म्याग्दी समाचार
अन्नपूर्ण अध्यक्ष कपको उपाधि शिखले जित्यो
विकल्प न्यूज\बेनी बैशाख २ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधी वडा नम्बर ५ शिखले जितेको छ । घराम्दीमा शुक्रबार सम्पन्न भएको प्रतियोगिताको चार वटा मध्य दुई वटा खेलमा स्वर्ण र एक वटामा रजत पदक जित्दै शिख च्याम्पीयन भएको हो । नव वर्ष २०८० को अवसरमा चैत २७ गतेदेखि सञ्चालन […]
लोक तथा दोहोरीगीत प्रतिष्ठान म्याग्दीको कार्यालय उद्घाटन
विकल्प न्यूज\बेनी बैशाख १ गते । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्लाकार्य समिति म्याग्दीले कार्यालय स्थापना गरेको छ । नयाँवर्ष २०८०को अवसर पारेर प्रतिस्ठानले कार्यालय संचालन गरेको हो । कार्यालयको प्रतिष्ठानका संस्थापक केन्द्रीय सदस्य तथा म्याग्दीका सल्लाहकार धनकुमारी थापाले कार्यालय उद्घाटन गर्नुहुँदै म्याग्दी कलाकारिताको विकासमा संस्थाले काम गर्नुपर्ने बताउनुभयो । जिल्लामा पछिल्ला केही वर्ष […]
बौद्ध युवा क्लवले जित्यो सेभेन ए साइड फुटबल
धु्रवसागर शर्मा \ विकल्प न्यूज म्याग्दी १ वैशाख म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा आयोजना गरिएको रु एक लाख पुरस्कार रासीको प्रथम सेभेन ए साइड खुल्ला फुटबल बौद्ध युवाक्लव बेनी मंगलाघाटले जितेको छ । नयाँ वर्ष २०८० को अवसर पारेर रिभरसाइड बगरफाँट युवाक्लवले आयोजना गरेको उक्त प्रतियोगिताको शुक्रवार (आज) भएको फाइनल खेलमा रिभरसाइड युवा क्लवलाई चारका […]
तिप्ल्याङ बस दुर्घटनाका घाइतेको अवस्था सामान्य
विकल्प न्यूज/बेनी बैशाख १ गते । काठमाण्डौबाट मुस्ताङको जोमसोम तर्फ जाँदै गरेको घोडाघोडी कम्पनीको बा ४ ख ९६७४ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परी घाईते भएका सवै चार जना ट्रेकिङ मजदुरहरुको पहिचान खुलेको छ । काठमाडौंको सिटो समिट कम्पनीबाट अष्ट्रेलियन पर्यटकलाई उपल्लो मुस्ताङ हुँदै थोरङ्लापास गरी बेंसीसहर निक्लन हिँडेका मजदुरहरु सवार बस बेनी–जोमसोम सडकको तिप्ल्याङ खण्ड […]
म्याग्दीको ताकमकोतको आकर्षण बढाउन हनुमानको मूर्ति स्थापना
विकल्प न्यूज/बेनी चैत ३० गते । तस्विर ताकमकोतमा स्थापना गरिएको हनुमानको मुर्ती \माधव सुवेदीको फेसबुकबाट म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा रहेको ऐतिहासिक ताकमकोतमा करिब तीस लाखको लागतमा हनुमानको मूर्ति स्थापना गरिएको छ । धार्मिक पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको ताकमकोतको आकर्षण बढाउन हनुमानको मूर्ति राखिएको हो । धवलागिरी गाउँपालिका–७ ताकमका वडा अध्यक्ष अशोक खत्रीले १२ फिट […]
मतदातालाई धन्यबाद दिन सांसद गर्बुजा गाउँगाउँमा
विकल्प न्यूज/बेनी चैत ३० गते । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले जिल्लाको धवलागिरी गाउँपलिकाका चार वटा वडामा जनभेटघाट गर्नुभएको छ । बुधबार गाउँपालिकाको वडा नम्बर २ लमसुङ, ३ मुना ,४मुदी र ७ ताकमका मतदातालाई धन्यवाद र स्थानीयका समस्या तथा आवश्यक पहिचान गर्ने उद्देश्यले स्थानीयबासीसँग भेटघाट र छलफल गर्नुभएको हो ।चुनाव जितेपछि आफ्नो […]
मोना बेल्जियमद्धारा क्यूकेनहप पार्कको भ्रमण
धु्रवसागर शर्मा,म्याग्दी ३० चैत, वैदेशिक रोजगारीका लागि बेल्जियममा रहेका मोना बेल्जियममा आवद्ध रहेका ८५ जना सदस्यहरुले १० अप्रिल २०२३ मा क्यूकेनहप पार्कको भ्रमण गरेका छन् । विदेशमा रहेर पनि आफ्नो जन्मभूमिमा शिक्षा,स्वास्थ्यको विकास, प्राकृतिक प्रकोप,विपन्न र असहायको लागि आर्थिक सहयोग लगाएत विभिन्न परोपकारी कार्यहरुमा संलग्न रहँदै आएको मोना वेल्जियममा आवद्ध म्याग्देलीहरुले क्यूकेनहप पार्कको भ्रमणबाट एकापसमा […]
बगरफाँटमा एक लाख पुरस्कारको सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु
धु्रवसागर शर्मा/विकल्प न्यूज म्याग्दी २८ चैत म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा मंगलवार (आज)देखि प्रथम सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । नयाँवर्ष २०८० को अवसर पारेर रिभरसाइड बगरफाँट युवा क्लवले आयोजना गरेको उक्त प्रतियोगिता चार दिनसम्म संचालन हुने आयोजक क्लवका अध्यक्ष सुनिल थापाले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख […]
अन्नपूर्णमा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु
ठाकुरप्रसाद आचार्य /म्याग्दी चैत २७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । वडा नम्बर ७ हिस्तानको घराम्दीमा सोमबार देखि पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता र वास्केटबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजा(खम्बिर)ले उद्घाटन गर्नुभयो । प्रतियोगिता आगमी वैशाख १ गते सम्म सञ्चालन हुने […]
विउविजन पसलको अनुगमन
बेनी, २७ चैत । म्याग्दी, बागलुङ र पर्वतका विउविजन पसलको अनुगमन गरिएको छ । बजारबाट किनेको तरकारी र खाद्यबालीको विउ नउम्रिएको र फल नलागेको कृषकहरुको गुनासो बढेपछि कृषि उर्जा तथा जलस्रोत मन्त्रालय, विउविजन प्रयोगशाला र सम्बन्धित जिल्लाको कृषि ज्ञान केन्द्रको टोलीले संयुक्त अनुगमन गरेको हो । पर्वतको कुश्मा र बागलुङका ५\५ वटा विउ पसलको आइतबार […]
जलजलाको नाग्लीबाङ वन क्षेत्रमा भीषण आगलागी
ठाकुरप्रसाद आचार्य/म्याग्दी चैत २६ गते । पर्वतको जलजला गाउँपालिका वडा नम्बर ८ नाग्लीबाङको वन क्षेत्रमा भीषण आगलागी भएको छ । आइतबार दिउसो देखि वन क्षेत्रमा फैलिएको डढेलोले ठूलो रुप लिएको छ । वन क्षेत्रमा फैलिएको डढेलोले मानव वस्तीमा समेत जोखिम बढाएको छ । कुस्मा नगरपालिका १ पाङको वन क्षेत्रबाट सुरु भएको आगलागी नाग्लीवाङको वन क्षेत्रमा […]
म्याग्दीमा नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक आए
ठाकुरप्रसाद आचार्य/म्याग्दी चैत २६ गते । आगामी नयाँ शैक्षिक सत्र २०८० का लागि म्याग्दीमा करिब १४ हजार सेट सरकारी पाठ्यपुस्तक भित्रिएका छन् । जिल्लाका पुस्तक व्यवसायीहरुले सामुहिक रुपमा लगानी गरेर सामुदायिक विद्यालयका कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई आवश्यक पर्ने १३ हजार सातसय सेट पाठ्यपुस्तकहरु ल्याएका हुन । उक्त पुस्तकहरु चैत २८ गते विद्यालयहरुलाई विक्री […]
धौलागिरि आधार शिविरमा हेलिकप्टर आकस्मिक अवतरण
चैत २६ गते । फाइल तस्विर म्याग्दीको धौलागिरि हिमालको आधार शिविरमा हेलि एभरेष्टको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ । जिल्लाको धवलागिरि गाउँपालिका वडा नम्बर ७ ताकमबाट आइतबार विहान ११ बजे सामान लिएर आधार शिविरतर्फ उडेको हेलिकप्टर केही बेरमै आकस्मिक अवतरण गरिएको थियो । ‘हेलिकप्टर फोर्स ल्याण्डिङ’ गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिनुभयो […]
पाखापानीमा पशु स्वास्थ्य शिविर सम्पन्न
विकल्प न्यूज/बेनी चैत २६ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीमा शनिबार पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सम्पन्न भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले पाखापानीको वडा कार्यालयसँगको समन्वयमा शिविर आयोजना गरेको हो । शिविरमा ८२ जना कृषकहरुले सेवा लिएका केन्द्रका प्रमुख जिवनप्रसाद आचार्यले जानकारी दिनुभयो । ४२ गाई, १११ भैसी, […]
म्याग्दीमा प्राथमिक तहमा एकसय शिक्षक स्थायी नियुक्त
विकल्प न्यूज/बेनी चैत २६ गते । म्याग्दीमा प्राथमिक तहमा १०० जना शिक्षक स्थायी नियुक्त भएका छन् । शिक्षक सेवा आयोगबाट सञ्चालित तीन चरणको परिक्षा उर्तिण गरेर प्राथमिक तहको शिक्षक पदमा सिफारिस भएका उम्मेदवारहरुलाई शनिवार नियुक्ति पत्र प्रदान संगै सपथ ग्रहण गराइएको छ । शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीले नवनियुक्त स्थायी शिक्षकहरुलाई एक समारोहका बिच […]