अन्नपुर्ण गाउँपालिका
घारका आगोलागी पीडितलाई कोरियाबाट ४५ हजार सहयोग
सुरेन गुरुङ/विकल्प न्यूज माघ १९ गते । अन्नपूर्ण गाउँपालिका ६ घारका आगोलागी पीडित भुपेन्द्र बहादुर खड्कालाई कोरियाबाट आर्थिक सहयोग प्राप्त भएको छ । मातृभूमि सेवा समाज कोरिया शाखाले ४५ हजार रुपियाँ सहयोग गरेको हो । मातृभूमी सेवा समाजका सहसचिव खिम खड्काको पहलमा उक्त रकम संकलन भएको थियो । उक्त सहयोग गाउँपालिकाका अध्यक्ष क्या डमबहादुर गर्बुजा पुनले […]
हिस्तानको औलामा पशुपंक्षि पालन तालिम सम्पन्न
विकल्प न्यूज/बेनी माघ १९ गते । अन्नपूर्ण गाउँपालिका ७ हिस्तानको औलामा शनिबार दुई दिने पशु पंक्षीपालन सम्बन्धि स्थलगत तालिम सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखा पोखरेबगरले आयोजना गरेको तालिममा हिस्तानको औला, दोसल्ले, रिमा, टिकोट, घराम्दी र महभिरका २५ जना कृषकहरुको सहभागिता रहेको थियो । वडा सदस्य टिका घतानेको अध्यक्षतामा सञ्चालन भएको तालिममा […]
अन्नपूर्णमा सम्पति तथा भूमिकर सम्बन्धि प्रशिक्षण
विकल्प न्यूज/बेनी माघ १८ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा शुक्रबारदेखि सम्पति तथा भुमिकर सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । अन्नपूर्ण गाउँपालिका र नगर विकास प्रशिक्षण केन्द्रले आयोजना गरेको तीन दिनसम्म सञ्चालत हुने कार्यक्रमको गाउँपालिका अध्यक्ष क्याटेन डमबहादुर पुनले उद्घाटन गर्नुभएको थियो । गाउँपालिकाका अध्यक्ष पुनको अध्यक्षता, सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्यको सञ्चालन […]
पोखरेबगरमा आधारभूत पत्रकारिता तालिम सुरु
विकल्प न्युज / पाेखरेबगर पोखरेबगर १६ माघ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा बुधबारदेखि आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको सहयोग, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको समन्वय र म्याग्दी मिडिया सोसाईटीको आयोजनामा सुरु भएको तालिम दुई दिनसम्म सञ्चालन हुने जनाइएको छ । वडा स्तरमा पत्रकारिताको पहुँच विस्तार गरि स्थानीय गतिबिधि सञ्चार माध्यम समक्ष […]
युवा व्यवसायी बरुवालद्धारा आगलागी पीडितलाई सहयोग
विकल्प न्यूज /बेनी माघ १४ गते । बेनीका होटल ब्यवसायी सागर बरुवालले अन्नपूर्ण गाउँपालिका ६ घारका आगोलागी पीडित भुपेन्द्रबहादुर खड्कालाई राहत सामग्री सहयोग गरेका छन् । घार घर भई बेनीको गणेशटोलमा शिखर होटल सञ्चालन गर्दै आएका बरुवालले आगोलागी पिडित खड्काको परिवारलाई व्यक्तिगत रुपमा सिरक, डसना, एक बोरा चाम, म्याट्रेस, प्रेसर कुकुर लगायत सामग्री सहयोग गर्नुभएको हो […]
अन्नपूर्णमा गाउँपालिका भवनका लागि निशुल्क जग्गा
विकल्प न्यूज/बेनी माघ १० गते । म्याग्दीको उत्तरी स्थित अन्नपूर्ण गाउँपालिकाको कार्यालय भवन निर्माणका लागि स्थानीयहरुले निशुल्क जग्गा उपलब्ध गराएका छन् । गाउँपालिका केन्द्र पोखरेबगरका स्थानीयवासीहरुले गाउँपालिकाको भवनका लागि ४ रोपनी आठ अना जग्गा निशुल्क उपलब्ध गराएका हुन । स्थानीयवासीले उपलब्ध गराएको जग्गाको मुल्य स्थानीय बजार भाउअनुसार एक करोड अनुमान गरिएको गाउँपालिकाका प्रवक्ता कृष्णप्रसाद बरुवालले बताउनुभयो […]
दिवंगत अभिभावकको स्मृतिमा छात्रवृति प्रदान
विकल्प न्युज /बेनी माघ ५ गते । अन्नपूर्ण गाउँपालिका ३ दानाका एक परिवारले दिवंगत अभिभावको स्मृतिमा स्थानीय ज्ञानप्रकाश माविका विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्नुभएको छ । स्व गंगाप्रसाद र दुर्गाकुमारी स्मृतिमा कृष्ण र कबिन तुलाचनद्धारा स्थापित कोषबाट एसइइ र दश जोड दुई तहमा सर्वोकृष्ट अंक हासिल गर्ने तीन जना र गरिब जेहेन्दार दुई जनालाई कूल […]
संस्कृति संरक्षणमा जुट्दै दानाबासी
विकल्प न्यूज/बेनी माघ ५ गते । अन्नपूर्ण गाउँपालिका ३ दानाका ६४ वर्षीय मनबहादुर पाइजा विगत २० वर्ष देखि यता संस्कृति संरक्षणमा जुट्नुभएको छ । जनजाति समुदायको कला संस्कृतिलाई संरक्षण गर्ने अभियानमा उहाँ निरन्तर रुपमा लाग्नुभएको छ । यस्तै दानाका ६८ वर्षीय कर्णबहादुर गुरुङलाई पछिल्लो समय पुरानो कलासंस्कृति लोपहुुन थालेकोप्रति चिन्ता छ । संस्कृति र परम्परालाई […]
मिस्त्रीखोला जलविद्युत आयोजनाको जथाभावी
विकल्प न्यूज/बेनी पुस ३० गते । यहाँ निर्माणाधीन जलविद्युत् आयोजनाले वातावरण संरक्षणका प्रावधान मिच्दै काम गरिरहेको पाइएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत् आयोजनाको निर्माणकर्ता समूहले यस्तो गरेको हो । आयोजनालाई निर्माण सामग्री उपलब्ध गराउन ठेकेदार कम्पनी हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सनले सञ्चालन गरेको क्रसरले वैधानिक प्रक्रियाविपरीत नदीजन्य पदार्थको लापरवाहीपूर्वक उत्खनन गरेको, आयोजनाबाहेकका अन्य क्षेत्रमा […]
मगर विद्यार्थी संघ म्याग्दी इकाई प्रकाश माविको अध्यक्षमा बुढाथोकी
साधन राम्जाली मगर/विकल्प न्युज बेनी, आईतबार पौष २९ गते । नेपाल मगर विद्यार्थि संघ जिल्ला कार्य समिति म्याग्दी शाखाले विधालय स्तरिय इकाई संगठन बिस्तार सुरु गरेको छ । आइतबार सदरमुकाम बेनीमा रहेको प्रकाश माविमा इकाई समिति गठन गरि संगठन बिस्तारको कामलाई सुरु गरेको हो । आइतबार प्रकाश माविमा भएको इकाई शाखाको अध्यक्षमा सन्देश बुढाथोकी मगर […]
उपाधी जितेपछी नारच्याङवासीले मनाए खुसियाली (फोटो)
विकल्प न्यूज/बेनी पुस २७ गते । अन्नपूर्ण गाउँपालिकामा आयोजना गरिएको प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी प्रभा मावि नारच्याङले जितेको छ । शुक्रवार सम्पन्न प्रतियोगितामा मंगलबारदेखि सुरु भएको प्रतियोगितामा १० वटा विद्यालयले सहभागिता जनाएका थिए । बिजेता खेलाडी तथा विद्यालयलाई जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, प्रतियोगिताका संयोजक तथा कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक ओमप्रकाश फगामी, […]
अन्नपूर्णको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी प्रभा माविले जित्यो
सन्तोष गौतम/विकल्प न्यूज बेनी २७ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालिको आयोजनामा ३ दाना स्थित ज्ञानप्रकाश माविमा शुक्रबार सम्पन्न अन्तर माध्यमिक छात्र/छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७५को उपाधि नारच्याङको प्रभा माविले जितेको छ । भलिबल, एथलेटिक्स र कपर्दीको ३० वटा खेलमा २१७ अंक जोडेर प्रभा माविले राष्ट्रपनि रनिङ शिल्ड, कप र मेडल सहित नगद पचास […]
प्रभा माविका शिक्षकद्धारा जन्मदिनका अवसरमा विद्यार्थीलाई सहयोग
विकल्प न्यूज/बेनी पुस २५ गते । म्याग्दीको अन्नपूर्णगाउँपालिका ४ नारच्याङको प्रभा माध्यमिक विद्यालयमा कार्यरत एक शिक्षकले आफ्नो जन्मदिनका अवसरमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गर्नुभएको छ । भरतपुर महानगरपालिका १३ चितवन स्थायी घर भई हाल प्रभा माविमा गणित विषयका शिक्षक लोकनाथ बरालले जन्मदिनका अवसरमा विद्यालयमा अध्ययनरत ७ जना विद्यार्थीहरुलाई लत्ताकपडा र कापीकलम वितरण गर्नुभएको हो […]
पन्ध्रसय मिटरको दौडमा प्रभा मावि विजेता
विकल्प न्यूज/बेनी पुस २४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना स्थित ज्ञानप्रकाश माविमा मंगलबारदेखि सुरु भएको अन्तर माध्यमिक छात्र/छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको पहिलो दिन पन्ध्रसय मिटर छात्रा तर्फको दौडमा प्रभा मावि नारच्याङ पहिलो भएको छ । किस्मा तिलिजाले पहिलो स्थान,शिख माविकी रेखा पुर्जा दोस्रो र प्रभा माविकै सुस्मीता तिलिजाले तेस्रो स्थान हासिल गरेका […]
अन्नपूर्णमा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता (फोटोफिचर)
विकल्प न्यूज/बेनी पुस २४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना स्थित ज्ञानप्रकाश माविमा मंगलबारदेखि अन्तर माध्यमिक छात्र/छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७५ सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा सुरु भएको प्रतियोगितामा गाउँपालिकाभित्र रहेका विभिन्न १० वटा माध्यमिक विद्यालयले सहभागीता जनाएका छन् । प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले प्रतियोगिताले […]