अन्नपुर्ण गाउँपालिका

नारच्याङले दावी ग¥योे रोयल्टीको पचास प्रतिशत

ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ ९ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङका स्थानीयहरुले प्राकृतिक स्रोतको रोयल्टी वापत पालिकालाई प्राप्त हुने रकमको पचास प्रतिशत पाउनुपर्ने माग गरेका छन् । जलविद्युत आयोजनाको हबका रुपमा चिनिएको अन्नपूर्ण गाउँपालिकाले यस वर्ष प्राकृतिक स्रोत परिचालन वापतको रोयल्टी आठ करोड ७८ हजार रुपियाँ पाउने भएको छ । त्यसमध्य ७३ लाख रुपियाँ गाउँपालिकालाइ […]

अन्नपूर्ण आधार शिविरमा सुन्दर ताल (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ ८ गते । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ स्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधारशिविरमा रहेको सुन्दर हिमताल पर्यटकीय गन्तब्यका रुपमा विकास हुनथालेको छ । यो ताल अन्नपूर्ण र निलगिरि हिमालको काखमा पर्दछ । समुन्द्री सतह देखि ४ हजार ५० मिटरको उचाईमा रहेको तालको एककिलोमिटर लम्बाई र दुईसय मिटर […]

अन्नपूर्ण आधारशिविरमा दौड प्रतियोगिता (फोटोसहित)

ठाकुरप्रसाद आचार्य/बेनी जेठ ७ गते ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधारशिविरमा दौड प्रतियोगिता गरिएको छ । अन्नपूर्ण गाउँपालिकाले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन शनिबार चारहजार एकसय ९० मिटर उचाईमा रहेको आधारशिविरमा दौड प्रतियोगिताको आयोजना गरेको हो । आधारशिविरको पर्यटकीय सम्भाव्यताको खोजी र स्वदेश तथा विदेशमा प्रचारप्रसार […]

अवरुद्ध बेनी–जोमसोम सडक खुलाउने प्रयास

 विकल्प न्यूज/बेनी जेठ ७ गते ।   हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एक मात्र सडक मार्ग बेनी–जोमसोम सडक खण्ड शनिबार राति परेको अविरल वर्षाले अवरुद्ध भएको छ । अविरल वर्षापछि आएको बाढीले अन्नपूर्ण गाउँपालिका–३ दानाको गुइठे भीर, अन्नपूर्ण गाउँपालिका–२ तातोपानी र भुरुङ खोलामा अवरुद्ध भएको हो । बेनी जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर एवम् […]

मौरिस हर्गोज पदमार्गको प्रर्वद्धन टोली अन्नपूर्ण आधार शिविर प्रस्थान

जेठ ४ गते । अन्नपूर्ण । म्याग्दी स्थित अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोही मौरिस हर्गोजको नाममा पहिचान गरिएको पदमार्ग प्रर्वद्धन थालिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ मा रहेको यो हिमाल आठ हजार ९१ मिटर अग्लो छ । नारच्याङ देखि अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने पदमार्गको प्रर्वद्धनका लागि जनप्रतिनिधि, कर्मचारी, पर्यटनकर्मी र पत्रकारहरुको […]

पर्यटकीय गन्तब्य बन्दै प्यारी बाराही ताल

विकल्प न्यूज/बेनी जेठ २ गते । अन्नपूर्ण गाउँपालिका ७ स्थित प्यारी बाराही ताल पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको छ । पर्यटकीय स्थल घोडेपानी देखि ताल सम्म साइकल र घोडा मार्ग निर्माण गरेपछि पर्यटकको आकर्षण बढेको हो । पर्यटकलाई थप आकर्षीत गर्न घोडेपानी–प्यारीबाराही ताल हुँदै ठूलाखर्क देखि पर्यटकीय स्थल मोहोरे डाँडा जान गुराँस पदमार्गको परिकल्पना […]

बेगखोलामा पक्की पुल निर्माण तीव्र

ठाकुरप्रसाद आचार्य/बेनी जेठ २ गते । ठेकेदारको लापरबाही र ढिलासुस्तीका कारण अलपत्र परेका कतिपय योजनाहरु छन् । म्याग्दीमा पनि ठूला योजनाहरु यसैको सिकार भएका छन् । तर कतिपय योजनाहरु भने ठेकेदारले सम्झौता मिति अगावै निर्माण सक्नेगरी धमाधम काम भइरहेका छन् । म्याग्दीमा निर्माणधिन एउटा पुल सम्झौता मिति भन्दा ६ महिना पहिलानै सक्ने गरी निर्माणको काम […]

१७ वर्षपछि कालिगण्डकी गर्ज निर्माण प्रक्रिया सुरु

ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ २ गते ।   सर्वे भएको १७ वर्षपछि १८० मेगावाट क्षमताको कालिगण्डकी गर्ज जलविद्युत आयोजना निर्माणको प्रक्रिया सुरु भएको छ । यो आयोजना म्याग्दीको अहिले सम्मको सवै भन्दा ठूलो आयोजना हुने छ । मुस्ताङ र म्याग्दी जिल्लामा आयोजनाको संरचना बनाउने गरी २०६३ सालमा कालिगण्डकी गर्जको सर्वे गरिएको थियो । ठूलो आयोजना भएकाले […]

वैदेशिक रोजगारी छाडेर स्वदेशमा बाख्रापालन

विकल्प न्यूज/बेनी बैशाख ३१ गते । रोजगारीका खोजीमा दिनानुदिन नेपाली युवा विदेशिएका अवस्थामा अन्नपूर्ण गाउँपालिका वडा नं ६ म्याग्दीका नारायण बरुवाल भने यतिखेर वैदेशिक रोजगारी छोडेर बाख्रापालनमा लागेका छन्। विगतमा वर्षौँदेखि परम्परागत शैलीमा सामान्य बाख्रा तथा भेडापालनमा लागेको बरुवाल परिवार अहिले भने नविनतम शैलि र प्रविधिलाई पछ्याउँदै आधुनिक बाख्रापालनमा लागेका हुन्। उमेरले ३० वर्ष पुगेका […]

स्थानीय सरकारले अपनत्व नलिँदा अन्नपूर्ण रिङरोड अलपत्र

विकल्प न्यूज/बेनी बैशाख २५ गते । स्थानीय सरकारले अपनत्व नलिँदा अन्नपूर्ण रिङरोड योजना अलपत्र परेको छ । तत्कालिन जिल्ला विकास समिति म्याग्दीले अघि सारेको उक्त योजना स्थानीय सरकारको वेवास्ताका कारण अलपत्र परेको हो । अन्नपूर्ण गाउँपालिकाका माथिल्लो वस्तीलाई सडक संजालसँग जोड्ने गरि परिकल्पना गरिएको रिङरोड अलपत्र परेको छ । संघीयता कार्यान्वनय सँगै स्थानीय तहको वेवास्ता […]

रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर पर्यटकको मृत्यु

विकल्प न्यूज/बेनी बैशाख २३ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ स्थित रुप्से झरनामा अवलोकन गर्ने क्रममा चिप्लिएर शनिबार विहान एकजना पर्यटकको ज्यान गएको छ । बेनी जोमसोम सडक अन्तर्गत पर्ने पर्यटकीय स्थल रुप्से झरनाको अवलोकन गर्न पुग्नुभएका काठमाण्डौंको बुढानिलकण्ठ नगरपालिका १ चपली बस्ने ५६ वर्षीय केशब भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको […]

दुर्गमको गोठमै रमाएका नन्दप्रसाद

म्याग्दी,  वैशाख २३ गते ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको ६, ७ र ८ नम्बर वडाको सिमानामा पर्ने तिनपोखरी चारैतिर घना गुराँसको जङ्गलले घेरिएको छ । समुद्री सतहदेखि तीन हजार मिटर उचाइमा अवस्थित बस्तीदेखि टाढाको जङ्गलको बीचमा खाली जग्गा (खर्क) छ । यही खर्कमा गोठालो बसेर अन्नपूर्ण–८ राम्चेका नन्दप्रसाद पुनले आधा जीवन बिताउनुभएको छ । “यहाँ भैँसी […]

भुरुङमा भूमे थानको उद्घाटन

विकल्प न्यूज/बेनी बैशाख २० गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– २ भुरुङतातोपानीमा भूमे थानको उद्घाटन गरिएको छ । प्रकृतिलाई खुशी बनाउने भूमे पुजाको अवसरमा गाउँहरुले मिलेर पुनर्निर्माण गरिएको थानको उद्घाटन गरिएको हो । स्वदेश तथा विदेशमा रहेका भुरुङबासीको सक्रियतामा गाउँको शिरमा रहेको थानको पुर्वाधार निर्माण गरिएको थियो । अन्नपूर्ण गाउँपालिका अध्यक्ष भरत पुनका प्रमुख आतिथ्यतामा भूमे […]

एक आरोहीको मृत्यु, एकको जीवितै उद्धार

म्याग्दी, वैशाख ५  गते । म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक जनाको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार एक जना बेपत्ता छन् भने अर्का एक जनाको जीवितै उद्धार गरिएको छ । काठमाडौंको पायोनिर ट्रेकिङ कम्पनीमार्फत अन्नपूर्ण आरोहणमा जानुभएकी भारतीय आरोही बलजित कौरको सात हजार पाँच सय मिटर उचाइबाट कैलाश एयरको हेलिकप्टरमार्फत आज दिउँसो उद्धार […]

तीन वर्षपछि चिनियाँ पर्यटक घोडेपानीमा

म्याग्दी, वैशाख  ४ गते । म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा तीन वर्षपछि चिनिया पर्यटक भित्रिएका छन् । वि.सं २०७६ चैतमा कोरोना भाइरसको महामारी फैलिएपछि रोकिएको चिनिया पर्यटक आगमन तीन वर्षपछि सुचारु भएको हो । नेपाल विग माउन्टेन ट्राभल्समार्फत कास्कीको तिखेढुङ्गा हुँदै आइतबार घोडेपानीमा चिनियाँ पर्यटक आएका घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले बताउनुभयो । पर्यटकलाई घोडेपानीमा […]