विकल्प न्यूज/बेनी
मंसिर २५ गते ।
म्याग्दीबाट गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसकी नेतृ विमला गौचन सांसद चयन हुुनुभएको छ । गौचन जनजातीतर्फको महिला कोटाबाट कांग्रेसले समानुपातिक सांसदका रुपमा शनिबार निर्वाचन आयोगलाई नाम सिफारिस गरेको हो ।
महिला संघ म्याग्दीकी सभापति समेत रहनुभएकी गौचन सामाजिक कार्यमा पनि सक्रिय हुनुहुन्छ । स्वर्गीय राम गौचनकी धर्मपत्नी विमला राजनीति,सामाजिक सेवाका साथै पर्यटन व्यवसायी हुनुुहन्छ । बेनीमा रहेको होटल यतिको प्रोपाइटर समेत हुनुहुन्छ ।
नेकपा एमाले,नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी लगयात अन्य दलहरुबाट प्रदेशसभाको समानुपातिक तर्फ कोही पनि चयन हुनसकेनन् ।