विकल्प न्यूज/बेनी
मंसिर ६ गते ।
म्याग्दीको रघुगंगा गाउँपालीका ५ झिँमा रहेको महेन्द्र माध्यमिक विद्यालयलाई एक दम्पत्तीले आर्थिक सहयोग गरेका छन् ।
साविक झिँ गाविस ५ घर भई हाल अमेरीका बसोबास गर्दै आउनुभएका हर्कबहादुर पाईजा र उहाँकी श्रीमती राजकुमारी पाईजाले दुई लाख रुपैया सहयोग गर्नुभएको हो ।
विद्यालयमा मंगलबार आयोजित कार्यक्रममा पाईजा दम्पत्तीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पाईजा र प्रअ यामबहादुर शेरपुञ्जालाई रकम हस्तान्तरण गर्नुभएको थियो । पाईजा दम्पत्तीले खेलकुदका सामाग्री समेत सहयोग गर्नुभएको छ ।
प्राप्त आर्थिक सहयोग विद्यालयको भौतिक सुधार र निजी स्रोतका शिक्षकको तलबभत्तामा परिचालन गरिने प्रअ शेरपुञ्जाले बताउनुभयो । सो विद्यालयमा प्रवासीहरुको सहयोगमा कम्प्युटर ल्याब सञ्चालन भएको छ ।