ताजा समाचार:
Search

म्याग्दी समाचार

जलजलाका किवी कृषकको सञ्जाल गठन

सन्तोष गौतम/विकल्प न्यूज बेनी २२ पुष । पर्वतको जलजला गाउँपालिका ६ शालीजामा शनिबार सम्पन्न किवी खेती गर्दै आएका कृषकहरुको भेलाले ब्यवसायीक किवी खेती सञ्जाल समिति गठन भएको छ । गाउँपालीकाको कृषि शाखाका प्रमुख चन्द्रबहादुर चापागाईको अध्यक्षता र गाउँपालीकाका उपाध्यक्ष सिमा गर्बुजाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले कृष्ण रन्तिजाको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो । […]

घलेम्दीको अध्यक्षमा पुनः सुवेदी

सन्तोष गौतम/विकल्प न्यूज बेनी २२ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्यूत अयोजना निर्माण गरिरहेको घलेम्दी हाइड्रो लिमिटेडको अध्यक्षमा किसोर सुवेदी चयन हुनुभएको छ । कम्पनीको शनिवार बेनीमा सम्पन्न चौथो साधारण सभाबाट सुवेदी पुनः अध्यक्षमा चयन हुनुभएको हो । साधारणसभाबाट सञ्चालक सदस्यहरुमा प्रमोद श्रेष्ठ, नारायणबाबु अधिकारी, उत्तम प्रसाद बैद्य, सरद राज […]

रघुगंगामा सार्वजनिक यातायातको भाडादर समायोजन

विकल्प न्यूज/बेनी पुस २२ गते । म्याग्दीको रघुगंगा गाउँपालिका कार्यालयको पहलमा गाउँपालिका अन्र्तगत विभिन्न ठाउँमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर समायोजन भएको छ । यातयात व्यवसायीले मनपरि चर्को भाडा असुल गर्दै आएको गुनासो बढेपछि गाउँपालिका कार्यालय र म्याग्दी जिप तथा बस सञ्चालक समिति बिच छलफल गरि भाडादर समायोजन गरिएको हो । यातायात व्यवसायी समितिसंगको छलफलबाट […]

मल्लाज स्वास्थ्य चौकीको व्यवस्थापन समिति गठन

विकल्प न्यूज/जलजला पर्वत पुस २१ गते । पर्वतको जलजला गाउँपालिका ३ मा रहेको मल्लाज स्वास्थ्य चौकीको शुक्रबार विकास समिति गठन भएको छ । वडा अध्यक्ष देवेन्द्र भण्डारी (रवी)को अध्यक्षतामा ७ सदस्यीय विकास समिति गठन भएको हो । चौकीका प्रमुख गोरे नेपाली सदस्य सचिव रहनुभएको समितिको उपाध्यक्षमा निरु जिसी, सदस्यहरुमा रघुनाथ आचार्य, चित्रनाथ रेग्मी, ज्योती मल्ल, वडा […]

अपाङ्गता परिचयपत्र वितरणका लागि पोखरेबगरमा घुम्ती शिवीर सुरु

विकल्प न्यूज/बेनी बेनी २१ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालीकाको केन्द्र पोखरेबगरमा अपाङ्गता परिचयपत्र वितरणका लागि घुम्ती शिवीर सुरु भएको छ । अन्नपूर्ण गाउँपालीकाको आयोजनामा सुरु भएको शिवीर दुई दिनसम्म चल्नेछ् । पहिलो दिन ६० जनालाई परिचयपत्र वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत अच्युत दाहालले जानकारी दिनुभयो । शिवीरको गाउँपालीकाका अध्यक्ष डमबहादुर पुनले उद्घाटन गर्नुभयो । गाउँपालीकाका […]

नरप्रसादको पीडा ः मजदुरी गर्दा आँखा र हात गुम्यो, क्यान्सरले श्रीमतीको लग्यो

विकल्प न्यूज/बेनी पुस २१ ग्ते । सन्तोष गौतम बेनी २१ पुष । मजदुरी गर्ने क्रममा आँखाको ज्योती र एउटा हात गुमाएका म्याग्दीका एक व्यक्तिले आर्थिक अभावका कारण उपचार गर्न सकेका छैनन् । बेनी नगरपालीका २ भकुण्डेका ५९ वर्षिय नरप्रसाद सुनार उपचार गर्ने पैसा नभएर पिडादायी जिवन जिउन बाध्य हुनुभएको हो । वि.स २०६५ चैत ३ […]

बेनी खानेपानीको अध्यक्षमा पुनः श्रेष्ठ

सन्तोष गौतम/विकल्प न्यूज बेनी २१ पुष । बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा पुन सुवासकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ । संस्थाको शुक्रबार बेनीमा सम्पन्न १८ औ साधारणसभाबाट श्रेष्ठलाई चौथो कार्यकालका लागि अध्यक्षमा चयन गरिएको हो । उपाध्यक्षमा माधवप्रसाद रेग्मी, सचिवमा रमेश गिरी र कोषाध्यक्षमा टंक हमाल निर्वाचित हुनुभएको छ । यसैगरी सदस्यहरुमा रेमबहादुर […]

बेनी खानेपानीले ल्यायो मोवाईलबाट महशुल भुक्तानी

सन्तोष गौतम/विकल्प न्यूज बेनी २१ पुष ।म्याग्दीको बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले मोवाईलबाट खानेपानीको महशुल भुक्तानी गर्ने व्यवस्था मिलाउने भएको छ । संस्थाको शुक्रबार बेनीमा भएको १८ औ वार्षिक साधारणसभामा उपभोक्ताले महशुल बुझाउन कार्यालय सम्म धाउनुपर्ने अवस्थाको अन्त्य गर्न लागिएको जानकारी गराइएको हो । सचिव माधवप्रसाद रेग्मीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रबिधिको प्रयोग गरेर […]

म्याग्दी महोत्सवको उद्घाटन प्रचण्डबाट हुने भएपछि आयोजक उत्साहित

सन्तोष गौतम/विकल्प न्यूज बेनी २१ पुष । पुष २८ देखि माघ ७ गतेसम्म बेनीमा सञ्चालन हुन लागेको छैटौ म्याग्दी महोत्सवको उद्घाटन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गर्नुहुने भएको छ । महोत्सवको मुल आयोजक म्याग्दी उद्योग वाणिज्य संघले पुष २८ गते दिउँसो १ बजे पुर्व प्रधानमन्त्री दाहालले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी […]

धनमानका परिवारलाई बेल्जीयमबाट सहयोग

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २१ पुष । इटाली जाने क्रममा ज्यान गुमाएका म्याग्दीको रघुगंगा गाउँपालिका ६ पाखापानीका धनमान पूर्जाका परिवारलाई बेल्जीयमबाट आर्थिक सहयोग प्राप्त भएको छ । गैरआवासीय नेपाल संघ (एनआरएनए) बेल्जीयमका सदस्य किरन पुन र पाखापानीको कोटगाउँ घर भई हाल बेल्जीयममा रहनुभएका सन पुनको पहलमा संकलन भएको रकम बिहीबार धनमानकी श्रीमती दालसुवा पूर्जालाई हस्तान्तरण […]

बैङ्कको कमजोरीले भूकम्प पीडितको अनुदान फिर्ता भयो

सन्तोष गौतम/विकल्प न्यूज बेनी २० पुष । बैङ्कको कमजोरीका कारण म्याग्दीका भुकम्प पीडितको लागि आएको रकम फिर्ता भएको छ ।  बैङ्कले समयमै चेक नसाट्दा बेनपा ९ घतान र रघुगंगा गाउँपालीका ७ चिमखोलाका भुकम्प पिडितलाई निजी आवास पुननिर्माणका लागि पहिलो किस्ता वापत प्राप्त भएको अनुदान रकम फिर्ता भएको हो । बेनीमा बिहीबार राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी […]

कला संस्कृतिको संरक्षण गर्न म्युजिक भिडियो

विकल्प न्यूज/बेनी पुस २० गते । म्याग्दीका गाउँका विषयमा गीत र म्युजिक भिडियो निर्माण गर्ने क्रम बढेको छ । कलाकार, युवा क्लब, आमा समूह र विभिन्न संघ संस्थाले आफ्नो जन्मथलोको बारेमा गीत र म्युिजक भिडियो तयार पार्ने गरेका छन् । गाउँको प्रचारप्रसार, कला संस्कृतीको संरक्षण र विभिन्न कार्यक्रमहरुमा अतिथीलाई स्वागत गर्न गीत र म्युिजक भिडियो […]

फड्केढुङ्गा आधारभुत विद्यालयको ५६ औ स्थापना दिवस मनाइयो

विकल्प न्यूज/जलजला पुस २० गते ।पर्वतको जलजला गाउँपालिका ४ मा रहेको फड्केढुङ्गा आधारभुत विद्यालयको ५६ औ स्थापना र अभिभावक दिवस बुधबार मनाइएको छ । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले सामुदायिक विद्यालयप्रति विश्वास बढाउनुपर्ने बताउनुभयो । उहाँले विद्यालयको गुणस्तर सुधार र सिकाई उपलब्धि वृद्धिमा केन्द्रित हुनुपर्ने बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका शिक्षा संयोजक गोविन्द खत्री, विद्याज्योती […]

वेस्ट प्वाइन्टका विद्यार्थीहरुको स्वास्थ्य परिक्षण

विकल्प न्यूज/बेनी पुस २० गते । बेनी क्याम्पसचोक स्थित वेष्ट पोइन्ट मंटेसरीमा बिद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिएको छ । बुधबार सो मंटेसरीमा अध्ययन गर्ने ८१ जना बिद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिएको हो । विद्यालयले नियमित रुपमा बार्षिक क्यालेण्डरमा नै उल्लेख गरेर यसरी स्वास्थ्य परिक्षण गर्ने गरेको छ । म्याग्दी अस्पतालका डाक्टर बिराट शर्मा र म्याग्दी संजीवनी अस्पतालका […]

दरवाङ बजार संरक्षण गर्न तटबन्धन निर्माण गरिँदै

विकल्प न्यूज/बेनी पुस १९ गते । म्याग्दीको मालीका गाउँपालिकाको केन्द्र दरवाङ बजारलाई म्याग्दी नदीको कटानबाट बचाउनका लागि तटबन्ध निर्माण गरिँदै । जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय बागलुङ, मालीका गाउँपालिका र वडा कार्यालयले दरवाङ बजार संरक्षणका लागि छुट्टा छुट्टै योजना सञ्चालन गरेका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले पनि दरवाङ बजार संरक्षणको योजनामा सघाउने घोषणा गरेपनि […]