अन्डर ५ फूटबल प्रतियोगिता सम्पन्न

विकल्प न्यूज/बेनी
साउन १३ गते ।  9न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयमा संचालित अन्डर ५ फुटबल प्रतियोगिता सकिएको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा हरियो सदनलाई २ का बिरुद्ध ३ गोल गर्दै पहेलो सदन बिजेता बनेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा पहेलो सदनले हरियो सदनलाई हराउदै जित हात पारेको हो ।

हरेक वर्ष बर्षे बिदा शुरुहुनुभन्दा अघि संचालन हुने यो प्रतियोगिता विद्यार्थीहरुका लागि विश्व कप जत्तिकै महत्वपुर्ण र रोचक हुने गर्दछ । यसरि खेल खेलाउदा खेलाडी पहिचान गर्न सजिलो हुने र अन्तर विद्यालय एवं जिल्ला स्तरीय खेलकुदमा सहभागी गराउन सकिने हुनाले विद्यार्थीहरु निके उत्साहित हुने खेल शिक्षक दिपेन राइले बताए ।

त्यसैगरी अघिल्ला बर्षहरु भन्दा यस खेल र खेलाडीको स्तर धेरै माथि भएको साथै स्तरीय खेल खेलेको शिक्षक अभिभाबक संघका अध्यक्ष दिलकुमार श्रेष्ठले बताए ।
खेलमा सर्बा्धिक गोलकर्ता पहेलो सदनका बिसाल पटेल, उत्कृष्ट खेलाडी उत्कृष्ट गोल किपर उत्कृष्ट डिफेन्डर भएका छन । प्रथम हुने टिम र खेलाडीहरुले ट्रफी मेडल र प्रमाणपत्र साथै आफ्नो सदनको लागि ४ ,३ २, र १ अंक प्राप्त गर्ने गर्दछन ।

त्यसैगरी तेश्रो स्थानको लागि भएको खेलमा रातो सदनले निलो सदनलाई २ का बिरुद्ध ३ गोल गर्दै तेश्रो भएको छ र रातो सदनले चौथो स्थान हासिल गर्दै आफ्नो सदनको लागि १ अंक जोडेको छ । बर्षे विदा सकिए लगत्तै विद्यालयको प्रर्थना सभामा पुरस्कार वितरण गरिने भाइस प्रिन्सिपल सरोज लाकान्द्रिलाइ उद्घ्रित गर्दै वेस्ट पोइन्ट मिडिया हबले जनाएको छ ।

वेष्ट पोइन्टका विद्यार्थीहरु काठमाडौँमा

1न्यु वेष्ट पोइन्ट आवासीय माविका विद्यार्थीहरु अध्ययन–अनुभवका लागि काठमान्डौ प्रस्थान गरेका छन् । स्टुडेन्ट एक्सचेन्ज प्रोग्राम अन्तर्गत कक्षा ६ देखि १० सम्मका १८ जना विद्यार्थीहरु काठमान्डू गएका हुन् । प्रत्येक सेक्सनबाट प्रतिनिधित्व हुने गरि विद्यार्थीहरु लाइ सो कार्यक्रमको लागी पठाइएको हो ।

साउन १३ गते आइतबार बिहान सहभागी विद्यायर्थीहरु, शिक्षक प्रतिनिधि भाईस प्रिन्सिपल सरोज लकान्द्रीलाई फाउण्डेसनका अध्यक्षले शुभकामना सहित बिदाइ गर्नु भएको हो । कार्यक्रममा शिक्षक अभिभाबक संघका अध्यक्ष दिलकुमार श्रेष्ठ सदस्य हरि सुबेदी समेतलाई शुभकामना सहित बिदाई गर्नु भएको हो । यो निरन्तर चलिरहने प्रक्रिया हो कक्षाका हरेक विद्यार्थीहरुलाई यसरी सहभागी गराइने प्रिन्सिपलले बताउनु भयो ।

राजधानीका विद्यालयमा हुने पढाई लगाएत अन्य क्रियाकलापको अनुभब गर्दै सो सिकाइलाई ब्यवहारगत गर्न यो कार्यक्रम ल्याएको प्रिन्सिपल बिना झाले बताउनु भयो ।

उनीहरु काठमाडौको शुभतारा इन्टरनेसनल स्कुल र धुलिखेलको काठमान्डू युनिर्भि्सिटी हाई स्कुलमाा १ हप्तासम्म आवासीय रुपमा रहि अध्ययन गरेर फर्कने छन् । ज्ञान, अनुभब सिकाइ साटासाट गर्दा नै वृद्धि हुने वेष्ट पोइन्ट एजुकेसन फाउन्डेसन म्याग्दी प्रालिका अध्यक्ष शिवकुमार श्रेष्ठले बताए । त्यसै गरि शुभतारा र काठमान्डू युनिर्भि्सिटी हाई स्कुलका विद्यायर्थीहरु पनि १ हप्ताको लागि वेष्ट पोइन्टमा आउने छन् ।

शुरुवातमा २ वटा विद्यालयले यो कार्यक्रमको लागि सहमति जनाएका हुन् । आगामी दिनमा कक्षा ११ र बिबिएस तहमा समेत स्टुडेन्ट एक्सचेन्ज प्रोग्राममा सहभागी गराइनेछ । त्यहाँबाट फर्के पछी सहभागी विद्यार्थीहरुले आफ्नो कक्षामा अनुभब साटासाट गर्नुका साथै प्रतिबेदन प्रस्तुत गर्नेछन । यसले उनिहरुको नेतृत्व बिकास गर्न समेत सघाउने वेष्ट पोइन्ट मिडिया हवका संयोजक कृष्ण जिसीले बताए ।