पहिरोले विद्यालय भवन र सडक जोखिममा

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १० साउन ।Badhi Pahairo ko Risk (1) पहिरो र नदी कटानका कारण म्याग्दीको विभिन्न ठाउँमा सार्वजनिक पूर्वाधारमा क्षति पुगेको छ । बेनी नगरपालिका ३ भकिम्लीको मुसुङ डोले आधारभुत विद्यालयको भवन पहिरोका कारण जोखिममा परेको छ । विद्यालय भवनको पछाडीपट्टि रहेको सडक भत्कीएर पहिरो गएपछि भवन जोखिममा परेको स्थानीय डिलबहादुर थापाले बताउनुभयो ।

पहिरोले खानेपानीको पाईपलाईनमा क्षति पुराएको छ । छ कोठे कक्षा कोठा भवन जोखिममा परेको थापाले बताउनुभयो । यसैगरी धवलागिरी गाउँपालिका २ लुलाङ आधारभुत विद्यालयको भवन पनी खेलमैदानमा लगाइएको तारजाली ग्यावीयन भत्कीएपछि जोखिममा परेको छ । Badhi Pahairo ko Risk (2)विद्यालयको खेलमैदानमा लगाइएको तारजाली ग्यावीयन पर्खाल भत्कीदा कक्षा कोठा भवनका साथै बस्ती समेत जोखिममा परेका त्यहाँबाट ओमप्रसाद रसाईलीले बताउनुभयो । यसैगरी कालीगण्डकी नदीको कटानका कारण बेनी जोमसोम सडकको बेगखोला खण्ड जोखिममा परेको छ ।

कालीगण्डकीले धार परिवर्तन गरेर सडक तर्फ कटान गर्न थालेपछि जोखिम बढेको त्यहाँबाट डोलेन्द्र चोखालले बताउनुभयो । कालीगण्डकीले कटान गरेर विद्युतको एक वटा पोल ढलाएको छ भने अर्को पोल समेत जोखिममा परेको छ । उत्तरी म्याग्दीका बस्तीहरुमा केन्द्रिय प्रशारण लाईनको विद्युत अवरुद्ध बनेको छ ।