साहित्यकार सस्मितको कृति विलोकनको लोकार्पण

सन्दिप शर्मा/विकल्प न्यूज
साउन १३ गते । DSC_0065म्याग्दीका युवा साहित्यकार शिव सस्मितको विलोकन मुक्तक संग्रहको शनिबार बेनीमा लोकार्पण गरीएको छ । यस भन्दा अगाडी तिनओटा कृतिहरु डाएरीमा टाउकेहरु हास्य ब्यङ्गय निबन्ध संग्रह २०६९, बहाब गजल संग्रह २०७२, धुमिल हाकाश शैक्षिक उपन्यास २०७२ प्रकासित गरेका सस्मितको विलोकन मुक्तक संग्रह चौथो कृतिका रुपमा रहेको छ ।

धौलागिरी कला तथा साहित्य मञ्च बाग्लुङको आयोजनामा साहित्यकार सस्मितको गृह जिल्ला बेनीमा बाग्लङ, पर्वत र म्याग्दी लागाएका जिल्लाका साहित्यकारहरुको उपस्थितीमा मुक्तक संग्रहको लोकार्पण गरिएको थियोे ।

संग्रहको लोकार्पण गर्दै कार्यक्रममा अग्रज तथा बरिष्ठ साहित्यका प्रेम छोटाले साहित्य सेवाको भावनाले गरिने भएकाले साहित्य सेवाको घर रहेको बताउनुभयो । उहाँले साहित्य मार्फत राष्ट्रको नाम विश्वसामु चिनाउन साकीने बताउँदै साहित्यकारहरुले समसामायिक कुराहरुमा कलम उठाउनु पर्ने बताउनु भयो ।
सोही कार्यक्रममा बोल्दै बरिष्ठ साहित्यकार द्धय महेशचन्द्र प्रधान तथा धुर्वलाल शर्माले साहित्य मार्फत शिक्षा ग्रहण गर्न तथा प्रदान गर्न दुवै मिल्ने भएकाले पनि साहित्यको विकाश जरुरी रहेको बताउनु भयो ।

धौलागीरी कला तथा सहित्य मञ्च बाग्लुङकी अध्यक्ष जयन्ति थापाको अध्यक्षतमा सम्पन्न भएको लोकार्पण कार्यक्रममा वरिष्ठ साहित्यकारहरु अजयमिलन श्रेष्ठ, भक्त कार्की, रेखा कौशल रेग्मी लगाएतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा म्याग्दीका बरिष्ठ साहित्यकार रामप्रसाद सुवेदीले सस्मितको कृति विलोकन माथि समिक्षा गर्नु भएको थियो । संस्थाका सचिव प्रेम मगरको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा सदस्य गंगा बाँनियाँले स्वागत गर्नु भएको थियो ।