म्याग्दी समाचार

पर्वतलाई ठेलो प्रतियोगिताको उपाधि

विकल्प न्यूज/बेनी जेठ २० गते । म्याग्दीको बेनी स्थितखुल्ला मञ्चमा शनिबार भएको गण्डकी प्रदेशस्तरीय परम्परागत खुल्ला ठेलो प्रतियोगिताको उपाधि पर्वतले जितेको छ । गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा भएको गुरगुरे ठेलो प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय स्थानमा पर्वतनै विजयी प्राप्त ग¥यो । म्याग्दीसंगै पर्वत र बागलुङका ११ जना खेलाडी सहभागि भएको ठेलो प्रतियोगितामा पर्वतबाट हुनुभएका […]

जामुनाखर्क माविमा शैक्षिक महोत्सव सुरु

विकल्प न्यूज/बेनी जेठ १९ गते । “शिक्षा, विज्ञान,प्रविधि, कला र साहित्यको प्रवद्र्धन, हाम्रो अभियान”भन्ने मुल नारासहित बेनी नगरपालिका–६ स्थित अथुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयमा दोस्रो शैक्षिक महोत्सव सुरु भएको छ। शैक्षिक गुणस्तर वृद्धिसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थी र शिक्षकलाई क्रियाशील बनाउने उद्देश्यले शुक्रबारदेखि सुरु भएको महोत्सवको उद्घाटन गण्डकी प्रदेश सरकारकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुशिला […]

रघुगङ्गामा दुई चिस्यान गृह निर्माण

विकल्प न्युज / बेनी जेठ १८ गते । फाइल तस्विर म्याग्दीको रघुगंगा  गाउँलिकामा दुई चिस्यान गृह निर्माण गरिएका छन् । गाउँपालिकाले फलफूल र तरकारी भण्डारण गर्न वडा नं २ को भगवतीमा २५ हजार र वडा नं ५ को झिँमा २० हजार किलोग्राम क्षमताका चिस्यान गृह निर्माण गरेको हो । कृषकले उत्पादन गरेका सुन्तला जात फलफूल […]

बेनीमा सुर्तीजन्य पदार्थरहित साथी शिक्षा कार्यक्रम

विकल्प न्यूज/बेनी जेठ १८ गते । म्याग्दीको सदरमुकाम बेनीमा बुधवार विश्व सुर्तीजन्य पदार्थरहित दिवस–२०२३ को अवसरमा सुर्तीजन्य पदार्थरहित पुस्ताका लागि साथी शिक्षा कार्यक्रम सम्पन्न भएको छ । ‘हामीलाई खाद्यान्न चाहिन्छ, सुर्तीजन्य पदार्थ होइन’ भन्ने मूल नारासहित बेनी नगरपालिकाको आयोजनामा एक कार्यक्रम गरी दिवस मनाइएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाको नगर प्रमुख सुरत केसीले […]

बेनी नगरमा बेथितिको चाङ,खाना र खाजामा ४० लाख खर्च

विकल्प न्यूज/बेनी जेठ १७ गते । म्याग्दीको बेनी नगरपालिकामा बेथितिको चाङ भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । नगरका प्रमुख प्रशासकीय अधिकृत धाेलकराज ढकाल नै अनियमिततामा मुछिएका छन् । कार्यालयमा हाजिर गरेर भत्ता बुझेको र असूल उपर गर्नुपर्ने महालेखापरीक्षकको अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ को प्रतिवेदनमा औंल्याएको छ । ढकाल मात्र होइन नगरपालिकाका केही कर्मचारीहरु अनियमिततामा मुछिएका […]

माउण्ट एभरेष्टमा सुरक्षा सचेतना विषयक अन्तरक्रिया

विकल्प न्यूज/बेनी जेठ १७ गते । माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयको आयोजनामा मङ्गलवार सुरक्षा सचेतना विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामाजिक सञ्जालको प्रयोग र आधारभूत सुरक्षाको विषयमा जानकारी गराउने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै निवर्तमान प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदीले पछिल्लो समय समाजमा अपराधिक क्रियाकलापहरु बढ्दै गैरहेको हुँदा […]

अन्नपूर्ण आधार शिविरमा खानेपानी र सञ्चारको समस्या

ठाकुरप्रसाद आचार्य  म्याग्दी (बेनी), जेठ १७ गते ।   म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङ स्थित अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरमा खानेपानी र सञ्चार सेवाको सुविधा नहुँदा पदयात्रामा पुगेका पर्यटकलाई समस्या हुने गरेको छ। हिमाल आरोहणका लागि आधार शिविरमा बसेका आरोही र पदयात्राका लागि पुगेका पर्यटकलाई खानेपानीको सुविधा र सञ्चार सेवा नहुँदा समस्या भएको मौरिस हर्जोग टे«क व्यवस्थापन […]

बेनी नगरका कर्मचारीको बदमासी ः कार्यालयमा हाजिर भएर भ्रमण भत्ता बुझ्छन

विकल्प न्यूज/बेनी जेठ १७ गते । बेनी नगरपालिकाका कर्मचारीहरुले कार्यालयमा हाजिर भएर भ्रमण भत्ता बुझेको देखिएको छ । महालेखापरीक्षकको कार्यालयले तयार पारेको अघिल्लो आर्थिक वर्ष २०७८ ÷७९ को वार्षिक प्रतिवेदनमा नगरका कर्मचारीहरुले कार्यालयमा हाजिर गरेर भ्रमण भत्ता वापतको रकम बुझेको औंल्याएको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत समेत अनियमित तवरले भत्ता बुझ्नेमा हुनुहुन्छ । नगरका […]

म्याग्दीका उदाहरणीय लाहुरेको जीवनकथा ‘लाहुरेको सङ्घर्ष’ सार्बजनिक

विकल्प न्यूज/बेनी जेठ १६ गते ।  म्याग्दी जिल्लाको करबाकेली क्षेत्रका सामाजिक अभियन्ता चाम बहादुर पुनको जीवनकथामा आधारिति पुस्तक ‘लाहुरेको सङ्घर्ष, करबाकेलीको सेवामा दुई दशक’माथि काठमाडौंमा विमर्श गरिएको छ। कन्सेप्ट नेपालले आइतबार आयोजना गरेको कार्यक्रममा पूर्व गोर्खा सैनिक पुनको सत्कर्मले सबैलाई मातृभूमिको सेवामा लाग्न प्रेरणा दिने टिप्पणी गरियो। पत्रकारद्वय शेखर खरेल तथा भोजराज न्यौपाने, सञ्चारकर्मी रीता […]

बेनीमा ठेलो खेलको प्रदेशस्तरीय प्रतियोगिता हुने

ठाकुरप्रसाद आचार्य/बेनी जेठ १६ गते । म्याग्दीको बेनीमा परम्परागत ठेलो खेलको गण्डकी प्रदेशस्तरीय प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना र जिल्ला खेलकुद विकास समिति म्याग्दीको व्यवस्थापनमा जेठ २० गते बेनीको खुल्ला मञ्चमा दोस्रो प्रदेश स्तरीय परम्परागत ठेलो खेल प्रतियोगिता संचालन हुने भएको हो । परम्परागत संस्कृतिका रुपमा रहेको ठेलो खेलको संरक्षण […]

मावि स्तरीय लोकगीत प्रतियोगितामा जनता माविकी अस्मिता सेन्चुरी प्रथम

विकल्प न्यूज/बेनी जेठ १६ गते । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान म्याग्दीले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको जिल्ला स्तरीय अन्तरमावि लोकगीत प्रतियोगितामा जनता मावि दग्नामकी अस्मिता सेन्चुरी प्रथम हुनुभएको छ । सोमवार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित १९ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा विजेता बन्दै सेन्चुरीले नगर रु २५ हजार सहित ट्रफि प्रमाणपत्र पुरस्कार प्राप्त […]

यसरी निर्माण भइरहेको छ नारच्याङमा निलगिरि जलविद्युत आयोजना(फोटो सहित)

ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ १४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणधीन निलगिरि जलविद्युत आयोजनाको करिब ८० प्रतिशत निर्माण सम्पन्न भएको छ । निलगिरि खोला हाइड्रोपावरले चारवर्ष अघि एकैसाथ ३८ मेगावाटको निलगिरि पहिलो र ७१ मेगावाट को निलगिरि दोस्रो गरी एकसय ९ मेगावाट क्षमताको निलगिरि जलविद्युत आयोजना निर्माण थालेको थियो । निजी क्षेत्रको लगानीबाट निर्माण […]

सरस्वती मावि तातोपानीमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

प्रताप बानियाँ /विकल्प न्यूज जेठ १३ गते ।   सरस्वती माध्यमिक विद्यालय तातोपानीमा अध्ययनरत विद्यार्थीहरुलाई शुक्रवार छात्रवृत्ति वितरण गरिएको छ । म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गास्थित तातोपानीमा सञ्चालित सरस्वती माविमा अध्ययनरत विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी छात्रवृत्ति वितरण गरिएको हो । विद्यालयमा अध्ययनरत विद्यार्थी संख्याको आधारमा नेपाल सरकार शिक्षा मन्त्रालयबाट प्राप्त छात्रवृत्ति लक्षित विद्यार्थीहरुलाई वितरण गरिएको […]

अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा कार्यरत संस्थाहरुसँग परामर्श कार्यशाला

विकल्प न्यूज/बेनी जेठ १२ गते । अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा कार्यरत संस्थाहरुसँग परामर्श कार्यशाला म्याग्दीको सदरमुकाम बेनीमा हिजो (बिहीबार) सम्पन्न भएको छ । दीगो विकास लक्ष्य र अपाङ्गता भएका व्यक्तिहरुको संयुक्त राष्ट्रसंघीय महासन्धी कार्यान्वयन तथा अनुगमन सम्बन्धमा अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा कार्यरत संस्थाहरुसँग एकदिने परामर्श कार्यशाला गरिएको हो । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशको […]

गण्डकी प्रदेशमा टुक्रे योजना कटौती हुन्छन ः मन्त्री जुग्जाली

विकल्प न्यूज/बेनी जेठ १२ गते ।  गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली (सुविन)ले टुक्रे योजना कटौती हुने बताउनु भएको छ । नेकपा माओवादी केन्द्र म्याग्दीले शुक्रबार बेनीमा आयोजना गरेको कार्यक्रममा आगामी आर्थिक वर्षको बजेटमा टुक्रे योजना कटौती हुने बताउनुभएको हो । “उपलब्धी नदेखिने, अनुत्पादक र टुक्रे योजना कटौति गर्न […]