मंगला गाउँपालिका
कुहुँमा साल्ट टे«डिङको सचेतनामुलक कार्यक्रम
विकल्प न्यूज\बेनी माघ २७ गते । म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँमा रहेको दिपशिखा माविमा आयोडिन युक्त नुनको प्रयोगका सम्बन्धमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । साल्ट टे«डिङ कर्पोरेशन बाग्लुङ शाखाको आयोजनामा दिपशिखा माविका विद्यार्थीहरुलाई आयोडिनयुक्त नुनको सन्देश उल्लेख गरिएको झोला वितरण गरिएको हो । ३० जना बालबालिकालाई स्कुल ब्याग र १० जना महिलाहरुलाई घरायसी काममा प्रयोग […]
मंगलामा सूचना हक सम्बन्धि अन्तरक्रिया
विकल्प न्युज / बेनी पुस २४ गते । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा हिजो (सोमबार) सूचनाको हकसम्बन्धी अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । ‘सूचना हाम्रो अधिकार, सुशासन र विकासको आधार’ भन्ने मूल नारासहित राष्ट्रिय सूचना आयोगको आयोजनामा अन्तत्र्रिmया गरिएको हो । स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी एवं समूहरुसँगको उपस्थितिमा सूचनाको हकसम्बन्धी अन्तत्र्रिmया कार्यक्रम सम्पन्न गरिएको राष्ट्रिय […]
पालिका स्तरीय अस्पताल भवन बनाउने ठेकेदार योजना अलपत्र पारेर गायब
विकल्प न्यूज/बेनी पुस १९ गते । बेनी । म्याग्दीमा निर्माणाधीन दुई आधारभूत अस्पताल अलपत्र परेका छन् । ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’योजनाअन्तर्गत मङ्गला र धौलागिरि गाउँपालिकामा निर्माण सुरु भएका दुई अस्पताल भवनको काम निर्माण व्यवसायीले ढिलासुस्ती गरेपछि अलपत्र परेका हुन् । धौलागिरि ७ ताकममा पाँच र मङ्गला ५ हाँडेभिरमा १० शय्या क्षमताको आधारभूत अस्पताल […]
मंगलाको चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि मंगला माविलाई
विकल्प न्यूज/बेनी पुस १८ गते । म्याग्दीको मंगला गाउँपालिकाको आयोजनामा चौथो विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा लगातार ३ पटक कप जितेर मंगला मावि बावियाचौरले शिल्ड पच गरेको छ । मंगला–५ पिपलबोटको खेलकुद मैदानमा सम्पन्न भएको प्रतियोगितामा १५ स्वर्ण, ४ रजत र २ कास्य सहित २१ पदक जित्दै मंगला माविले उपाधि हात पारेको हो […]
बेनी र मंगलाका माओवादी कार्यकर्ताहरुलाई प्रशिक्षण
बेनी, १५ पुष । नेकपा (माओवादी केन्द्र)ले आइतबार बेनी नगरपालिका र मंगला गाउँपालिकाका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको छ । बेनीमा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सहईञ्चार्ज हरि अधिकारी र केन्द्रिय सदस्य शैलेन्द्र घिमिरेले प्रशिक्षण दिनुभएको थियो । बेनी नगर कमिटि अध्यक्ष सेरबहादुर केसीको अध्यक्षता र उपाध्यक्ष अणबहादुर खड्का (भगवान)को सञ्चालनमा सम्पन्न […]
काठमाडौ, पोखरामा होइन् म्याग्दीको दुर्गम गुर्जाबासीको आँखाले हेर्दा संघीयता वरदान हो –मन्त्री जुग्जाली
१५ पुष ः गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम बहादुर जुग्जालीले विकट र दुर्गम क्षेत्रको विकासमा पहुँच बढाउन संघीय व्यवस्था वरदान सावित भएको बताउनु भएको छ । म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको कैलाशफाँटमा आइतबार देखि शुरु भएको पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै मन्त्री जुग्जालीले प्रदेश सरकार […]
मंगलामा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु
ठाकुरप्रसाद आचार्य म्याग्दी,पुस १५ गते । म्याग्दीको मंगला गाउँपालिकाको आयोजनामा चौथो विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । पालिकाको वडा नम्बर ५ स्थित कैलाशफाँट स्थित खेलकुद मैदानमा सुरु भएको प्रतियोगिताको गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले उद्घाटन गर्नुभयो । तीन दिन सम्म संचालन हुने प्रतियोगितामा पालिकाका […]
पूर्वाधारको पखाईमा बरंजाको पर्यटकीय स्थल गाम्फा धुरी
विकल्प न्यूज\बेनी पुस ११ गते । म्याग्दीको मंगला गाउँपालिका वडा नम्वर ४ बरंजामा अवस्थित ऐतिहासिक पर्यटकीय स्थल गाम्फा धुरी पूर्वाधारको पखाईमा रहेको छ । समुन्द्री सतहदेखि ३ हजार ९ मिटरको उचाईमा रहेको उक्त स्थानमा पयर्टक लक्षित पूर्वाधार नहुँदा प्रकृतिको अनुपम उपहार हुँदाहुँदै पनि ओझेलमा परेको छ । वरिपरि घना जंगलको विचमा रहेको अग्लो पहाडको टुप्पो, […]
श्रमदान जुटाएर कैलाशफाटको खेलमैदान स्तरोन्नति गरिदै
विकल्प न्यूज/बेनी पुस ९ गते । म्याग्दीको मंगला गाउँपालिका–५ कैलाशफाँटमा खेलमैदान निर्माणका लागि श्रमदान अभियान चलाइएको छ । म्याग्दी नदी किनारको बगर र सार्वजनिक जमिनमा तटबन्ध गरि सम्माएर बनाइएको खेलमैदानलाई स्तरोन्नति गरि प्रयोग योग्य बनाउन श्रमदान अभियान सञ्चालन भएको हो । जनप्रतिनिधी, स्थानीयबासी, खेलाडी र विद्यार्थीहरुले श्रमदान गरेर खेलमैदान स्तरोन्नति गर्न लागिएको मंगला गाउँपालिका–५ का […]
पर्यटकीय सम्पदाबाटै म्याग्दीको समृद्धि
म्याग्दी, पुस १ गते । प्राकृतिक, सांस्कृतिक, भौगोलिक, जातीय र जैविक विविधताका साथै ऐतिहासिक सम्पदा म्याग्दीका पर्यटकीय सम्पदा हुन् । हिमाल, अग्ला पहाड, वनजङ्गल, नदी, झरना, तालतलैया, ऐतिहासिक र धार्मिकस्थल, विभिन्न जातजातिका विविधतायुक्त कलासंस्कृति, रहनसहन र जीवनशैली म्याग्दीको पर्यटन विकासका आधार मानिएको छ । संसारको सातौँ अग्लो हिमाल हो धौलागिरि आठ हजार एक सय ६७ […]
बरंजाबाट बेनी आउँदै गरेको जीप डम्बरामा दुर्घटना हुँदा पाँचजना घाइते
विकल्प न्यूज/बेनी मंसिर १८ गते । मङ्गला गाउँपालिकाको बरंजाबाट बेनीतर्फ आउँदैगरेको बोलेरो गाडी बेनी नगरपालिका–६ डम्बराको मन्दिरनजिक दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । ग १ ज ८०४२ नम्बरको बोलेरो दुर्घटना हुँदा मङ्गला गाउँपालिका–३ बरंजाकी २४ वर्षीया इन्दु तुलाचन, ४६ वर्षीय कर्णबहादुर रोका, शेरबहादुर दमाई, मङ्गला गाउँपालिका–४ कि ६० वर्षीया मनकुमारी रोका र बेनी […]
मंगला शिक्षा क्याम्पसमा प्रशासनीक भवनको शिलन्यास
विकल्प न्यूज/बेनी मंसिर ११ गते । म्याग्दीको मंगला गाउँपालिका–२,बाबियाचौरस्थित लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसमा प्रशासनीक भवनको शिलन्यास गरिएको छ । सोमबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले भवनको शिलन्यास गर्नुभएको हो । कुल ५५ लाख ९० हजार २२२ लागतमा मंगला कस्ट्रक्सनले निर्माण गर्न लागेको प्रशासनीक भवनमा सभाहल, प्रतिक्षा कक्ष सहित ३ कोठे हुने क्याम्पस […]
पखेर–बरंजा सडक स्तरोन्नतिको काम यसै वर्षदेखि शुरु हुन्छ–मन्त्री जुग्जाली
विकल्प न्यूज\बेनी कात्तिक २८ गते । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले मंगला गाउँपालिकाको पखेर–बरंजा सडक स्तरोन्नतिको काम चालु आर्थिक वर्षदेखिनै शुरु गर्न लागिएको बताउनु भएको छ । मंगला गाउँपालिकाको वडा नम्बर ३ र ४ को विभिन्न ठाउँमा सोमबार भएको कार्यक्रममा मन्त्री जुग्जालीले गण्डकी प्रदेश सरकारबाट बरंजामा चालु आर्थिक वर्षमा […]
मंगलामा सार्वजनिक सुनुवाई सम्पन्न
विकल्प न्यूज/बेनी कात्तिक २३ गते । मंगला गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ को पहिलो चौमासिकको सार्वजनिक सुनुवाई गरेको छ । पहिलो चौमासिकको अवधिमा प्रवाह भएको सार्वजनिक सेवा,विकास योजना तथा कार्यक्रमका वारेमा सेवाग्राहीहरुबाट राय सुझाव लिन पालिकाले वडा नम्बर ३ आर्भाङमा विहिवार सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा उपस्थित भएका वडा नम्बर ३ र ४ […]
अनेमसंघ म्याग्दीद्वारा मंगलाका पहिरो पीडितलाई राहत वितरण
विकल्प न्यूज\बेनी असोज २३ गते । नेकपा एमालेनिकट महिलाहरुको सङ्गठन अखिल नेपाल महिला संघ (अनेमसंघ) म्याग्दीले पहिरो पीडितहरुलाई राहत वितरण गरेको छ । पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको विभिन्न वडामा वर्षात्को समयमा आएको पहिरोबाट पीडित बनेकाहरुलाई अनेमसंघले नगद र जिन्सी सहयोग गरेको हो । ‘विपद्मा अनेमसंघ’ भन्ने अभियान सञ्चालन गरी सो अभियानबाट सङ्कलित रकम मंगला गाउँपालिकाका […]