अन्नपूर्णमा सम्पति तथा भूमिकर सम्बन्धि प्रशिक्षण

विकल्प न्यूज/बेनी
माघ १८ गते ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा शुक्रबारदेखि सम्पति तथा भुमिकर सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । अन्नपूर्ण गाउँपालिका र नगर विकास प्रशिक्षण केन्द्रले आयोजना गरेको तीन दिनसम्म सञ्चालत हुने कार्यक्रमको गाउँपालिका अध्यक्ष क्याटेन डमबहादुर पुनले उद्घाटन गर्नुभएको थियो ।

गाउँपालिकाका अध्यक्ष पुनको अध्यक्षता, सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्यको सञ्चालन र प्रमुख प्रशासकीय अधिकृत सन्तोष पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा नगर विकास प्रशिक्षण केन्द्र पोखराका प्रतिनिधिहरुले सम्पति तथा भुमिकर सम्बन्धि नीतिगत व्यवस्थाको विषयमा सहजिकरण गर्नुहुने जनाइएको छ ।