म्याग्दी समाचार
म्याग्दीको फापरखेत मा बम बिस्फोट
सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी ८ मंसिर . म्याग्दीमा बाम गठबन्धनका उम्मेदवार लक्षित गरेर शुक्रबार बम बिस्फोट भएको छ । बेनी नगरपालिका ३ फापरखेत मा नेकपा एमालेका प्रतिनिधिसभाका उमेद्वार भुपेन्द्रबहादुर थापा चढेको गाडीलाई लक्षित गरेर बम बिस्फोट भएको हो । बेनपा २ भकुण्डेबाट रत्नेचौरतर्फ जाने क्रममा गाडी भन्दा करिब ७ मिटर अगाडीको सडकमा विस्फोट भएको […]
पहिलो चरणको चुनाव: मौन अवधि सुरु
काठमाडौंँ, मङ्सिर ८ गते । पहिलो चरणमा मङ्सिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारले प्रसारप्रसार गर्ने अवधि बिहीबारबाट समाप्त भएको छ । आयोगका प्रवक्ता नवराज ढकालले राजनीतिक दल तथा उम्मेदवारले आफ्नो घोषणापत्रअनुसार मतदातासँग मत माग्ने अवधि सकिएकाले अब मतदाताले मौन अवधिमा कुन राजनीतिक दल र उम्मेदवारलाई मत दिने भनेर निर्णय गर्ने समय […]
प्रदेश १ का मतदाता भन्छन् ः हामीलाई युवाको खाँचो छ

सन्तोष गौतम /विकल्प न्यूज मंसिर ७ गते । एमाले र माओवादीको चुनावी तालमेल तथा चुनाव लगत्तै पार्टी एकिकरणको घोषणासंगै असोज अन्तिम सातादेखि म्याग्दीमा मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा माओवादीले जिल्लाका तिन मध्य एक सिट पाउने चर्चा चल्यो । त्यही बेला माओवादीले म्याग्दीमा कुन सिट पाउला र कसलाई उमेद्वार बनाउला भन्ने सबैमा […]
प्रदेश २ का मतदाता भन्छन ः संघर्षशिल महिलालाई जिताउँछौं

विकल्प न्यूज/बेनी मंसिर ७ गते ।म्याग्दी जिल्लामा वाम गठबन्धनको तर्फबाट प्रदेशसभा क्षेत्र नम्बर २ (ख)मा साझा उम्मेदवार बनेकी नरदेवी पुनले बिहीबार पश्चिम म्याग्दीको विभिन्न ठाउँमा घरदैलो र मतदाता भेटघाट गरेकी छिन् । उम्मेदवार पुनसहितको चुनाव प्रचारप्रसारको टोलीले मंगला गाउँपालिका–२ रनबाङ, सहस्रधारा र ५ को छिस्बाङमा घरदैलो र मतदाता भेटघाटमार्फत वाम गठबन्धनको पक्षमा भोट मागेको छ […]
सबैको लोकप्रिय उम्मेदवार थापा

प्रताप बानियाँ/बेनी म्याग्दी, मंसिर ७ ।यही मंसिर १० गते पहिलो चरणमा हुने प्रतिनिधिसभामा वाम गठबन्धनको तर्फबाट म्याग्दीमा उम्मेदवार बनेका नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापा किसान परिवारको सदस्य हुनुहुन्छ । २०२४ सालमा म्याग्दीको रत्नेचौरमा बुबा शेरबहादुर थापा र आमा केशरकुमारी थापाको कोखबाट यस धर्तीमा पाइला टेक्नुभएका उहाँले सानैदेखि राजनीतिमा चासो राख्नुभएको थियो । छिमेकी […]
निर्वाचन सुरक्षा ः बेलुकी ८ पछि निगरानी, दश बजेपछि नियन्त्रण

सन्तोष गौतम /विकल्प न्यूज बेनी ७ मंसिर । आसन्न चुनावको सम्मुखमा प्रतिस्पर्धी दलहरुबीच सम्भावीत झडपको घटना न्युनीकरणका लागि म्याग्दीमा सुरक्षा निकायले रातको समयमा हुने गतिबिधिलाई निगरानी र नियन्त्रण गर्ने रणनिती बनाएका छन् । दल र उमेद्वारको प्रचारप्रसारका क्रममा उमेद्वार केन्द्रित सुरक्षा रणनिती अपनाएका सुरक्षा निकायले बिहीबारदेखि मतदान स्थल र सम्भावीत झडपका घटनालाई न्युनीकरणका लागि फरक […]
कुन गाउँबाट कति भोट आयो ? उम्मेदवारले थाहा पाउने छैनन्
७ मंसिर, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले कुन गाउँबाट आफूलाई कति भोट आयो भनेर थाहा नपाउने भएका छन् । निर्वाचन आयोगले मतगणना गर्दा कुन ठाउँबाट कसले कति मत पायो भन्ने थाहा नहुने गरी मतपेटिका मिसाउनु पर्ने नियम र निर्देशिकाबारे निर्वाचन अधिकृतहरुलाई सचेत गराएको छ । हिलो चरणको चुनाव आइतबार हुँदैछ भने दोस्रो चरणको मतदान […]
बजारमा खम्बीरका पाईला

विकल्प न्यूज/बेनी मंसिर ७ गते । आगमी आइतवार हुन लागेको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसाभा निर्वाचनको मौन अवधि सुरु हुन केहि घण्टा मात्र वाकी हुँदा उम्मेदवारहरुले बजारमा घरदैलो सुरु गरेका छन् । नेपाली काँग्रेस र राप्रपाको संयुक्त गठबन्धनले विहिवार विहानबाट सदरमुकाम बेनीबजारमा घरदैलो सुरु गरेको छ । तस्विर ठाकुरप्रसाद आचार्य
म्याग्दीको निर्वाचन ः मतदान स्थलमा पुग्दै कर्मचारी(फोटोफिचर)
विकल्प न्यूज/बेनी मंसिर ७ गते । आगमी आइतवार हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाका खटिएका कर्मचारीहरु निर्वाचन सामाग्री बुझेर मतदानस्थल तर्फ खटिन थालेका छन् ।मतदान सामाग्री सहित सुरक्षाकर्मीको साथमा कर्मचारीहरु कार्यक्षेत्रमा प्रस्थान गरेका हुन् । चुनावका लागि म्याग्दीमा आठसय ४७ जना कर्मचारी नियुक्त गरिएको छ । यसैगरी चारसय २२ जना स्वमसेवक खटाइएको छ । सदरमुकामबाट दुइदिन […]
वाम गठबन्धनको पिप्ले र काउलेगौडामा चुनावी सभा

सन्तोष गौतम /विकल्प न्यूज बेनी ६ मंसिर । पार्टी एकताको घोषणा सहित चुनावी तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले बुधबार रघुगंगा गाउँपालीका ३ पिप्ले र बेनपा ९ काउलेगौडामा आमसभा गरेका छन् । आगामी आईतबार हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनाव प्रचार अभियान अन्तरगत आयोजित चुनावी सभामा एमालेकी पोलीट ब्युरो सदस्य थममाया थापाले […]
म्याग्दीको निर्वाचन ः टोलटोलमा मतदाता शिक्षा
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ६ मंसिर । आसन्न प्रतिनिधि र प्रदेशसभा चुनावमा बरद मत घटाउने र सदर मतको दर बढाउने उद्देश्यले म्याग्दीका टोल टोलमा मतदाता शिक्षा अभियान सञ्चालन गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा स्वमसेवकको रुपमा खटाएका सामाजिक परिचालक, महिला स्वास्थ्य स्वमसेवीका र बालकक्षा सहयोगी कार्यकर्ता सर्वसाधारणलाई सहि तरीकाले मतदान गर्ने तरिका सिकाउँदै […]
निर्वाचन आचार संहिता विरुद्धको उजुरी दुःख दिने हतियार बन्यो
विकल्प न्यूज /विकल्प न्यूज बेनी ६ मंसिर । चुनावलाई निष्पक्ष, भयरहित र स्वच्छ वातावरणमा सम्पन्न गर्न सघाउने उद्देश्यले बनेको निर्वाचन आचार संहिता म्याग्दीमा दुःख दिने हतियार बनेको छ । तालमेल गरेर चुनावी मैदानमा उत्रिएका एमाले र माओवादी केन्द्रको बाम तथा नेपाली काँग्रेस राप्रपाको गठबन्धन निकट शिक्षकहरु हचुवाको भरमा गरिएको उजुरीका कारण बदनामको शिकार बनेका छन् […]
ढुक्क भएर मतदान गर्ने वातावरण बनाउन आयुक्त पौडेलको आग्रह
सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी ६ मंसिर ।निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले ढुक्क भएर मतदानको तयारीमा लाग्न आग्रह गर्नुभएको छ । पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनावको तयारी र सुरक्षा अवस्थाको बारेमा क्षेत्रीय सुरक्षा अधिकारीहरु सहित बुधबार अनुगमनका लागि म्याग्दी आउनुभएका आयुक्त पौडेलले ढुक्क भएर मतदानको तयारी गर्न आग्रह गर्नुभएको हो । बेनीमा […]
विद्यालयलाई रु. दुई लाख सहयोग
विकल्प न्यूज/बेनी मंसिर ६ गते । म्याग्दीको रघुगंगा गाउँपालीका ५ झिँमा रहेको महेन्द्र माध्यमिक विद्यालयलाई एक दम्पत्तीले आर्थिक सहयोग गरेका छन् । साविक झिँ गाविस ५ घर भई हाल अमेरीका बसोबास गर्दै आउनुभएका हर्कबहादुर पाईजा र उहाँकी श्रीमती राजकुमारी पाईजाले दुई लाख रुपैया सहयोग गर्नुभएको हो । विद्यालयमा मंगलबार आयोजित कार्यक्रममा पाईजा दम्पत्तीले विद्यालय व्यवस्थापन […]
म्याग्दीको चुनावको तयारी अन्तिम चरणमा
सन्तोष गौतम /विकल्प न्यूज बेनी ५ मंसिर । आगामी आईतबार पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनाव सम्पन्न गर्न म्याग्दीमा साढे आठ सय जना कर्मचारी खटिने भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले १०६ मतदान केन्द्रमा ८४७ जना कर्मचारी र शिक्षकलाई चुनावका लागि खटाइएको जनाएको छ । जिल्लाभर चुनावका लागि सुरक्षाकर्मी बाहेक स्वमसेवक, शिक्षक […]