ताजा समाचार:
Search

पत्रकार महासंघ म्याग्दीका संस्थापक अध्यक्ष खड्कालाई मातृशोक

विकल्प न्यूज/बेनी
असार १ गते ।


पत्रकार महासंघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्कालाई मातृशोक परेको छ । खड्काकी ७२ वर्षीया आमा गुमा खड्काको शुक्रबार उपचारको क्रममा बेनी अस्तालमा निधन भएको हो ।

गुमा जेठ ३० गते अन्नपूर्ण गाउँपालिका– ६ घारस्थित घरको आँगनमा लडेर गम्भीर घाईते हुनुभएको थियो । पोखरामा उपचार हुन नसकेपछि बिहीबार उहाँलाई फिर्ता गरेको थियो । बेनी अस्पतालमा उपचारमा क्रममा शुक्रबार विहान निघन भएको थियो । २ छोरा र ४ छोरीको आमा रहनुभएकी खड्काको जन्म २००८ असार १७ गते भएको थियो ।

कान्तिपुर दैनिक र पुनहिल डटकममा आवद्ध पत्रकार खड्कालाई परेको मातृशोकमा नेपाल पत्रकार महासंघ म्याग्दीले दुख ब्यक्त गरेको छ ।

ADV