शिख देउरालीम पुख्र्यौली नाच प्रदर्शन

सेते तिलिजा पुन / विकल्प न्युज
शिख, फागुन १ गते ।


म्याग्दीको उत्तरी अन्नपुर्ण गाउँपालिका ५ शिखमा मगरहरुको सांस्कृतिक लोक नृत्य पुख्र्यौलि नाच प्रदर्शन गरिएको छ । साविक शिख गाविस वडा नं २ देउरालिमा रहेको शिख पुख्र्यौली समुह द्धारा सो नृत्य प्रदर्शन गरिएको हो । देउराली निवासी महेश पुर्जा छोरा आभास पुर्जाको छेवारका अवसरमा सो नृत्य प्रदर्शन गरिएको समुहका सचिव भेउरानी पाइजा पुन मगरले बताउनुभयो ।


मगरहरुको पुख्र्यौली पहिचानको रुपमा रहेको नाचको जगेर्ना तथा संरक्षण गर्ने उदेश्य सहित नाच प्रदर्शन गरिएको अध्यक्ष टिकराम पुर्जाले बताउनुभयो । खासगरि श्रीपञचमी ,मगर समुदायमा जेठा छोरालाई दिइने पुर्पुराउ तथा छेवारमा पुख्र्यौली नृत्य प्रदर्शन गरिदै आइरहेको छ । कार्यक्रममा कलाकारहरुलाई सम्मान गरिएको थियो ।