गुडमर्निङ अन्नपूर्ण (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
जेठ १२ गते ।

चारैतिर सेताम्मे हिमश्रृङ्खलाको लहर । विहानै उठ्ने वित्तिकै हिमालको चुचुरोमा सूर्यको किरण । आँखै अगाडी उभिएजस्तै देखिने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल । यहाँ पुग्दा अनुभूति हुन्छ प्रकृतिले दिएको स्वर्गको एक टुक्रा । यहाँको प्राकृतिक सुन्दरताले लामो यात्राको थकानलाई बिर्साइदिन्छ । पर्यटकहरु सुन्दरता सँग रमाउन थाल्छन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ स्थित चार हजार एकसय ९० मिटरको उचाईमा रहेको आधार शिविरबाट देखिने हिमश्रृङ्खलाको दृश्यले मनै लोभ्याउछ । जति माथि पुग्यो उती आनन्द महशुस हुन्छ । चार हजार तिनसय ५ मिटरको उचाई सम्म पुगेर सजिलै अन्नपूर्ण सँग रमाउन सकिन्छ । मौरिस हर्जोग पदमार्गको करिब ८ घण्टा पैदल यात्रा पछि अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर स्थित ४ हजार ५० मिटरको उचाईमा पुग्न सकिन्छ । यहाँ सुन्दर हिमताल पनि छ ।

यहाँदेखि एक घण्टाको यात्रापछि चार हजार एकसय ९० मिटर उचाईमा रहेको अन्नपूर्णको आधार शिविर पुग्न सकिन्छ । यहाँबाट अन्नपूर्ण र निलगिरि हिमाललाई आखै अगाडी देख्न सकिन्छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ देखि २२ किलोमिटर कच्ची सडकको यात्रा पछि हुमखोलमा पुग्न सकिन्छ । यहाँबाट मौरिस हर्जोग पदमार्ग सुरु हुन्छ । करिब ८ घण्टाको यात्रापछि आधार शिविर स्थित पञ्चकुण्डमा पुग्न सकिन्छ । यो मिस्त्री खोलाको उद्यमस्थल पनि हो ।
ह्ेरौं तस्विरहरु ः