ताजा समाचार:
Search

गलेश्वरमा भक्तजनको भिड (फोटो)

विकल्प न्यूज/बेनी

साउन १४ गते । DSC_0002म्याग्दीको बेनी नगरपापालिका ९ गलेश्वर स्थित गलेश्वर मन्दिरमा भक्तजनहरुको भिड लागेको छ । प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वरधाम मन्दिरमा साउनको दोस्रो सोमबार पुजा,अर्चना र दर्शनका लागि आउने भक्तजनहरुको विहानै देखि भिड लागेको हो ।

गलेश्वर शिवालय मन्दिरमा म्याग्दी, पर्वत, बागलुङ, कास्की, स्याङ्जा, रुपन्देही, चितवन र सर्लाही जिल्लाबाट भक्तजनहरु आएर पूजाअर्चना गर्नुका साथै दर्शन गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । DSC_0030गलेश्वर मन्दिरको दर्शन गर्न आउने भक्तजनहरुलाई लक्षित गरेर क्षेत्र विकास कोषले सहज पुजाआजाको व्यवस्थापन मिलाएको थियो ।भक्तजनहरुले अबिर, धजा, फुलप्रसाद चढाएर धुपबत्ती बालेर नरिबलले पुजा गरेका थिए ।
पुजा व्यवस्थापनमा नेपाल प्रहरी, सामुदायिक सेवा केन्द्र, कालीगण्डकी तथा गलेश्वर आमा समूह, न्यु वेष्ट प्वोइन्ट र गलेश्वर आदर्श बोर्डिङ स्कुल तथा गलेश्वर युवा क्लबले स्वयंसेवा गरेका थिए । DSC_0013मन्दिर परिसरमा भक्तजनको सुरक्षाका लागि सिसीटिभी क्यामेरा जडान गरिएको छ । पवित्र कृष्णागण्डकीबाट उठेर ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयं उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ ।

मन्दिरमा सङ्कलित भेट्टी पूर्वाधार विस्तार, जेष्ठनागरिक तथा कर्मचारी व्यवस्थापनसहित विभिन्न धार्मिक कार्यमा खर्च गरिन्छ । सत्य युगमा पार्वतीको गला पतन भएको मानिने गलेश्वर मुक्तिनाथ क्षेत्र प्रवेशद्धारको रुपमा रहेको छ । DSC_0015खासगरी साउन महिना र सोमबारको दिनलाई भगवान् शिवको प्रिय महिना र दिनका रुपमा मान्ने गरिन्छ । सोमबारको दिन ब्रत बस्ने तथा शिवालय पुगेर पुजाआजा गरेमा मनोकाङ्क्षा पुरा हुने जनविश्वास रहिआएको छ ।

DSC_0014तस्विरहरु ठाकुरप्रसाद आचार्य