अन्नपुर्ण गाउँपालिका
घारखोला जलविद्युत अयोजनाको परीक्षण सुरु
विकल्प न्यूज/बेनी जेठ २२ गते । अन्नपूर्ण गाउँपालिकामा रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको भौतिक संरचनाको परीक्षण सुरु गरिएको छ। म्याग्दी हाइड्रोपावर प्रालि प्रर्वद्धक रहेको उक्त आयोजनाको भौतिक संरचना निर्माण सकेर परीक्षण सुरु गरिएको हो। बाँध र डिसेन्डर (पानी थिग्राउने पोखरी) मा पानी हालेर आइतबारदेखि परीक्षण थालिएको आयोजनाका जनसम्पर्क अधिकृत प्रकाशचन्द्र पौडेलले बताए। उनका […]
अन्नपूर्णको चुचुरोमा क्रिस्टिन हरिला
ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ २२ गते । एकहप्ता अघि क्रिस्टिन हरिलाले धौलागिरि हिमालको सफल आरोहण गर्नुभएको थियो । नर्वेजियन हिमाल आरोही क्रिस्टिन हरिलाले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्णको सफल आरोहण गर्नुभएको छ । सोमबार विहान ६ बजे हरिला र उहाँका सहयोगीहरुले अन्नपूर्णको सफल आरोहण गरेको अन्नपूर्ण गाउँपालिका ३ दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो […]
अन्नपूर्ण आधार शिविरमा खानेपानी र सञ्चारको समस्या
ठाकुरप्रसाद आचार्य म्याग्दी (बेनी), जेठ १७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङ स्थित अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरमा खानेपानी र सञ्चार सेवाको सुविधा नहुँदा पदयात्रामा पुगेका पर्यटकलाई समस्या हुने गरेको छ। हिमाल आरोहणका लागि आधार शिविरमा बसेका आरोही र पदयात्राका लागि पुगेका पर्यटकलाई खानेपानीको सुविधा र सञ्चार सेवा नहुँदा समस्या भएको मौरिस हर्जोग टे«क व्यवस्थापन […]
म्याग्दीका उदाहरणीय लाहुरेको जीवनकथा ‘लाहुरेको सङ्घर्ष’ सार्बजनिक
विकल्प न्यूज/बेनी जेठ १६ गते । म्याग्दी जिल्लाको करबाकेली क्षेत्रका सामाजिक अभियन्ता चाम बहादुर पुनको जीवनकथामा आधारिति पुस्तक ‘लाहुरेको सङ्घर्ष, करबाकेलीको सेवामा दुई दशक’माथि काठमाडौंमा विमर्श गरिएको छ। कन्सेप्ट नेपालले आइतबार आयोजना गरेको कार्यक्रममा पूर्व गोर्खा सैनिक पुनको सत्कर्मले सबैलाई मातृभूमिको सेवामा लाग्न प्रेरणा दिने टिप्पणी गरियो। पत्रकारद्वय शेखर खरेल तथा भोजराज न्यौपाने, सञ्चारकर्मी रीता […]
यसरी निर्माण भइरहेको छ नारच्याङमा निलगिरि जलविद्युत आयोजना(फोटो सहित)
ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ १४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणधीन निलगिरि जलविद्युत आयोजनाको करिब ८० प्रतिशत निर्माण सम्पन्न भएको छ । निलगिरि खोला हाइड्रोपावरले चारवर्ष अघि एकैसाथ ३८ मेगावाटको निलगिरि पहिलो र ७१ मेगावाट को निलगिरि दोस्रो गरी एकसय ९ मेगावाट क्षमताको निलगिरि जलविद्युत आयोजना निर्माण थालेको थियो । निजी क्षेत्रको लगानीबाट निर्माण […]
गुडमर्निङ अन्नपूर्ण (फोटोफिचर)
ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज जेठ १२ गते । चारैतिर सेताम्मे हिमश्रृङ्खलाको लहर । विहानै उठ्ने वित्तिकै हिमालको चुचुरोमा सूर्यको किरण । आँखै अगाडी उभिएजस्तै देखिने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल । यहाँ पुग्दा अनुभूति हुन्छ प्रकृतिले दिएको स्वर्गको एक टुक्रा । यहाँको प्राकृतिक सुन्दरताले लामो यात्राको थकानलाई बिर्साइदिन्छ । पर्यटकहरु सुन्दरता सँग रमाउन […]
नारच्याङको फुतफुते झरनामा पुग्दा (फोटोफिचर)
ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ १० गते । निलो रङ देखिने सफा पानी । पहाडको खोचमा आकर्षक झरना । वरीपरी सेताम्मे हिमाल । मौरिस हर्जोग पदमार्गमा पर्ने यो झरनाले पर्यटकलाई लोभ्याउने गर्दछ । यो झरना म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ हुँदै अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जाने मौरिस हर्जोग पदमार्गमा पर्दछ । झरनाको सुन्दरतामा पर्यटकहरु रमाउने […]
नारच्याङले दावी ग¥योे रोयल्टीको पचास प्रतिशत
ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ ९ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङका स्थानीयहरुले प्राकृतिक स्रोतको रोयल्टी वापत पालिकालाई प्राप्त हुने रकमको पचास प्रतिशत पाउनुपर्ने माग गरेका छन् । जलविद्युत आयोजनाको हबका रुपमा चिनिएको अन्नपूर्ण गाउँपालिकाले यस वर्ष प्राकृतिक स्रोत परिचालन वापतको रोयल्टी आठ करोड ७८ हजार रुपियाँ पाउने भएको छ । त्यसमध्य ७३ लाख रुपियाँ गाउँपालिकालाइ […]
अन्नपूर्ण आधार शिविरमा सुन्दर ताल (फोटोफिचर)
ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ ८ गते । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ स्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधारशिविरमा रहेको सुन्दर हिमताल पर्यटकीय गन्तब्यका रुपमा विकास हुनथालेको छ । यो ताल अन्नपूर्ण र निलगिरि हिमालको काखमा पर्दछ । समुन्द्री सतह देखि ४ हजार ५० मिटरको उचाईमा रहेको तालको एककिलोमिटर लम्बाई र दुईसय मिटर […]
अन्नपूर्ण आधारशिविरमा दौड प्रतियोगिता (फोटोसहित)
ठाकुरप्रसाद आचार्य/बेनी जेठ ७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधारशिविरमा दौड प्रतियोगिता गरिएको छ । अन्नपूर्ण गाउँपालिकाले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन शनिबार चारहजार एकसय ९० मिटर उचाईमा रहेको आधारशिविरमा दौड प्रतियोगिताको आयोजना गरेको हो । आधारशिविरको पर्यटकीय सम्भाव्यताको खोजी र स्वदेश तथा विदेशमा प्रचारप्रसार […]
अवरुद्ध बेनी–जोमसोम सडक खुलाउने प्रयास
विकल्प न्यूज/बेनी जेठ ७ गते । हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एक मात्र सडक मार्ग बेनी–जोमसोम सडक खण्ड शनिबार राति परेको अविरल वर्षाले अवरुद्ध भएको छ । अविरल वर्षापछि आएको बाढीले अन्नपूर्ण गाउँपालिका–३ दानाको गुइठे भीर, अन्नपूर्ण गाउँपालिका–२ तातोपानी र भुरुङ खोलामा अवरुद्ध भएको हो । बेनी जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर एवम् […]
मौरिस हर्गोज पदमार्गको प्रर्वद्धन टोली अन्नपूर्ण आधार शिविर प्रस्थान
जेठ ४ गते । अन्नपूर्ण । म्याग्दी स्थित अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोही मौरिस हर्गोजको नाममा पहिचान गरिएको पदमार्ग प्रर्वद्धन थालिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ मा रहेको यो हिमाल आठ हजार ९१ मिटर अग्लो छ । नारच्याङ देखि अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने पदमार्गको प्रर्वद्धनका लागि जनप्रतिनिधि, कर्मचारी, पर्यटनकर्मी र पत्रकारहरुको […]
पर्यटकीय गन्तब्य बन्दै प्यारी बाराही ताल
विकल्प न्यूज/बेनी जेठ २ गते । अन्नपूर्ण गाउँपालिका ७ स्थित प्यारी बाराही ताल पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको छ । पर्यटकीय स्थल घोडेपानी देखि ताल सम्म साइकल र घोडा मार्ग निर्माण गरेपछि पर्यटकको आकर्षण बढेको हो । पर्यटकलाई थप आकर्षीत गर्न घोडेपानी–प्यारीबाराही ताल हुँदै ठूलाखर्क देखि पर्यटकीय स्थल मोहोरे डाँडा जान गुराँस पदमार्गको परिकल्पना […]
बेगखोलामा पक्की पुल निर्माण तीव्र
ठाकुरप्रसाद आचार्य/बेनी जेठ २ गते । ठेकेदारको लापरबाही र ढिलासुस्तीका कारण अलपत्र परेका कतिपय योजनाहरु छन् । म्याग्दीमा पनि ठूला योजनाहरु यसैको सिकार भएका छन् । तर कतिपय योजनाहरु भने ठेकेदारले सम्झौता मिति अगावै निर्माण सक्नेगरी धमाधम काम भइरहेका छन् । म्याग्दीमा निर्माणधिन एउटा पुल सम्झौता मिति भन्दा ६ महिना पहिलानै सक्ने गरी निर्माणको काम […]
१७ वर्षपछि कालिगण्डकी गर्ज निर्माण प्रक्रिया सुरु
ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ २ गते । सर्वे भएको १७ वर्षपछि १८० मेगावाट क्षमताको कालिगण्डकी गर्ज जलविद्युत आयोजना निर्माणको प्रक्रिया सुरु भएको छ । यो आयोजना म्याग्दीको अहिले सम्मको सवै भन्दा ठूलो आयोजना हुने छ । मुस्ताङ र म्याग्दी जिल्लामा आयोजनाको संरचना बनाउने गरी २०६३ सालमा कालिगण्डकी गर्जको सर्वे गरिएको थियो । ठूलो आयोजना भएकाले […]