बौद्ध युवा क्लवले जित्यो सेभेन ए साइड फुटबल

धु्रवसागर शर्मा \ विकल्प न्यूज
म्याग्दी १ वैशाख


म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा आयोजना गरिएको रु एक लाख पुरस्कार रासीको प्रथम सेभेन ए साइड खुल्ला फुटबल बौद्ध युवाक्लव बेनी मंगलाघाटले जितेको छ ।
नयाँ वर्ष २०८० को अवसर पारेर रिभरसाइड बगरफाँट युवाक्लवले आयोजना गरेको उक्त प्रतियोगिताको शुक्रवार (आज) भएको फाइनल खेलमा रिभरसाइड युवा क्लवलाई चारका विरुद्ध तीन गोलले पराजित गर्दै वौद्ध युवा क्लव विजेता वन्न सफल भएको हो । चैत २८ गतेदेखि चार दिन सम्म संचालन भएको उक्त प्रतियोगितामा म्याग्दी र पर्वतका गरी २२ टिम सहभागि भएकाथिए ।

प्रतियोगितामा प्रथम हुने बौद्ध युवाक्लव रु एक लाखनगद पुरस्कार सहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेता वनेको रिभरसाइड युवा क्लवले नगद रु ५० हजार सहित ट्रफि,मेडल र प्रमाणपत्र पायो । गण्डकी प्रदेशका सांसद हरि भण्डारीले उद्घाटन गर्नुभएको कार्यक्रमको समापन जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसी र बेनी नगरपालिका २ का वडा अध्यक्ष यामबहादुर कार्कीले गर्नुभएको थियो ।

कार्यक्रममा उत्कृष्ट खेलाडी रिभरसाइड क्लव बगरफाँटका उर्गिन शेर्पा,उत्कृष्ट टिम नवउत्साही समूहपर्वत, उत्कृष्ट गोल रक्षक रिभर साइडका सरोज तामाङ र सर्वाधिक गोलकर्ता वौद्ध क्लवका देव छन्त्याललाई पुरस्कृत गरिएको थियो ।