कुहुँमा साल्ट टे«डिङको सचेतनामुलक कार्यक्रम

विकल्प न्यूज\बेनी
माघ २७ गते ।


म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँमा रहेको दिपशिखा माविमा आयोडिन युक्त नुनको प्रयोगका सम्बन्धमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

साल्ट टे«डिङ कर्पोरेशन बाग्लुङ शाखाको आयोजनामा दिपशिखा माविका विद्यार्थीहरुलाई आयोडिनयुक्त नुनको सन्देश उल्लेख गरिएको झोला वितरण गरिएको हो । ३० जना बालबालिकालाई स्कुल ब्याग र १० जना महिलाहरुलाई घरायसी काममा प्रयोग हुने झोला वितरण गरिएको थियो । फेब्रुअरी महिनालाई आयोडिन महिनाको रुपमा मनाउने गरिन्छ ।

कार्यक्रममा गलगाड लगायत आयोडिनको कमीले हुने स्वास्थ्य समस्याबाट बच्नका लागि पलास्टिकको प्याकेटको आयोडिनयुक्त नुन प्रयोग गर्न, नुनलाई खुल्ला भाडामा नराख्न र ढिके नुनको प्रयोग नगर्न अनुरोध गरिएको थियो ।

विद्यालयका प्रअ नन्दबहादुर खत्रीको अध्यक्षता, शिक्षक हरिकृष्ण भट्टराईको सञ्चालन र नविन भट्टराईको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा साल्ट टे«डिङ कर्पोरेशन बाग्लुङका प्रमुख मनोजकुमार श्रेष्ठ र कुहुँ स्वास्थ्य चौकीका अहेव प्रतिक्षा ओलीले आयोडिनयुक्त नुनको फाइदाका विषयमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष एकजित रोका, कर्पोरेशनका कमृचारी लालबहादुर शाह, म्याग्दीका अधिकृत बिक्रेता मोतिलाल पौडेल, व्यवसायी नन्दु खत्री लगायतको पनि उपस्थिति रहेको थियो ।