बेनीमा हिन्दु राष्ट्र पुनःस्थापनाको माग सहित ¥याली

विकल्प न्यूज/बेनी
माघ १४ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीको हिन्दु राज्य पुनःस्थापनाका लागि जनजागरण अभियान अन्तरगत सोमबार बेनीमा ¥याली गरिएको छ ।

¥यालीपछि आयोजित कोणसभामा राप्रपाका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री भिमप्रसाद गौचनले जनताको सुझाव, अपेक्षा र भावना विपरित केही नेताहरु डलर र पश्चिमी मुलुकको प्रभावमा परेर संबिधानमा नेपाललाई धर्म निरपेक्ष राष्ट्र उल्लेख गरिएको आरोप लगाउनुभयो ।

नेता गौचनले बहुसंख्यक नेपालीले मान्ने हिन्दु धर्मको आधारमा हिन्दु राज्य घोषणाका लागि जनमत संग्रहको माग गर्दै हिन्दु राष्ट्रको पक्षमा जनमत सिर्जना गर्न अभियान चलाएको बताउनुभयो ।
हिन्दु राष्ट्र पुनस्थापना जनजागरण अभियान म्याग्दीका संयोजक कृष्णप्रसाद शर्माको अध्यक्षता, राप्रपा म्याग्दीका अध्यक्ष बिरबहादुर थापा क्षेत्रीको स्वागत र राप्रपा म्याग्दीका सचिव दलकेशर बानियाले सचालन गर्नुभएको कार्यक्रममा गण्डकी प्रदेश सदस्य एकेन्द्र रावल, बागलुङ क्षेत्र न. १ का क्षेत्रीय सभापति केदार कडेल र राममन्दिर संरक्षण समितिका अध्यक्ष चन्द्रबहादुर केसीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।