म्याग्दी समाचार

ताकममा निर्माणधिन अस्पताल भवन अलपत्र, ठेकेदार फरार

ठाकुरप्रसाद आचार्य/म्याग्दी मङ्सिर २८ गते । यहाँको एक पालिका स्तरीय निर्माणधिन अस्पताल भवन अलपत्र पारेर ठेकेदार सात महिनादेखि गायब भएको छ । धवलागिरि गाउँपालिका स्तरीय ५ शैयाको अस्पताल भवनको ठेक्का लिएको निर्माण कम्पनीले बीचमै काम छाडेपछि भवन निर्माण यतिखेर अलपत्र परेको हो । पटक पटक ताकेता गर्दा पनि ठेकेदारले वेवास्ता गरेको धवलागिरि गाउँपालिकाले जनाएको छ […]

हात भाँचिएकी बालिकाको आर्थिक अभावले उपचारमा समस्या

विकल्प न्यूज\जलजला ७ पर्वत मंसिर २७ गते । पर्वतको जलजला गाउँपालिका ७ धाइरिङ घायेखेतकी एक वालिकाको उपचारमा समस्या भएको छ । गत असोजमा गाउँमा हालेको लठ्ठे पिङको झट्का लागेर कर्ने दमाईको ८ वर्षीय छोरीको हात र खुट्टा भाँचिएको थियो । पोखरामा उपचाररत बालिकाको अप्रेशन गर्नुपर्ने र परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भएको परिवारले […]

मुनामा आयोजित व्यवसाय दर्ता शिविरमा १५ वटा फर्म दर्ता

विकल्प न्यूज/बेनी मंसिर २७ गते । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा आयोजित दुई दिने व्यवसाय दर्ता शिविरमा विभिन्न १५ वटा व्यवसायिक फर्महरु दर्ता भएका छन् । धवलागिरि गाउँपालिका र उद्योग बाणिज्य संघ धवलागिरि इकाई समितिको समन्वयमा पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले सोमबार र मंगलवार गरि दुई दिनसम्म सञ्चालन गरेको शिविरमा उद्योगतर्फ कृषि र होटल गरि ५वटा […]

पाका पुस्तासँग पुख्र्यौली सिक्दै युवा

ठाकुरप्रसाद आचार्य/म्याग्दी मङ्सिर २७ गते । पुख्र्यौली नृत्य मगर समुदायमा लोकप्रिय छ । पुख्र्यौलीलाई उनीहरु पहिचानका रुपमा लिने गर्दछन् । पुर्खाहरुले संरक्षण गरेको कलासंस्कृति र पहिचानलाई जोगाउन युवा पुस्ताले चासो राख्न थालेका छन् । मगर समुदायमा निकै लोकप्रिय र सभ्यताका रुपमा लिइएको पुख्र्यौली नाचलाई जोगाउन पाका पुस्तासँग युवाले सिक्न थालेका छन् । मगर समुदायको परम्परागत […]

म्याग्दीबाट गण्डकी प्रदेश सभामा विमला गौचन समानुपातिक सांसद चयन

विकल्प न्यूज/बेनी मंसिर २५ गते । म्याग्दीबाट गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसकी नेतृ विमला गौचन सांसद चयन हुुनुभएको छ । गौचन जनजातीतर्फको महिला कोटाबाट कांग्रेसले समानुपातिक सांसदका रुपमा शनिबार निर्वाचन आयोगलाई नाम सिफारिस गरेको हो । महिला संघ म्याग्दीकी सभापति समेत रहनुभएकी गौचन सामाजिक कार्यमा पनि सक्रिय हुनुहुन्छ । स्वर्गीय राम गौचनकी धर्मपत्नी विमला राजनीति,सामाजिक सेवाका […]

लिटल गार्डेनद्वारा बालजागृतिका विद्यार्थीलाई न्यानो कपडा

विकल्प न्यूज/बेनी मंसिर २५ गते । सदरमुकाम बेनीमा रहेको लिटल गार्डेन एकेडेमीले बालजागृति आधारभूत विद्यालयका अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको छ । विद्यालयको १९ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस–२०७९ को अवसरमा आइतवार बालजागृति आधारभूतमा अध्ययनरत फरक क्षमता भएका १९ जना विद्याथीहरुलाई १७ हजार रुपैयाँ बराबरको न्यानो कपडा तथा शैक्षिक सामग्री […]

जलविद्युत र पर्यटनका योजनामा म्याग्दीवासीसँग सहकार्य गर्दछौं ः वरिष्ठ उपाध्यक्ष ढकाल

विकल्प न्यूज/बेनी मंसिर २४ गते । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिजय महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले म्याग्दीका उद्योगी व्यवसायीले अघि सार्ने जलविद्युत र पर्यटनका योजनामा सहकार्य गर्ने बताउनुभएको छ । म्याग्दी जलविद्युत र पर्यटन विकासको राम्रो संभावना भएको जिल्ला भएकाले यहाँको स्थानीय तह,निजी क्षेत्र लगायत मिलेर योजना अघि बढाएमा नेपाल उद्योग वाणिज्य महासंघ […]

जेसिज कपको उपाधी शारदा मावि छिस्वाङले जित्यो

विकल्प न्यूज/बेनी मंसिर २४ गते ।         बेनीमा शनिबार सम्पन्न भएको २० औं अन्तर मावि स्तरीय जेसिज कप फुटबल प्रतियोगिताको उपाधी मंगला गाउँपालिका ५ स्थित शारदा मावि छिस्बाङले जितेको छ । बेनीको खुल्ला मञ्चमा भएको फाइनल खेलमा शारदा माविले बेनीको प्रकाश माविलाई १ विरुद्ध २ गोल गर्दै े जेसिज कप फुटबल प्रतियोगिताको २० औं संस्करणको […]

जेसिज कपको फाइनलमा प्रकाश र शारदा मावि भिड्ने

विकल्प न्यूज/बेनी मंसिर २३ गते । बेनीको खुल्ला मञ्चमा जारी २० औं अन्तर मावि स्तरीय जेसिज कप फुटबल प्रतियोगिताको फाइनलमा बेनीको प्रकाश मावि र मंगला गाउँपालिका ५ छिसवाङको शारदा मावि पुगेका छन् । शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा बेनी सामुदायिकलाई ० का विरुद्ध १ गोल गर्दै प्रकाश मावि फाइनलमा प्रवेश गरेको हो । गौमती खत्री […]

मालढुङ्गा–बेनी सडक अलपत्र पारेर कहाँ गयो ठेकेदार ?

ठाकुरप्रसाद आचार्य/म्याग्दी मङ्सिर २३ गते । म्याग्दी र मुस्ताङका लागि मध्यपहाडी लोकमार्ग पोखरा – बागलुङ सडक हुँदै गुडेका सवारीसाधन पर्वतको मालढुङ्गा पुगेर रोकिन्छन् र दाया मोडिन्छन् । फराकिलो र चिल्लो पोखरा – बागलुङ सडक जस्तै होला मालढुङ्गा –बेनी सडक ! यस्तै सोच राखेर अगाडी बढेका सवारीचालक र यात्रु सडकको अवस्था देख्दा अचम्मित मात्र हुँदैनन् सडकको […]

बेनी बजारका पुराना धर्मचौतारी मर्मत अभियान

विकल्प न्यूज/बेनी मंसिर २३ गते । मर्मत सम्भार गरेर चिटिक्क पारिएको बेनी नगरपालिका ७ स्थित बेनीबजारमा रहेको वर्षौ पुरानो चौतारी । तस्विर ठाकुरप्रसाद आचार्य बेनी बजारमा रहेका वर्षौ पुराना धर्म चौतारीको संरक्षण थालिएको छ । बेनी नगरपालिका वडा नम्बर ७ को बजार क्षेत्र भित्र रहेका करिब ७० देखि ८० वर्ष पुराना धर्म चौतारीको मर्मत अभियान […]

पौषको अन्तिम सातादेखि बेनीमा सातौँ म्याग्दी महोत्सव

ठाकुरप्रसाद आचार्य/म्याग्दी मङ्सिर २३ गते । निजी क्षेत्रको छाता संगठन म्याग्दीको उद्योग वाणिज्य संघको आयोजनामा बेनीमा आगमी पौषको अन्तिम सातादेखी सातौं म्याग्दी महोत्सवको अयोजना गरिने भएको छ । जिल्लाको पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनको बजारीकरणका लागि महोत्सव आयोजना गर्न लागिएको हो । कोरोनाका कारण थला परेको आर्थिक क्षेत्रलाई महोत्सवले राहत मिल्ने अपेक्षा आयोजकले राखेका छन् […]

बेनीमा माटोको ढिस्को खसेर एकजनाको मृत्यु

मङ्सिर २१ गते ।   बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसको नयाँ भवन बनाउने क्रममा माटोको ढिस्को खसेर बुधवार विहान एकजनाको मृत्यु भएको छ । भवन निर्माणका लागि जग खन्ने क्रममा नापजाँच गर्न पुग्नुभएका निर्माण व्यवसायी अन्दाजी वर्ष ४५ का कृष्ण बरुवालको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । अन्नपूर्ण गाउँपालिका ६ घार निवासी बरुवालले […]

धवलागिरी गाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरु

विकल्प न्यूज/बेनी मंसिर १९ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरु भएको छ । भवनको सोमबार शिलन्यास गरिएको हो । वडा नम्बर ३ घट्टेखोलामा निर्माण हुन लागेको भवनको सोमबार गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले शिलन्यास गर्नुभयो । भवन निर्माणका लागि गत असार ३ गते प्रतिष्ठा–जुम्ली–माछापुच्छ्रे जेभीले रु। सात करोड ७१ लाख ८९ हजार ६६६ […]

जेसिज कप फुटबल प्रतियोगिताको तयारी पुरा

विकल्प न्यूज/बेनी मंसिर १८ गते । मंसिरको तेस्रो साता देखि बेनीमा सुरु हुने २० औँ सस्करणको जेसिज कप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । आईतवार जेसिज सचिवालयमा पत्रकार सम्मेलनको आयोजना गरि म्याग्दी जेसिजले प्रत्येक बर्ष आयोजना गर्ने अन्तरमावि स्तरीय जेसिज कप फुटबल प्रतियोगिताको सवै तयारी पुरा भएको जनाएको हो । ‘जेसिज कप फुटवल म्याग्दीको […]