हात भाँचिएकी बालिकाको आर्थिक अभावले उपचारमा समस्या

विकल्प न्यूज\जलजला ७ पर्वत
मंसिर २७ गते ।

पर्वतको जलजला गाउँपालिका ७ धाइरिङ घायेखेतकी एक वालिकाको उपचारमा समस्या भएको छ । गत असोजमा गाउँमा हालेको लठ्ठे पिङको झट्का लागेर कर्ने दमाईको ८ वर्षीय छोरीको हात र खुट्टा भाँचिएको थियो । पोखरामा उपचाररत बालिकाको अप्रेशन गर्नुपर्ने र परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भएको परिवारले जनाएका छन् ।

गण्डकी अस्पताल पोखरामा उपचाररत छोरीको उपचारमा सघाउन वालिकाको बुवा दमाईले अपिल गर्नुभएको छ । ‘मेरो घरको आर्थिक अवस्था कमजोर छ । छोरीको उपचारका लागि पैसा जुटाउन सकिरहेको छैन,अस्पतालले अप्रेशन गर्नुपर्दछ भनेको छ । कहिकतैबाट सहयोग भए कलिली छोरीको हात लाउने थियो नी ।’ दमाईले भन्नुभयो ।

दशैं तिहारमा गाउँमा हालेको पिङ्मा मच्चिएका व्यक्तिले सडकमा हिडिरहेकी छोरीलाई झड्का दिँदा छोरी कविता दर्जीको हात र खुट भाँचिएको दमाईले बताउनुभयो ।

छोरीको देव्रे हात चारठाउँमा र खुट्टा एकठाउँमा भाँचिएको छ वालिकाको दमाईले भन्नुभयो ‘छोरीको उपचार गर्न आर्थिक समस्या छ । ज्याला मजदुरी गरेर घरखर्ची चलाईरहेको छु । छोरीको उपचार गर्दा ऋण खोजेर जुटाएको एकलाख ८० हजार रुपियाँ खर्च भइसकेको छ । मसँग थप उपचारका लागि पैसा छैन । अस्पतालले अप्रेशन गर्नुपर्दछ भनेको छ पैसा जुटाउन सकेको छैन ।’

१० दिनसम्म आइसियूमा राखेर छोरीको उपचार गरे दमाईले भन्नुभयो ‘आर्थिक अभावमा छोरी उपचारबाट बञ्चित हुने अवस्था भयो देश विदेशमा रहेका सवैले सहयोग गरे छोरीको भविष्य विग्रीने थिएन ।’

उपचारमा सहयोग गर्नचाहनुहुने व्यक्तिले कर्ने दमाईको मोवाइल नम्बरमा सम्पर्क गर्नुसक्नुहुनेछ । मोवाइल नम्बर ः ९८४२८५३७०५