमिल हाकाश शैक्षिक उपन्यास २०७२ प्रकासित गरेका सस्मितको विलोकन मुक्तक संग्रह चौथो कृतिका रुपमा रहेको छ । धौलागिरी […]
बेनीमा म्याग्दी विकास मञ्चको प्रथम अधिवेशन सुरु
विकल्प न्यूज/बेनी साउन १२ गते । “हामी बनाउँछौ समृद्ध म्याग्दी” भन्ने मुलका नाराका साथ म्याग्दी विकास मञ्चको प्रथम वार्षिक साधरणसभा तथा अधिवेशन बेनीमा सुरु भएको छ । शनिवार सुरु भएको अधिवेशनको गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गर्नुभएको हो । सरकारी एवम् गैरसरकारी संघसंस्था सँग सहकार्य गरि म्याग्दीको विकास र समृद्धिका लागि हातेमालो […]
पहिरोले विद्यालय भवन र सडक जोखिममा
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १० साउन । पहिरो र नदी कटानका कारण म्याग्दीको विभिन्न ठाउँमा सार्वजनिक पूर्वाधारमा क्षति पुगेको छ । बेनी नगरपालिका ३ भकिम्लीको मुसुङ डोले आधारभुत विद्यालयको भवन पहिरोका कारण जोखिममा परेको छ । विद्यालय भवनको पछाडीपट्टि रहेको सडक भत्कीएर पहिरो गएपछि भवन जोखिममा परेको स्थानीय डिलबहादुर थापाले बताउनुभयो । पहिरोले खानेपानीको पाईपलाईनमा […]