पर्वतलाई ठेलो प्रतियोगिताको उपाधि

विकल्प न्यूज/बेनी
जेठ २० गते ।

म्याग्दीको बेनी स्थितखुल्ला मञ्चमा शनिबार भएको गण्डकी प्रदेशस्तरीय परम्परागत खुल्ला ठेलो प्रतियोगिताको उपाधि पर्वतले जितेको छ ।
गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा भएको गुरगुरे ठेलो प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय स्थानमा पर्वतनै विजयी प्राप्त ग¥यो ।
म्याग्दीसंगै पर्वत र बागलुङका ११ जना खेलाडी सहभागि भएको ठेलो प्रतियोगितामा पर्वतबाट हुनुभएका किरन विक प्रथम, राजेन्द्र हमाल द्वितीय, र निशान बोहोरा तृतीय हुनुभएको थियो ।

जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा भएको प्रतियोगिताका प्रथम,द्धितीय र तृतीय भएका खेलाडीहरुले ट्रफी,मेडल र प्रमाणपत्र सहित नगद २५ हजार,१५ हजार र १० हजार रुपियाँ प्राप्त गर्नुभयो ।

विजेता खेलाडीहरुलाई बेनी नगरपालिकाका मेयर सुरत केसी,प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य एवम् प्रतियोगिता संयोजक योगेन्द्र शेरचन र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले विजेताहरुलाई पुरस्कार प्रदान गर्नुभयो ।