महासंघले दियो जिसीको नेतृत्वलाई बैधानिकता

विकल्प न्यूज/बेनी
माघ २१ गते । नेपाल निर्माण व्यवसायी महासंघले आइतवार निर्वाचित भएको नारायण जिसीको नेतृत्वको निर्माण व्यवसायी संघ म्याग्दीलाई मान्यता दिएको छ । महासंघका महासचिव रोशन दाहालले बधाई पत्र पठाएर जिसीको नेतृत्वलाई बैधानिकता दिएको हो ।

संघको १८ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनले जिसीको अध्यक्षतामा १७ सदस्यी नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको थियो । निर्वाचनमा भाग लिँदा पराजित हुने डरले वहिष्कार गरेका असन्तुष्ट पक्षधरहरुले आइतवार नै गोपाल भट्चनको नेतृत्वमा समानान्तर अर्को कार्यसमिति गठन गरेका थिए । संघको संस्थापन पक्षलाई बहुमत व्यवसायीहरुले समर्थन गरेपछि अस्तित्व रक्षाका लागि अशन्तुष्ट पक्षहरुले अर्को समानान्तर कार्यसमिति गठन गरेका हुन । ‘केही सिमित व्यक्तिहरु होटलमा बसेर स्वघोषित रुपमा गठन गरेको समानान्तर कार्यसमितिलाई महासंघ केन्द्रले खारेज गरिदिएको छ नवनिर्वाचत अध्यक्ष जिसीले भन्नुभयो, संघको विधान,नियम र कानुनी रुपमा चयन भएको कार्यसमितिलाई बैधता दिनु सम्पूर्ण व्यवसायीहरुको अर्को जित हो ।’