बेनी नगरपालिका

अपाङ्गता भएकालाई सहायता सामग्री वितरण

विकल्प न्यूज/बेनी माघ २१ गते । बेनी नगरपालिकाको स्वास्थ्य शाखाले अपाङ्गता भएकाहरुलाई सोमबार सहायता सामग्री वितरण गरेको छ । अपाङ्ग संघ म्याग्दीसँगको समन्वयमा १९ जना अपाङ्गता भएकाहरुलाई बैशाखी, एल बैशाखी, सेतो छडी, पहेँलो बैशाखी, चर्पी चियर लगायतका सामग्रीहरु वितरण गरेको हो । अपाङ्ग संघ म्याग्दीका अध्यक्ष गोपाल केसीको अध्यक्षता र सचिव सुरेन्द्र केसीको सञ्चालनमा भएको […]

लिटिल गार्डेनका विद्यार्थीद्धारा सडक नाटक प्रर्दशन

विकल्प न्युज / बेनी माघ २१ गते । बेनीको लिटिल गार्डेन एकेडेमिका विद्यार्थीहरुले सोमबार जातीय विभेद र छुवाछुत विरुद्ध सन्देशमुलक सडक नाटक प्रर्दशन गरेका छन् । लिटिल गार्डेन एकेडेमिको कक्षा ४ मा अध्ययन गर्ने विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय अगाडीको चोकमा दिउँसो साढे १ बजेदेखि एक आधा घण्टा नाटक प्रर्दशन गरेका हुन् । नाटक मार्फत बालबालिकाहरुले […]

सवारी चालकहरुलाई प्रशिक्षण

विकल्प न्युज/बेनी माघ २१ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीको आयोजनामा सोमबार बेनीमा सवारी चालकहरुलाई ओभर टेक र साइड दिने विषयमा प्रशिक्षण दिइएको छ । प्रहरी सहायक निरीक्षक मित्रलाल ढकालले जनपद प्रहरी समेतको उपस्थितीमा राजमार्गहरुमा सवारी साधन गुडिरहेको अवस्थामा ओभरटेक गर्ने र साइड दिने प्रक्रियाको बारेमा सहजिकरण गर्नुभएको थियो । साइड दिने तर्फको सवारीले […]

महासंघले दियो जिसीको नेतृत्वलाई बैधानिकता

विकल्प न्यूज/बेनी माघ २१ गते । नेपाल निर्माण व्यवसायी महासंघले आइतवार निर्वाचित भएको नारायण जिसीको नेतृत्वको निर्माण व्यवसायी संघ म्याग्दीलाई मान्यता दिएको छ । महासंघका महासचिव रोशन दाहालले बधाई पत्र पठाएर जिसीको नेतृत्वलाई बैधानिकता दिएको हो । संघको १८ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनले जिसीको अध्यक्षतामा १७ सदस्यी नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको […]

प्रथम बेनी नगर कपको उपाधि माउण्टले चुम्यो

विकल्प न्यूज/बेनी माघ २१ गते । बेनी नगरस्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७५ को उपाधि बेनीको माउण्ट आवाशीय माध्यमिक विद्यालयले जितेको छ । सोमबार कालिपुलमा सम्पन्न अन्तर माध्यमिक छात्र÷छात्रा प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि माउण्टले हातपार्न सफल भएको हो । माउण्टले १९ स्वर्ण ३ रजत र १३ काश्य प्राप्त गरी प्रथम भयो । यसै […]

छात्रा भलिबलमा माउण्टको जित

विकल्प न्यूज/बेनी माघ २० गते । बेनी नगरस्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छात्रा भलिबल बेनीको माउण्ट आवाशिय माविले जितेको छ । बेनीमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आइतवार सम्पन्न छात्रा भलिबल प्रतियोगितामा माउण्ट एभरेष्टले न्यू वेष्ट प्वाईन्ट आवाशीय माविलाई ३– ० सोझो सेटमा पराजित गर्दै जित हात पारेको हो । छात्र तर्फ माउन्ट र न्यू […]

सिंगा तातोपानी – पोखेर जोड्ने पुल निर्माण सुरु

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज माघ १८ गते ।बेनी नगरपालिका ४ सिंगा तातोपानी देखि मंगला गाउँपालिकाको बरंजालाई जोडनका लागि म्याग्दी खोला माथि पक्की मोटरेबल पुल निर्माण थालिएको छ । सडक डिभिजन कार्यालय बागलुङले बहुवर्षीय ठेक्का मार्फत बेनी – दरवाङ सडकको तातोपानी देखि पोखेर जोड्नका लागि म्याग्दी खोला तातोपानी मोटरेबल पुल निर्माण योजना अगाडि बढाएको हो । वर्षौ […]

भकिम्लीको डोलेमा हेलिप्याड निर्माण

विकल्प न्युज / बेनी बेनी १६ माघ । आपतकालिन र विपद्को अवस्थामा उद्धार तथा राहतको कामलाई व्यवस्थित बनाउने उद्देश्यले बेनी नगरपालिका ३ भकिम्लीको डोलेमा हेलीकप्टर अवतरण गर्ने स्थान (हेलीप्याड) निर्माण भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको म्याग्दीको सबै वडामा हेलीप्याड निर्माण गर्ने निर्णय अनुसार बेनी नगरपालिकाले भकिम्लीबाट हेलिप्याड निर्माण सुरु गरेको हो । वडा […]

धार्मिक पर्यटकीय स्थलको संरक्षणमा जुटे पूर्णगाउँबासी

विकल्प न्युज/बेनी बेनी १५ माघ । म्याग्दीको मंगला गाउँपालिका १ पूर्णगाउँका बासिन्दाहरु धार्मिक पर्यटकीय स्थलको संरक्षणमा अग्रसर भएका छन् ।पूर्णगाउँको शिरमा रहेको टोड्केलाई पर्यटकीय गन्तब्य बनाउन एक दशकदेखि सक्रिय पूर्णगाउँबासीहरुले धार्मिक पर्यटकीय सम्भावना बोकेको भुम देवेताको थान रहेको कालोढुंगा संरक्षणका लागि समिति गठन गरेका छन् । नरेन्द्र अर्मजाको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा दुर्गादत्त आचार्य, […]

सडककाे मापदण्ड र नक्साङ्कनको अन्यौलता हटाउन माग

सन्तोष गौतम बेनी १५ माघ । गण्डकी प्रदेशका सांसद बिनोद केसीले कालीगण्डकी कोरीडोर अन्तरगत मालढुङ्गा–बेनी खण्डको सडकको मापदण्ड र नक्साङकन सम्बन्धी अन्यौलता हटाउन माग गर्नुभएको छ । गण्डकी प्रदेश सभाको मंगलबारको बैठकमा बिशेष समय लिएर बोल्नुभएका म्याग्दी प्रदेश सभा क्षेत्र क बाट निर्वाचित सांसद केसीले मालढुङ्गा देखि बेनी सम्मको सडक पर्वत अथवा बागलुङ कुन जिल्ला […]

बेनीमा हिन्दु राष्ट्र पुनःस्थापनाको माग सहित ¥याली

विकल्प न्यूज/बेनी माघ १४ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीको हिन्दु राज्य पुनःस्थापनाका लागि जनजागरण अभियान अन्तरगत सोमबार बेनीमा ¥याली गरिएको छ । ¥यालीपछि आयोजित कोणसभामा राप्रपाका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री भिमप्रसाद गौचनले जनताको सुझाव, अपेक्षा र भावना विपरित केही नेताहरु डलर र पश्चिमी मुलुकको प्रभावमा परेर संबिधानमा नेपाललाई धर्म निरपेक्ष राष्ट्र उल्लेख गरिएको […]

प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा म्याग्दीलाई आठ पदक

विकल्प न्यूज/बेनी माघ १४ गते । पोखरामा भएको गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा म्याग्दीले आठ वटा पदक जितेको छ । कास्की तेक्वान्दो संघ र हिमालयन कम्प्युटर पोखराको आयोजनामा माघ ११ र १२ गते भएको प्रतियोगितामा सर्वोकृष्ट सहित एक वटा स्वर्ण, एक वटा रजत र पाँच वटा कास्य पदक जितेका हुन् । छ वटा जिल्लाका खेलाडीहरुले […]

नेपाल मगर विद्यार्थी संघ म्याग्दी क्याम्पस इकाई अध्यक्षमा पुर्जा

समिर रोका मगर/बिकल्प न्युज बेनी ,माघ १४ गते । नेपाल मगर बिद्यार्थी संघ म्याग्दीको संगठन बिस्तार अभियान तिब्र रुपमा अगाडि बढेको छ । सोमबार सदरमुकाम बेनिबजार स्थित म्याग्दी बहुमुखी क्याम्पसमा पुनर्गठन गरेको छ। म्याग्दी बहुमुखी क्याम्पस इकाई समितिको अध्यक्षमा निर्मल पुर्जा मगर चयन हुनुभएको छ । यसैगरि अध्यक्ष पुर्जा संगै कमिटीको उपाध्यक्षमा तिलक थापा मगर […]

आठौं बेनी बोडीङ कपको उपाधि जनप्रिय दरबाङ्गलाई

विकल्प न्युज / बेनी माघ १३ गते । बेनीमा शनिबार सम्पन्न आधारभुत विद्यालय स्तरीय आठांै बेनी बोडीङ कप फुटबल प्रतियोगिताको उपाधि जनप्रिय मावि दरवाङले हात पारेको छ । न्यु वेष्ट पोइन्ट आवासीय मावि बेनीलाई पेनाल्टी सुटआउटमा आठका विरुद्ध नौ गोल गर्दै जनप्रियले उपाधि हात पारेको आयोजक बेनी बोडिङका लेखापाल बिशाल खत्रीले जानकारी दिनुभयो । प्रतिस्पर्धात्मक […]

शिक्षक संघ बेनी नगर कार्य समितिको भेला

विकल्प न्यूज/बेनी माघ १२ । अनुभव र योग्य शिक्षकले नै शिक्षित समाजका लागि भूमिका खेल्ने शनिबार म्याग्दीको सदरमुकाम बेनीमा आयोजित कार्यक्रमका बक्ताले बताएका छन् । विद्यालयका आवश्यक माग पुरा गर्न नसक्दा शिक्षकले योग्यता अनुसार काम गर्ने वातावरण नभएको बताउँदै गुणस्तरीय शिक्षाका राहत,करार र बालशिक्षाका शिक्षकहरुले राख्दै आएको माग पुरा हुनुपर्नेमा जोड दिएका थिए । नेपाल शिक्षक […]