ताजा समाचार:
Search

पौषको अन्तिम सातादेखि बेनीमा सातौँ म्याग्दी महोत्सव

ठाकुरप्रसाद आचार्य/म्याग्दी
मङ्सिर २३ गते ।


निजी क्षेत्रको छाता संगठन म्याग्दीको उद्योग वाणिज्य संघको आयोजनामा बेनीमा आगमी पौषको अन्तिम सातादेखी सातौं म्याग्दी महोत्सवको अयोजना गरिने भएको छ । जिल्लाको पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनको बजारीकरणका लागि महोत्सव आयोजना गर्न लागिएको हो । कोरोनाका कारण थला परेको आर्थिक क्षेत्रलाई महोत्सवले राहत मिल्ने अपेक्षा आयोजकले राखेका छन् ।

कोरोना महामारीका कारण दुईवर्ष अघि आयोजना हुने महोत्सव स्थगित भएको थियो । बेनीमा लाग्ने परम्परागत माघेसङ्क्रान्ति मेलालाई जगेर्ना गर्न र संघले प्रत्येक तिन÷तिन वर्षमा जिल्लामा महोत्सव आयोजना गर्दै आएको छ । महोत्सवको वारेमा सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका पदाधिकारीहरुले महोत्सवले जिल्लाको विकासमा नयाँ आयम थप्ने दावी गरे ।

बेनीमा लाग्ने परम्परागत माघे संक्रान्ति पर्वको अवसरमा आगमी पौष २८ देखि माघ ७ गतेसम्म बेनीको खुलामञ्चमा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला २०७९ को आयोजना गर्न लागिएको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका थिए । संघका अध्यक्ष बेलबहादुर कटुवालले स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतीको संरक्षण, पर्यटन प्रवद्र्धन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्र्याउने र ब्यापार प्रर्वद्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताउनुभयो ।

महोत्सवको अवसरमा स्थानीय उत्पादन र राष्ट्रिय आन्तराष्ट्रिय औद्योगिक प्रर्दशनीका साथै लोकदोहोरी, खेलकुद प्रतियोगिता, राष्ट्रिय र स्थानीय कलाकारहरुबाट गीत तथा नृत्य प्रस्तुती, पालिकास्तरीय पुख्र्यौली नाच प्रतियोगीता र झाँकी प्रर्दशनी लगायतका कार्यक्रम आयोजना गरिने महोत्सव मूल समितिले जानकारी दिएको छ ।

महोत्सवमा हेली सयर, कालीगण्डकी नदीमा ¥याफ्टिङ, बालउद्यान, मिनि चिडियाघर, स्थानीय उत्पादनको प्रर्दशनी लगायतको अवलोकनका लागि राखिने आयोजकले बताएका छन् । महोत्सव सफल बनाउन ३९ वटा उपसमिति मार्फत तयारीलाई तिब्रता दिइएको छ ।

महोत्सवलाई सफल बनाउन संघ, जिल्ला समन्वय समिति, ६ वटा स्थानीय तह लगायतको सहकार्य रहने छ । दश दिनसम्म सञ्चालन हुने महोत्सवमा १ करोड २५ लाख आम्दानी र १ करोड रुपियाँ खर्च हुने अनुमान गरिएको छ । महोत्सवमा दुईसय ५८ वटा व्यवसायीक स्टल राखिने भएको छ ।

स्थानीय उत्पादनलाई विक्री र प्रचारप्रसार गर्नका लागि स्थानीय तहको सिफारिसमा निशूल्क स्टलको व्यवस्था गरिएको आयोजकले जनाएका छन् । बेनीमा आयोजना गरिने परम्परागत माघे संक्रान्ति मेलाको जगेर्ना गर्ने र जिल्लाको सम्भावनालाई उजागर गर्न संघले २०६० सालदेखिे महोत्सवको अयोजना गर्दै आएको छ ।