बेनीमा ठेलो खेलको प्रदेशस्तरीय प्रतियोगिता हुने

ठाकुरप्रसाद आचार्य/बेनी
जेठ १६ गते ।

म्याग्दीको बेनीमा परम्परागत ठेलो खेलको गण्डकी प्रदेशस्तरीय प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना र जिल्ला खेलकुद विकास समिति म्याग्दीको व्यवस्थापनमा जेठ २० गते बेनीको खुल्ला मञ्चमा दोस्रो प्रदेश स्तरीय परम्परागत ठेलो खेल प्रतियोगिता संचालन हुने भएको हो ।

परम्परागत संस्कृतिका रुपमा रहेको ठेलो खेलको संरक्षण गर्नका लागि प्रदेश स्तरीय प्रतियोगिता आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताउनुभयो । प्रतियोगिताका लागि आवश्यक पर्ने सवै सामग्रीहरु जिल्लामा आइपुगेको उहाँले जानकारी दिनुभयो ।
प्रतियोगिताको जानकारी दिन आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष केसीले प्रतियोगिताका लागि आवश्यक तयारी थालिएको बताउनुभयो । उहाँका अनुसार गण्डकी प्रदेशका ११ जिल्लाबाट ५\५ जनाका दरले खेलाडीहरु छनौंट हुनेछन् । प्रतियोगितामा प्रथम,दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद २५ हजार,१५ हजार,१० हजार र ट्रफी सहित सम्मानपत्र प्रदान गरिने छ ।