ताजा समाचार:
Search

प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा म्याग्दीलाई आठ पदक

विकल्प न्यूज/बेनी
माघ १४ गते । पोखरामा भएको गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा म्याग्दीले आठ वटा पदक जितेको छ । कास्की तेक्वान्दो संघ र हिमालयन कम्प्युटर पोखराको आयोजनामा माघ ११ र १२ गते भएको प्रतियोगितामा सर्वोकृष्ट सहित एक वटा स्वर्ण, एक वटा रजत र पाँच वटा कास्य पदक जितेका हुन् ।

छ वटा जिल्लाका खेलाडीहरुले सहभागिता जनाएको प्रतियोगिताको ४६ केजी तौल समूहको महिलातर्फ स्वर्णपदक जितेकी रश्मी श्रेष्ठले महिलामा उत्कृष्ट खेलाडीको पनि उपाधि हात पारेकी जिल्ला खेलकुद विकास समितिका प्रशिक्षक कर्ण प्रधानले जानकारी दिनुभयो । श्रेष्ठलाई आयोजकले नगद दश हजार रुपैयाँ पुरस्कार समेत प्रदान गरेका छन् । ७४ केजी तौल समूहको पुरुषमा सुरेन्द्र बर्देवाले रजत, ६८ केजी तौल समूहमा राजकुमार परियार तेस्रो, ६३ केजी तौल समूहमा मिलन घिमीरे तेस्रो, ५३ केजी तौल समूहको महिलातर्फ स्वयता शाक्य तेस्रो, ५७ केजी तौल समूहमा सोम बुढा तेस्रो र ६२ केजी तौल समूहमा सुस्मीता दर्जी तेस्रो भएका छन् ।