धार्मिक पर्यटकीय स्थलको संरक्षणमा जुटे पूर्णगाउँबासी

विकल्प न्युज/बेनी
बेनी १५ माघ ।

म्याग्दीको मंगला गाउँपालिका १ पूर्णगाउँका बासिन्दाहरु धार्मिक पर्यटकीय स्थलको संरक्षणमा अग्रसर भएका छन् ।पूर्णगाउँको शिरमा रहेको टोड्केलाई पर्यटकीय गन्तब्य बनाउन एक दशकदेखि सक्रिय पूर्णगाउँबासीहरुले धार्मिक पर्यटकीय सम्भावना बोकेको भुम देवेताको थान रहेको कालोढुंगा संरक्षणका लागि समिति गठन गरेका छन् ।

नरेन्द्र अर्मजाको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा दुर्गादत्त आचार्य, कोषाध्यक्षमा रामकृष्ण रेग्मी, सचिवमा चन्द्रबहादुर अर्मजा रहनुभएको छ । सदस्यहरुमा प्रेमबहादुर राम्जाली, रजबहादुर राम्जाली, मात्रिका गौचन, सुवास राम्जाली, दुर्गा केसी, सिमा केसी, सुवर्ण रिजाल, राजाराम भण्डारी, दुर्गाबहादुर गर्बुजा रहनुभएको छ ।

वडा सदस्य जितमान गौचन र कतारका मोहन अर्मजा पदेन सदस्य चयन हुनुभएको छ भने गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष सिर्जना केसी, क्षेत्रबहादुर भण्डारी, दिलबहादुर गौचन, दिल्लीराज रेग्मीलाई बरिष्ठ सल्लाहकारमा चयन गरिएको छ ।

बाबुराम आचार्य, टेकबहादुर राम्जाली, कृष्णबहादुर खत्री र प्रेमप्रसाद रेग्मी सल्लाहकार रहनुभएको छ । समितिले पूर्णगाउँको बिचमा रहेको भूमे देवता (कालो जुर) को संरक्षण, सर्वद्धन र प्रचारप्रसार गर्ने योजना बनाएको छ ।