बेनीमा म्याग्दी विकास मञ्चको प्रथम अधिवेशन सुरु

विकल्प न्यूज/बेनी
साउन १२ गते ।   DSC_0073“हामी बनाउँछौ समृद्ध म्याग्दी” भन्ने मुलका नाराका साथ म्याग्दी विकास मञ्चको प्रथम वार्षिक साधरणसभा तथा अधिवेशन बेनीमा सुरु भएको छ ।

शनिवार सुरु भएको अधिवेशनको गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गर्नुभएको हो । सरकारी एवम् गैरसरकारी संघसंस्था सँग सहकार्य गरि म्याग्दीको विकास र समृद्धिका लागि हातेमालो गर्ने उद्देश्यले एकवर्ष अघि मञ्चको स्थापना गरिएको हो ।

कार्यक्रममा मञ्चका अध्यक्ष तेजप्रकाश पुनले प्रवासमा रहेका म्याग्देलीहरुको सीप,पुजी र प्रविधिलाई उपयोग गरेर म्याग्दीलाई समृद्ध बनाउने उद्देश्य मञ्चको रहेको बताउनुभयो । उहाँले म्याग्दीको विकास र समृद्धिका लागि ठोस योजना निर्माण गर्दै अघि वढ्नसकेमा समृद्धि संभव भएको उहाँको भनाई थियो । DSC_0068मञ्जका अध्यक्ष पुनले सम्भावनायुक्त क्षेत्रमा प्रवासमा रहेका म्याग्देलीहरुबाट लगानी भित्राउने गरी संस्थाले आफ्नो गतिविधिलाई अगाडी बढाउने बताउनुभयो । पर्यटन र जलविद्युतको विकासका लागि संभाव्यताको खोजी गरि लगानीको वातावरण तयार पार्न मञ्चले आवश्यक कार्य गर्ने उहाँको भनाई थियो । DSC_0071अधिवेशनमा स्थानीय तहका जनप्रतिनिधि,राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, सुरक्षा निकायका प्रमुख, म्याग्दी उद्योग वाणिज्य संघ र विभिन्न संघसंस्थाका प्रतिनिधि र पत्रकारहरुको उपस्थिति रहेको छ । मञ्चका अध्यक्ष पुनको अध्यक्षता, सचिव कुविर कुमार श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा अतिथिहरुले शुभकामना दिने क्रम जारी रहेको छ । अधिवेशनले आगमी नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।