नेपाल रेडक्रस सोसाइटी शिख उपशाखाद्वारा राहत वितरण

सेते तिलिजा पुन/विकल्प न्यूज
माघ २६ गते । नेपाल रेडक्रस सोसाइटी शिख उपशाखाले अन्नपूर्ण गाउँपालिका ६ घारका आगलागी पीडित भुपेन्द्र खड्काको परिवारलाई राहत वितरण गरेको छ सोसाइटीले शुक्रवार पीडितको घरमा पुगेर त्रिपाल, लत्ताकपडा र भाँडाकुडाह? वितरण गरेको हो । यहि माघ १० गते विद्युत सर्ट भई घरमा आगो लागि हुँदा घर जलेर पुरै ध्वस्त भएको थियो ।
उपशाखाका सभापति दिनेश कुमार पुन, सचिव सेते तिलिजा पुन र कोषाध्यक्ष बेगबहादुर पुनको उपस्थिति पीडित खड्का परिवारलाई राहत वितरण गरिएको थियो ।