मंगलामा एमालेकाे नयाँ नेतृत्व चयन

विकल्प न्यूज / बेनी

फागुन २८ गते ।

नेकपा एमालेकाे मंगला गाउँपालिका कमिटीको दाेर्साे अधिबेशनबाट  सर्वसम्मत रूपमा  नयाँ नेतृत्व चयन गरिएको छ । साेमबार सम्पन्न भएको  अधिबेशनले यामबहादुर थापाकाे अध्यक्षतामा ३१ सदस्यीय नयाँ कमिटी चयन गरेकाे हाे ।

कमिटीको उपाध्यक्षमा चिरञ्जीवी शर्मा, सचिवमा चक्रलाल पाण्डे,उप सचिव एकजित रोका र सरस्वती उपाध्या सहित ३१ सदस्यीय कमिटी चयन भएको एमालेले जनाएको छ ।

अधिबेशनकाे पार्टीको केन्द्रीय सदस्य नरदेवी पुनले उद्घाटन गर्नुभएको थियाे ।