वाम गठबन्धनको पिप्ले र काउलेगौडामा चुनावी सभा

सन्तोष गौतम /विकल्प न्यूज
बेनी ६ मंसिर ।

bhupendra thapa 1पार्टी एकताको घोषणा सहित चुनावी तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले बुधबार रघुगंगा गाउँपालीका ३ पिप्ले र बेनपा ९ काउलेगौडामा आमसभा गरेका छन् ।

आगामी आईतबार हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनाव प्रचार अभियान अन्तरगत आयोजित चुनावी सभामा एमालेकी पोलीट ब्युरो सदस्य थममाया थापाले संबिधानको कार्यान्वयन गर्दै देशलाई विकास र सम्बृद्धीको बाटोमा अघि बढाउन बाम गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो ।

नेकपा एमालेका बैकल्पीक केन्द्रिय सदस्य भुपेन्द्र थापाले म्याग्दीको पूर्वाधार विकास, सामाजिक परिवर्तन, जनजिविकामा सुधार र आर्थिक सम्बृद्धीका लागि बाम गठबन्धनसंग स्पष्ट योजना रहेको बताउँदै डर, धम्की, भ्रम र प्रलोभनमा नपरी बामपन्थीलाई जिताउन आग्रह गर्नुभयो ।
उहाँले विगतमा बामपन्थी सरकारले जेष्ठ नागरीकलाई वृद्ध भत्ता दिने, आफ्नो गाउँ आफै बनाउ, लोडसेडीङ हटाउने, ठूला विकासका आयोजना सञ्चालन गर्ने काम गरेकाले ति कामलाई निरन्तरताका साथै थप जनपक्षिय काम गर्न वामपन्थी सरकार आवश्यक रहेको बताउनुभयो ।
प्रदेशसभा क्षेत्र कका माओवादी केन्द्रका उमेद्वार बिनोद केसीले थारो भैसीको उदाहरण दिदै दुहुनु हुँदाको कुरामा भुलेर विकास र परिवर्तन सम्भव नहुने बताउँदै को चम्कीदो सुर्य वा अस्ताउँदो चन्द्रमा कुन रोज्ने भन्नेमा सहि निर्णय लिन आग्रह गर्नुभयो ।

केसीले अलपत्र अवस्थामा रहेको राहुघाट जलविद्युत आयोजना निर्माणलाई तिब्रता दिन बाम गठबन्धनलाई जिताउन आवश्यक रहेको बताउँदै गलेश्वर देखि पिप्ले भगवती बेग र मौवाफाँट दग्नाम जोड्ने सडक कालोपत्रेका लागि डिपीआर तयार पार्ने काम भैरहेको जानकारी दिनुभयो ।

नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पौडेल र एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले नेपालमा दिगो शान्ति, राजनितिक स्थिरता, आर्थिक सम्बृद्धी र विकासका लागि बनेको बाम गठबन्धनले आगामी चुनावमा दुई तिहाई सिट जित्ने दावी गर्नुभयो ।
पिप्लेमा एमालेका अर्जुन सुवेदीको अध्यक्षता, खिमबहादुर शाहीको स्वागत र माओवादी केन्द्रका सुवास बिकले सञ्चालन गर्नुभएको कार्यक्रममा हरि भण्डारीले पनी मन्तब्य व्यक्त गर्नुभएको थियो ।

यसैगरी काउलेगौडामा एमालेका रुद्र रेग्मीको अध्यक्षता, वडा अध्यक्ष बेलबहादुर चोखालको स्वागत र सन्तोष रावलको सञ्चालनमा सम्पन्न भएको आमसभामा कलाकारहरुले जनवादी गित र नृत्य प्रस्तुत गरेका थिए ।