घारका आगोलागी पीडितलाई कोरियाबाट ४५ हजार सहयोग

सुरेन गुरुङ/विकल्प न्यूज
माघ १९ गते ।  अन्नपूर्ण गाउँपालिका ६ घारका आगोलागी पीडित भुपेन्द्र बहादुर खड्कालाई कोरियाबाट आर्थिक सहयोग प्राप्त भएको छ । मातृभूमि सेवा समाज कोरिया शाखाले ४५ हजार रुपियाँ सहयोग गरेको हो । मातृभूमी सेवा समाजका सहसचिव खिम खड्काको पहलमा उक्त रकम संकलन भएको थियो ।

उक्त सहयोग गाउँपालिकाका अध्यक्ष क्या डमबहादुर गर्बुजा पुनले पीडित परिवारलाई शनिवार घरमै पुगेर हस्तान्तरण गर्नुभएको छ । आगोलागी लगत्तै मातृभूमी सेवा समाजका अध्यक्ष बद्री बरुवालले समाजले राहत स्वरुप ७ हजार २ सय ११ आर्थिक सहयोगको घोषणा गर्नुभएको थियो ।

माघ ११ गते शुक्रबार दिउँसो ३ बजे तिर विद्युत सर्ट भई आगोलागी हुँदा एक्सीलेन्ट भ्यु लज एण्ड रेष्टुरेन्ट सञ्चालन गरिएको एक तले पाँच कोठे घर पूर्ण रुपमा जलेर हुँदा करिव २० लाख रुपियाँ बराबरको क्षति भएको थियो ।