ताजा समाचार:
Search

बेनी–जोमसोम सडक अवरुद्ध

ठाकुरप्रसाद आचार्य\म्याग्दी
जेठ ३१ गते ।

बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ । कालिगण्डकी करिडोर सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीमा रहेको कल्भर्ट पुल मंगलबार साँझ आएको बाढीले बगाउँदा सडक अवरुद्ध भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

सडक अवरुद्ध हुँदा मुस्ताङ जाने र मुस्ताङबाट फर्किने सवारीसाधानहरु तातोपानीमा रोकिएका छन् । यसअघि जेठ ६ गते रातीको बाढीले भुरुङ तातोपानीमा रहेको ३ मिटर कल्भर्ट पुल भत्काएको थियो ।

ADV

पुल भत्काएपछि अस्थायी रुपमा खोला वारपार गर्ने संरचना बनाइएको थियो । आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बुधवार विहानै देखि सडक खुलाउने प्रयास भइरहेको बताउनुभयो । खोल्सामा आएको वाढीले कल्भर्टको संरचना पुरै बाढीले बगाएका कारण सडक खुलाउन दुईचार घण्टा लाग्ने उहाँले बताउनुभयो ।